Tel +977-1-4532270
4
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
119340/-

TEJABI GOLD
per 10 grm

Nrs
118780/-

SILVER
per 10 grm

Nrs
1500/-

FINE GOLD (9999)
per 1 tola

रु
139200

TEJABI GOLD
per 1 tola

रु
138550

SILVER
per 1 tola

रु
1750

Notices:

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता

Date: Mar 23, 2021
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ साझेदारी सम्वन्धी सँझौता भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य र नेपाल बंगलादेश बैंककी डेपुटी जनरल म्यानेजर सलोनिका सिंहले मंगलबार काठमाडौंमा आयोजित बिशेष समारोहकावीच सो बैंकिङ साझेदारी सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । महासंघ र बैंकवीच भएको सम्झौता अनुरुप अवदेखि महासंघ अन्तर्गत विभिन्न जिल्ला तथा नगरमा आवद्ध ब्यवसायी तथा एशोसिएट्स सदस्यहरुले नेपाल बैंगलादेश बैंकको क्युआर कोड प्रयोग गरी कारोबार गर्न पाउने छन् । जसले सुनचाँदीको कारोबार गर्दा नगदमा नै गर्नुपर्ने झन्झटको अन्त्य गरेको महासंघका अध्यक्ष शाक्यले बताउनुभयो । यो सम्झौतापछि महासंघका आवद्ध ब्यवसायीहरुले नेपाल बंगलादेश बैंक मार्फत उपलब्ध हुने विभिन्न किसिमका बैंकिङ सेवाहरु सरल र सहुलियतपूर्ण रुपमा प्रयोगगर्न पाउने उहाँले बताउनुभयो । दुईसंस्थावीचको सहमतिपश्चात महिला, दलित, विपन्न, अल्पसंख्यक लगायतका वर्गकालागि पनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकले सहयोग गर्ने छ । यस वाहेक बैंकले उपलब्ध गराउने सवैखालमा बैंकिङ सेवाहरु सरलर सहज रुपमा उपलब्ध गराउन पनि बैंकलेसहयोग गर्ने छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले समेत डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति अवलम्वन गर्दै आएको छ । सोही नीति अनुरुप महासंघले पहिलो चरणमा नेपाल बंगलादेश बैंकसँग बैंकिङ सहकर्यको सम्झौतामा हस्ताक्षर गरेको हो । महासंघले आवश्यकता अनुसार अन्य बैंक तथा वित्तिय संस्थाहरुसँग समेत यस किसिमको सम्झौता गदै जाने जनाएको छ । नेपाल सनुचाँदी ब्यवसायी महासंघ मुलुकभरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्था हो । महासंघ अन्तर्गत देशभरका ६५ भन्दा बढी जिल्ला, नगर तथा एशोसिएट्स सदस्य छन् ।



More Albums
सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी संघ सुर्खेतको आठौं बार्षिक सा ...

भक्तपुर सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्न
काठमाडौं । भक्तपुर सुनचाँदी ब्यवसायी संघको आठौं वार्षिक सा ...

लमजुङ सुनचाँदी ब्यवसायी संघको साधराणसभा सम्पन्न
काठमाडौं । लमजुङ सुनचाँदी ब्यवसायी संघको नवौं स्थापना दिवस ...

सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभा सम्पन्न
काठमाडौं । सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभ ...

महासंघको नवौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा शुक ...

पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीहरुले ब्यवसायीक सुरक्षाकालाग ...

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समावेस गर्न ब्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीहरुको छाता संस्था नेपाल सुनचा ...

सुनको कोटा दैनिक ३० किलो बनाउन ब्यवसायीको माग, गोल्ड बैंक मार्फत सुनको आयात गर्न र नाका नाकावाट सहज
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको कोटा दैन ...

तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन सम्पन्न
काठमाडौं । तनहुँ सुनचाँदी व्यवसायी संघ को पाँचौं वार्षिक सा ...

सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक्ष महर्जनप्रति समवेदना ब्यक्त
काठमाडौं । सुनचाँदी तथा रत्न आभुषण ब्यवसायी महासंघका अध्यक ...