Tel +977-1-4532270
11
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
116170/-

TEJABI GOLD
per 10 grm

Nrs
115610/-

SILVER
per 10 grm

Nrs
1423/-

FINE GOLD (9999)
per 1 tola

रु
135500

TEJABI GOLD
per 1 tola

रु
134850

SILVER
per 1 tola

रु
1660

Notices:

नेपाली गरगहनाको निर्यात प्रवद्र्धनकालागि शिप मूलक तालिममा जोड

Date: Feb 08, 2021
काठमाडौं । नेपाली गरगहनाको निर्यात प्रवद्र्धनकालागि शिप मूलक तालिम दिलाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा र सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधीमण्डलको वीच शोमबार भएको छलफलमा यस्तो आवश्यकता औंल्याइएको हो । ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक राणाले सुनचाँदी ब्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै त्यसकालागि आवश्यकपर्ने शीपमूलक तालिमकालागि केन्द्रले सहयोग गर्ने वताउनुभयो । उहाँले नेपाली परम्परागत कला कौशल युक्त गरगहनाको निर्यातवाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त संभावना रहेको बिचार ब्यक्त गर्दै यस्ता कार्यमा केन्द्रको सहयोग सदैव हुने बिश्वास दिलाउनुभयो । नेपाली गरगहनाको निकासीमा कुनै समस्या भए त्यसको समाधानकालागि आवश्यक सहजीकरणगर्न केन्द्र तयार रहेको उल्लेद गर्दै उहाँले केन्द्रले ब्यवसायीक हितकालागि संभव भएसम्मका सवै क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । नेपाली गरगहना निर्यातकाक्रममा भन्सार नाकामा उत्पन्न हुने प्राविधिक कठीनाइलाई सरलीकरणगर्न केन्द्रले आवश्यक पहल गर्ने आश्वासन समेत उहाँले दिनुभयो । त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मैलिक गरगहनाको निर्यातवाट ब्यवसाय वृद्धि मात्र नभई मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर समेत सृजना हुने तथा मुलुकमा विदेशी मुद्रा भित्रने संभावना पनि बढ्ने भएकोले यसतर्फ सरकार र ब्यवसायी सवैको ध्यान जान आवश्यक भएको बताउनुभयो । केन्द्रसँग निर्यात प्रवद्र्धन, गरगहना निर्माणकालागि आवश्यक पर्ने तालिम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठि तथा मेला लागयकाका क्षेत्रमा सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो । छलफलमा महासंघका तर्फवाट उपाध्यक्ष पवन कुमार सोमानी, प्रश्तावित उपाध्यक्ष महेन्द्ररत्न शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाई बज्राचार्य, सहकोषाध्यक्ष पद्मशुन्दर शाक्य, लगायतको सहभागिता थियो ।



More Albums
सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक सा ...

भक्तपुर सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्न
काठमाडौं । भक्तपुर सुनचाँदी ब्यवसायी संघको आठौं वार्षिक सा ...

लमजुङ सुनचाँदी ब्यवसायी संघको साधराणसभा सम्पन्न
काठमाडौं । लमजुङ सुनचाँदी ब्यवसायी संघको नवौं स्थापना दिवस ...

सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभ ...

महासंघको नवौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा शुक ...

पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीहरुले ब्यवसायीक सुरक्षाकालाग ...

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीहरुको छाता संस्था नेपाल सुनचा ...

सुनको कोटा दैनिक ३० किलो बनाउन ब्यवसायीको माग, गोल्ड बैंक मार्फत सुनको आयात गर्न र नाका नाकावाट सहज
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको कोटा दैन ...

तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्न
काठमाडौं । तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक सा ...

सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक्ष महर्जनप्रति समवेदना ब्यक्त
काठमाडौं । सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक ...