Tel +977-1-4432270
27
Mansir
2075
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
51010/-

TEJABI GOLD
per 10 grm

Nrs
50755/-

SILVER
per 10 grm

Nrs
630/-

FINE GOLD (9999)
per 1 tola

Nrs
59500/-

TEJABI GOLD
per 1 tola

Nrs
59200/-

SILVER
per 1 tola

Nrs
735/-

Notices:

Press Release

नेपाल सुनचाँदी ब्यवसायी महासंघको पाँचौं बार्षिक साधारण सभाको अवसरमा आयोजित

Posted: 08 April, 2018



 
पत्रकार सम्मेलन
प्रेस वक्तब्य
नेपाल सुनचाँदी ब्यवसायी महासंघ २०६९ साल फागुण २० गते बिधिवत दर्ता भएको नेपाल भरिका सुनचाँदी ब्यवसायीहरुको छाता संगठन हो । देश भरिका बिभिन्न ५३ वटा जिल्लाहरुमा रहेका सुनचाँदीका ब्यवसायी संघहरु यस महासंघमा आबद्ध रहेका छन् र अन्य बिभिन्न जिल्लाहरुका ब्यवसायीहरु यस महासंघमा आबद्ध हुन प्रतिक्षामा रहेका 
छन् । २०४४ सालमा नेपाल सुनचाँदी ब्यवसायी संघको स्थापना भए पश्चात संगठनको बिकास हुँदै यस महासंघको  स्थापना भएको हो । देशभरिका सुनचाँदीका ब्यवसायीहरुको हक हित र ब्यावसायिक अधिकार प्राप्तीका लागि यस महासंघले निरन्तर पहल गरि आएको छ । गुणस्तरीय गरगहनाहरुको उत्पादन, ब्यावसायिक ईमानदारीता, उपभोक्तामुखी सेवा र देशको आर्थिक समृद्धिमा योगदान गर्नु हामी हरेक ब्यवसायीहरुको कर्तब्य हो र यसको लागि यस महासंघले निरन्तर कार्य गर्दै आई रहेको छ । देशको बदलिंदो समय सँगसँगै ब्यवसायलाई पनि निरन्तर परिवर्तन गर्दै क्रमशः बिकसित प्रविधि र सीपहरुको प्रयोग गर्दै प्रत्येक नेपालीहरुको धार्मिक, साँस्कृतिक, सामाजिक र आर्थिक पाटोमा गरगहनाका माध्यमबाट जीवनको जन्म देखि मृत्युसम्मका आवश्यकताहरु पुरा गर्न बिभिन्न गरगहनाहरु उपलब्ध गराई देशभरिका ब्यवसायीहरु सेवारत रहेका छन् ।
यही सन्दर्भमा यही २०७४ साल चैत्र २६ गते सोमबार यस महासंघले सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यमा पाँचौं बार्षिक साधारण सभा होटल ¥याडिसन, लाजिम्पाट, काठमाडौंमा आयोजना गर्दैछ । देशमा भएका राजनीतिक परिवर्तनको पश्चात भई रहेका सामाजिक अनि आर्थिक परिवर्तनहरुलाई आत्मसात गर्दै सुनचाँदीको माध्यमबाट देशको आर्थिक बिकासमा योगदान गर्न प्रत्येक ब्यवसायीहरुलाई अभिप्रेरित गराउँदै महासंघ अगाडी बढ्दै छ । महासंघले देशमा रहेको बेरोजगारीलाई कम गर्न र स्वरोजगारी बढाउन यस ब्यवसायलाई संभावनाकासाथ अगाडी बढाउँदै ल्याएको छ । उपभोक्ताहरुको हित र सम्पतिको सुरक्षाका लागि गुणस्तरीय गरगहनाहरुको उत्पादन गर्दै उपभोक्तामुखी ब्यवसाय बिकास गर्दै आएको छ । डिजिटल तराजु, सुनचाँदीको दर भाउ डिस्प्ले गर्ने बोर्डहरुको प्रयोग गरी पारदर्शी मूल्य, नयाँ नयाँ प्रविधिहरुको प्रयोग गरी सुन चाँदीको गुणस्तर प्रमाणीकरण र प्रतिस्पर्धी मूल्यहरुको क्रमशः प्रयोग हुँदै ब्यवसायको बिकास गर्दै लगेको छ । उपभोक्ताहरुको चाहना एवं आवश्यकतालाई पुरा गर्दै नेपाल भरिका सुनचाँदीको ब्यवसायलाई अझ बढी पारदर्शी, अनुशासित, मर्यादित र भरपर्दो बनाउन यस महासंघले निरन्तर कार्य गरिरहेको छ । 
साथै यसै बर्षदेखि पत्रकारिताको क्षेत्रमा सुनचाँदी व्यवसायीको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने पत्रकारहरु मध्ये २ जनालाई प्रत्येक बर्ष “फेनेगोसिडा पत्रकारिता पुरस्कार” प्रदान गर्ने शुरुवात भएको जानकारी गराउँदछु ।
पाँचौं बार्षिक साधारण सभाको यस पूर्व सन्ध्यामा यस महासंघले यो ब्यवसायको बिकासका लागि आवश्यक निम्न बमोजिमका केही सुधारहरु गर्नका लागि आह्वान गर्दछ ।
१) लगभग २२ हजार ब्यवसायीहरु आवद्ध रहेको, लगभग ४ लाख जनाले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाईरहेको, लगभग १५ लाख जनसंख्या यस ब्यवसायमा आश्रित रहेको, देशको राजश्वमा बार्षिक १० अरबको योगदान गरिरहेको र बार्षिक लगभग ५० अरब रुपैया बराबरको कारोबार हुने यो सुनचाँदीको ब्यवसायलाई स्पष्ट नियमन गर्ने कानुनको अभाव छ । देश भरिका सम्पुर्ण नेपालीहरुको घरघरमा रहेका सुनचाँदीका गरगहनाहरुको खरिद बिक्री र कारोबारमा स्पष्ट ऐन नहुँदा अन्यौलको बातावरणमा ब्यवसाय संचालन भई आएको छ । स्पष्ट ऐन कानुनको आवश्यकता छिटो भन्दा छिटो पुरा गरि समग्र ब्यवसायको बिकास गर्ने बातावरण निर्माण गरिनु पर्दछ । 
२) सुनको आपुर्तिमा रहेको परिमाणात्मक बन्देजका कारण बिभिन्न विकृतिहरुले स्थान पाएको छ । आयात गर्ने अधिकार बैंकहरुलाई मात्र दिंदा अन्य कम्पनी, फर्महरुको अधिकारमा कटौती भएको छ । आयात गर्ने अधिकार बैंकहरुको साथसाथमा ब्यवसायीहरुलाई पनि दिई प्रतिस्पर्धात्मक आपुर्तिको ब्यवस्था गरिनु पर्दछ ।
३) बिदेशबाट आउँदा झिटी गुन्टा भारीको सुबिधा अन्तर्गत नीजि प्रयोजनका लागि ५० ग्राम सुन ल्याउन पाउने सुबिधालाई गरगहना नै बनाई ल्याउनु पर्ने बाध्यात्मक ब्यवस्थालाई हटाएर गरगहना वा सुन ल्याउन पाउने गरी संशोधन गरिनु पर्दछ ।
४) सुनचाँदी र गरगहनाहरु देश भित्र ओसार पसार गर्दा समात्ने र राजश्व अनुसन्धान बिभागमा लगेर बुझाउने गर्दा ब्यवसायीहरुलाई धेरै अप्ठयारो भएकोले बिल बिजक भएका गरगहनाहरुलाई आवश्यक ओसार पसारको लागि सहज बनाईनु पर्दछ । 
५) सुनचाँदीको कारोबारमा महँगो धातु भएको कारणले बार्षिक टर्न ओभर धेरै हुने तर मुनाफा कम मात्र हुने भएकोले धेरै ब्यवसायीहरु करको मारमा परेका छन् । यस ब्यवसायको मर्म र यस ब्यवसायको छिटो छिटो मूल्यमा परिवर्तन हुने प्रकृतिलाई बुझेर सरल कर नीति बनाई ब्यवसाय गर्न र कर तिर्न सजिलो बनाईनु पर्दछ ।
६) देशभरि यस ब्यवसायलाई आवश्यक दक्ष जनशक्ति निर्माणका लागि बिभिन्न प्रदेशहरुमा तालिम केन्द्रहरुको स्थापना गरिनु पर्दछ र नयाँ युवा पुस्तालाई यस ब्यवसायमा आकर्षित गरि रोजगारीमा बृद्धि गरिनु पर्दछ । यसको लागि यो महासंघले आफ्नो प्रयासको थालनी गरेको छ । सरकार तथा अन्य निकायहरुको पनि यसमा आवश्यक सहयोगको अपेक्षा गर्दछौं ।
७) यो ब्यवसाय सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील भएको र बिभिन्न स्थानहरुमा चोरी, लुटपाट एवं संघातिक आक्रमणका घटनाहरु भई रहेकोले आवश्यक शान्ती सुरक्षाको ब्यवस्था गरिनु पर्दछ । बहुमूल्य धातुको यो ब्यवसाय सुरक्षाको अभावमा संचालन र बिकास हुन सक्दैन ।
 
यस महासंघको पाँचौं बार्षिक साधारण सभाको यस सुखद घडिमा सुनचाँदी गरगहनाको माध्यमबाट देशको बिकास एवं आर्थिक समृद्धिको यात्रामा समस्त ब्यवसायीहरुलाई एकताबद्ध गर्दै देश र समाजको उन्नती र समृद्धिमा निरन्तर कार्यरत रहने प्रण गर्दछौं । गरगहनाको माध्यमबाट नेपाली कला, सीप, धर्म, सँस्कृति र पहिचानलाई देश र बिदेशमा समेत बिस्तार गर्ने अवसरको सिर्जना गरि नेपाली गरगहनाहरुको ब्यवसाय बिकासमा निरन्तर लागि रहने छौं । उपभोक्ताहरुको चाहना र आवश्यकतालाई पुरा गर्न बिभिन्न सेवाहरु प्रदान गर्न र ब्यावसायिक सीप र कार्यदक्षता अभिबृद्धि गरी मर्यादित ब्यवसाय बनाई अगाडी बढ्ने प्रण गर्दछौं ।
 
 
 
 
 
मनोज कुमार शाह
प्रवक्ता तथा संयोजक
प्रेस तथा प्रचार प्रसार समिति नेपाल सुनचाँदी ब्यवसायी महासंघ