Tel +977-1-4432270
6
Bhadra
2076
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
61130/-

TEJABI GOLD
per 10 grm

Nrs
60875/-

SILVER
per 10 grm

Nrs
711.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
71300/-

TEJABI GOLD
per 1 tola

Nrs
71000/-

SILVER
per 1 tola

Nrs
830/-

Notices:

Press Release

नेपाल सुनचाँदी ब्यवसायी महासंघको छैठौं बार्षिक साधारणसभाको अवसरमा जारी घोषणा – २०७५

Posted: 06 April, 2019



नेपाल सुनचाँदी ब्यवसायी महासंघको छैठौं बार्षिक साधारणसभाको अवसरमा जारी
घोषणा – २०७५
“सुनचाँदी व्यवसाय वृद्धि,  नेपालको आर्थिक समृद्धि” भन्ने मूल नाराका साथ रुपन्देहीको मणिग्रामस्थित होटल ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न बार्षिक साधारण सभाबाट निम्न घोषणा भएको छ ।
१)    सुनचाँदी व्यवसायलाई हाल विकसित राष्ट्रिय, अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुसार समय सापेक्ष परिमार्जन गर्न एवं थप उपभोक्ता मैत्री तथा गुणस्तरका हिसावले प्रतिस्पर्धी बनाउन नेपाल सरकारबाट आवश्यक मापदण्ड निर्देशिका जारी गर्ने काम धेरै बिलम्ब हुन गई व्यवसायमा अन्यौलताको स्थिति आएकोमा यसलाई व्यवस्थित गर्ने ।
२)    यस महासंघ स्वच्छ सुनचाँदी व्यवसायको अवधारणा अगाडी सार्दै अवैध सुनचाँदी कारोवारलाई पूर्णतया निरुत्साहित गर्ने गराउने प्रतिवद्धता व्यक्त गर्दछ । साथै अवैध सुन चाँदी पैठारीको प्रबेश नाकामा पूर्ण नियन्त्रण गर्ने नेपाल सरकारसँग माग गर्दैै यसको लागि आवश्यक सहयोग र सहकार्यको प्रतिवद्धता पनि व्यक्त गर्दछ ।
३)    विगतको सुन वितरण प्रणाली अहिलेको स्थितिमा उपयुक्त नभएको हुँदा, अवकोलागि स्वच्छ तथा पारदर्शि गरी न्यायोचित ढंगले वितरण गर्नको लागि एकद्धार प्रणाली लागु गर्ने गराउने कार्यमा पहल गर्ने पतिवद्धता व्यक्त गर्दछ ।
४)    कमिसनको लोभमा परी व्यवसायीलाई सुनचाँदी एवं गरगहना एकठाउँबाट अर्कोठाउँमा लग्दा गरि राखेको धरपकडलार्य निरुत्साहित गरी स्वच्छ र निश्चित व्यवसाय चलाउने वातावरण सिर्जना गर्न राज्य पक्षलाई ध्यानाकर्षण गराउँदछु ।
५)    सरकारले करको सवालमा कसिलो नीति बनाई अप्ठ्यारो पारेकोमा सरल नीति बनाई सबैलाई समेट्नु पर्ने विषयमा सम्बन्धित निकायसँग परामर्श गर्ने ।
६)    व्यवसायी हकहितका विषयमा रुपन्देही घोषणा लागु गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतका सबैले एकताबद्ध भई अघि बढ्ने प्रण गर्दछ ।
मिति ः २०७५÷१२÷१९ गते मंगलबार
नेपाल सुनचाँदी  ब्यवसायी महासंघ