Tel +977-1-4432270
31
Ashad
2075
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
48870/-

TEJABI GOLD
per 10 grm

Nrs
48615/-

SILVER
per 10 grm

Nrs
643/-

FINE GOLD (9999)
per 1 tola

Nrs
57000/-

TEJABI GOLD
per 1 tola

Nrs
56700/-

SILVER
per 1 tola

Nrs
750/-

Notices:

Press Release

राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय, पथलैयाले गरेको छापाप्रति नेपाल सुनचाँदी ब्यवसायी महासंघको ध्यानाकर्षण

Posted: 31 January, 2018



 
काठमाडौं ।
वीरगंजस्थित ओम ज्वेलर्स र बालाजी ज्वेलर्समा माघ १५ गते राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय, पथलैयाले गरेको छापाप्रति नेपाल सुनचाँदी ब्यवसायी महासंघको ध्यानाकर्षण भएको छ । 
‘कुनै पनि व्यवसायी राज्यको जिम्मेवार नागरिक मात्र नभई जिम्मेवार करदाता समेत रहने वास्तविकता हामी सवैलाई विदित नै छ । यहि सन्दर्भमा राजस्व अनुसन्धान विभागबाट ललितपुर र चितवनमा भएका छापा पछि उस्तै शैलीमा अत्यधिक बल प्रयोग गरी पर्सा जिल्लामा पनि छापामारेको घटना दोहोरिएकोमा यस महासंघ खेद व्यक्त गर्दै आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिा भनिएको छ । 
वीरगंजमा भएको उक्त छापामा दुई ट्रक भन्दा बढि प्रहरी परिचालन गरी व्यवसायिक कार्यस्थलमा 
प्रहरी प्रवेश गरी ग्राहकवर्गलाई बाहिर निकाल्ने, व्यवसायीलाई नियन्त्रणमा लिई मोबाइल स्वीच अफ गराउने र व्यवसायिक कार्यस्थलमात्र नभई घरको प्रत्येक व्यक्तिगत कोठा र कुनाकाप्चा नियन्त्रणमा लिई खानतलासी लिने कार्यले आतंकको सिर्जना भएकोछ । यसले स्वतन्त्र रुपमा व्यवसाय गर्ने संविधान प्रदत्त मौलिक हकमा अतिक्रमण भएको हामीले ठानेका छौं । व्यवसाय क्रममा हुने कमी कमजोरीलाई सच्याउन÷सुधार गर्न यथासम्भव अवसर प्रदान गर्नु लोककल्याणकारी राज्यको कर्तव्य हो भन्ने कुरामा विश्वास गर्ने महासंघले जनएको छ । 
राज्यको जिम्मेवार नागरिकका हैसियतले राज्यको सम्बन्धित निकायले गर्ने अनुसन्धान तथा काम 
कारवाहीमा व्यवसायीहरु सदा सकारात्मक रही आएको र भविष्यमा पनि यो सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्दै यस महासंघ राजस्व अनुसन्धानको नाममा व्यवसायिक वातावरण विग्रने गरी हुने ज्यादती अभिलम्ब रोकियोस् भन्ने सम्बन्धित निकायमा महासंघले जोडदार माग गरेको छ ।