Tel +977-1-4532270
14
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
117625/-

TEJABI GOLD
per 10 grm

Nrs
117065/-

SILVER
per 10 grm

Nrs
1436/-

FINE GOLD (9999)
per 1 tola

रु
137200

TEJABI GOLD
per 1 tola

रु
136550

SILVER
per 1 tola

रु
1675

Notices:

प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह

Date: Dec 12, 2022
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको ब्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शोमबार गएको प्रतिनिधी मण्डलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर वम बहादुर मिश्रसँग भेटगरी संघिय सरचना अनुरुप हुनेगरी सुन वितरणको कार्यविधी शंशोधनगर्न आग्रह गरेको हो । हालसम्म पुरानै संरचना अनुरुप अञ्चलगत रुपमा वनेको कार्यविधी अनुसार सुन वितरण हुँदै आएको र विद्यमान अवस्थामा सो विधी ब्यवहारिक हुन नसकेको भन्दै महासंघले यथासिघ्र प्रादेशिकरुपमा सुन बाँडफाँटको ब्यवस्था मिलाउन आग्रह गरेको हो । त्यसक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर वम बहादुर मिश्रले महासंघले राखेको मागलाई आफूले गंभिररुपमा लिएको र यस बिषयमा सम्वन्धित निकायमा परामर्श गरी आवश्यक निर्णय लिइने बताउनुभयो । त्यसक्रममा उहाँले एउटा बैंकको खातावाट सवै बैंकमार्फत कारोबार हुने सक्ने ब्यवस्था मिलाउन र कार्यविधिमा तोकिएका नाकाहरुवाट सहजरुपमा सुन उपलब्ध हुने ब्यवस्था मिलाउन ब्यवसायीले गरेको आग्रह अनुरुप त्यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । भेटका क्रममा ब्यवसायीहरुले सुनको कोटा कम हुँदा देशभरका सुनचाँदी ब्यवसायी मर्कामा परेको उल्लेख गर्दै आपूर्ति प्रणालीमा सुधार गर्न समेत आग्रह गरे । त्यस अवसरमा महासंघका अध्यक्ष शाक्यले ब्यवसायीले सुन खरिद गर्दा प्रत्येक बैंकमा खाता खोल्नुपर्ने बाध्यात्मक र असहज अवस्था रहेको बताउनुभयो । यस्तै उहाँले देशका विभिन्न नौ नाकाहरुवाट सुन उपलब्ध गराउनु पर्ने ब्यवस्था कार्यविधित्रमा रहेको भए पनि बैंकहरुले त्यस अनुसार काम नगरेकोले ब्यवसायीलाई सुन दिन काठमाडौंमा नै धाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । पछिल्लो समयमा दैनिक १० किलोकादरले सुनको अयात हँदै आएको छ । जुन बजारको मागको तुलनामा अतयन्तै कम भएको ब्यवसायीको गुनासो छ ।



More Albums
नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत
काठमाडौं । प्रतिनिधीसभाको निर्वाचनमा निर्वाचित हुनुहुने न ...

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील ...

ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यव ...

प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रादेशिक संर ...

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न
काठमाडौं । आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी म ...

सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक
काठमाडौं । भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वल ...

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प ...

विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह
काठमाडौं । आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमवाट कर व ...

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह
सुनाखरी न्युज काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ...

विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा आन्तरिक राजस्व विभागसँग महासंघले गर्यो परामर्श
काठमाडौं । विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने बि ...