Tel +977-1-4532270
3
Kartik
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
217335/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2812/-

FINE GOLD (9999)
per 1 tola

रु
253500

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
3280

Notices:

राज्यले व्यवसायीक लगानीको सुरक्षा गर्नुपर्छः अध्यक्ष शाक्य

Date: Mar 14, 2021
तुलसीपुर- नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष माणिकरत्न शाक्यले आफुहरुको लगानीको सुरक्षा हुनु पर्ने बताउनु भएको छ । आफुहरुको करोडौ लगानीको सुरक्षाको अनुभुति गर्न नसकिएको बताउदै उहाले राज्यले उचित निति निर्देशिका निर्माण गरी सुरक्षाको बातारण तयार गर्नुपर्ने बताउनु भएको छ । उहाले गुणस्तरिय , मुल्य निर्धारण र उपभोक्ताहरुको आबश्यकलाई परिपुर्ति गर्न आफुहरु तयार भएको बताउदै उहाले व्यवसायीमा ढुक्कले लगानी गर्ने बाताबरण नभएको बताउनु भएको हो । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघको १३ औँ साधारण सभा तथा पदभार ग्रहण कार्यक्रमलाई शनिवार तुलसीपुरमा सम्वोधन गदै उहाले यस्तो बताउनु भएको हो । संघका अध्यक्ष मदन कुमार केसीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष शाक्यले कोरोना माहामारीले लामो समय सुनचाँदी पसल बन्दा भएको र स्थिति सामान्य बन्दै गए पनि अहिले कच्चा पदार्थको अभाव हुने गरेको बताउनु भएको छ । उपभोक्ताको आबश्यकता पहिलो प्राथमिकता सुनचाँदी भएको र पछिल्नो समय यसको अभाव हुने गरेको उहाको भनाई थियो । साथै उहाले सुनचाँदीमा काम गर्ने कालीगढहरुको सिप र क्षमता विकास गर्नका लागी तालिम केन्द्र स्थापना गर्न सातै प्रदेशमा प्रस्तावना पेश गरेको बताउनु भएको छ । दक्षजनशक्ति उत्पादन भएमा उपभोक्ताहरुको चाहाना अनुसार आफुहरुले गुणस्तरिय सेवा दिन सकिनेमा जोड दिनु भएको हो । कार्यक्रममा महासंघका केन्द्रिय कोषध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति थियो । सोहि अवसरमा बोल्दै केन्द्रिय कोषाध्यक्ष सुदिप श्रेष्ठले सुनचादी व्यवसायीको खरिद विक्रिका लागी राज्यले सहज बातावरण तयार गर्नुपर्ने माग गर्नु भएको छ । कार्यक्रममा केन्द्रिय सदस्यहरु लोक बहादुर स्वर्णकार,बालकृष्ण विक,ईलाका प्रहरी कार्यालय तुलसपिुरका प्रमुख डिएसपी सिंब बहादुर सिंह, लुम्बिनी प्रदेश सुनचाँदी व्यवसायी संघका अध्यक्ष बुद्धि बहादुर विक, सचिव डिलव खाती, सुनचाँदी व्यवसायी संघका संस्थापक घनश्याम सेपाईली, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा लगाएतले बोल्नु भएको थियो । सो अवसरमा विभिन्न संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने मायाको चिनो समेत प्रदान गरिएको थियो । संघका महासचिव हरिकृष्ण विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीले गर्नु भएको थियो । पदभार तथा सपथ ग्रहण गएको फागुन १५ गते सम्पन्न भएको संघको अधिबेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी नेतृत्वका लागी सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको थियो ।संघको अध्यक्षमा हरिकृष्ण विकलाई सर्वसम्मत निर्वाचित हुनु भएको छ । यस्तै उपाध्यक्षमा तिन जनालाई चयन गरिएको छ । जसमा ईन्द्रविर डाँगी, शंकर स्वर्णकार र मनोज शाह रहनु भएको छ । यस्तैगरी महासचिवमा तुलसीराम सुनार, सचिवमा लोक बहादुर विश्वकर्मा, कोषाध्यक्षमा पुष्कर सुनार, सहकोषाध्यक्षमा माया शाहु चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा लिला वली, ओविराम विश्वकर्मा, मोहन विश्वकर्मा, पर्शुराम सुनार, जनक कुमार सेपाईली, बन्दना भण्डारी र हिरालाल सुनार रहनु भएको छ ।



More Albums
सुनचाँदी ब्यवसायीलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

बजेटले गरेको नयाँ ब्यवस्थाप्रति सुनचाँदी ब्यवसायीको असन्तुष्टि, बजेट नियन्त्रणमुखी र विभेदकारी भएको
कठमाडौं । नेपाल भरका सुनचाँदी ...

औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल
काठमाडौं । नवनियुक्त उद्योग, ठ...

मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्र ...

खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनमालागि निजी क्षेत्रलाई वाटो खोल्न सरकार तयार
काठमाडौं । उद्योग, बाणिज्य तथठ...

सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिन्छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्à ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालियोः नेपाल सुनचाँदी ब्यवसायी
काठमाडौं । नेपाल सुनचाँदी ब्ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत
काठमाडौं । प्रतिनिधीसभाको नि ...

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ...