Tel +977-1-4432270
5
Bhadra
2075
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47840/-

TEJABI GOLD
per 10 grm

Nrs
47585/-

SILVER
per 10 grm

Nrs
617.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55800/-

TEJABI GOLD
per 1 tola

Nrs
55500/-

SILVER
per 1 tola

Nrs
720/-

Notices:

Press Release

प्रेस विज्ञप्ती

Posted: 23 March, 2018



 
 
यस महासंघमा आबद्ध सिराहा सुनचा“दी व्यवसायी संघका उपाध्यक्ष श्री विकास सारदाको लहान नगरपालिका वडा नं. ७ स्थित विकास ट्रेडर्स नामक सुनचा“दी पसलमा मिति २०७४÷१२÷९ गते दिउ“सो १ बजे अज्ञात समुहद्धारा बम विष्फोट गराई सांघातिक आक्रमण भएकोमा यस महासंघ उक्त निन्दनिय घटनाको जोरदार भत्सर्ना गर्दछ । 
 
जघन्य अपराधपूर्ण उक्त दुःखद् घटनामा परि घाईते एवं सख्त घाईते हुनु भएका पसलका प्रोपाईटर विकास सारदा र अन्य ५ जना पसलका कर्मचारी एवं ग्राहकवर्गको शिघ्र स्वास्थलाभको कामना गर्दै नेपाल सरकारद्धारा यथोचित स्वास्थ उपचारको प्रवन्ध मिलाई दिनु हुन विशेष अनुरोध गर्न चाहन्छौं । उक्त घटनामा भएको आर्थिक क्षति प्रति पनि हामी सहानुभूति प्रकट गर्न चाहन्छौं । शान्ति, अमनचैन र व्यवसायीक वातावरण बिगार्ने यस्तो पिडादायी  घटनाका सम्पूर्ण दोषीहरुको पहिचान गरी शिघ्रातिशिघ्र कारवाहीको दायरामा ल्याउन  सुरक्षा निकायसंग यस महासंघ जोरदार माग गर्दछ । साथै, सुरक्षा व्यवस्था पनि मजबुत बनाई अगामी दिनहरुमा यस्ता घटना दोहरिन नदिन थप सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइ हुन पनि अनुरोध गर्दछौं ।
 
 
.................................
मनोज कुमार साह
प्रवक्ता
 नेपाल सुनचा“दी व्यवसायी महासंघ