Tel +977-1-4432270
25
Jestha
2077
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
74930/-

TEJABI GOLD
per 10 grm

Nrs
74555/-

SILVER
per 10 grm

Nrs
793/-

FINE GOLD (9999)
per 1 tola

Nrs
87400/-

TEJABI GOLD
per 1 tola

Nrs
86960/-

SILVER
per 1 tola

Nrs
925/-

Notices:

Press Release

नेपाल सुनचाँदी ब्यवसायी महासंघको ७ औं स्थापना दिवस मनाइयो

Posted: 03 March, 2020



 
 
काठमाडौं-
नेपाल सुनचाँदी ब्यवसायी महासंघको ७ औं स्थापना दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । देशभरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको यस संस्था संघवाट महासंघ भएपछिको सातौं स्थापना दिवस मंगलबार मनाइएको हो ।
 
महासंघको स्थापना दिवसका अवसरमा केद्रिय कार्यालय नक्शालमा एक बिशेष कार्यक्रमकावीच केक काटेर मनाइयो ।
 
 
 
घण्ण्हद्दछण्उह२ठट(ज्ञज्ञ(ज्ञड
 
 
 
 
 
 
ःबजष्लमचब डद्धण् ह् ढण्२
 
त्यस अवसरमा महासंघका अध्यक्ष मोहन कुमार सुनारले सुनचाँदी ब्यवसायीहरुको हक अधिकारको संरक्षण र संवद्धृनका निमित्त खडा भएको महासंघले आफ्नो सातौं स्थापना दिवस मनाएको उल्लेख गर्दै महासंघ स्थापनाको लक्ष्य अनुरुप ब्यवसायीक हक अधिकार स्तथापनाकालागि अझै निरन्तर कार्य गर्नुपर्ने खाँचो औंल्याउनुभयो । देशभरका ब्यवसायी एकढिक्का भई अगाडि बढ्न सके महासंघको लक्ष्य र उद्धेश्य प्राप्तिमा सफलता मिल्ने उहाँको भनाई छ ।
 
 
 
सातौं स्थापना दिवसका अवसरमा सवैलाई सकारात्मक सोचकासाथ अगाडि बढ्न उर्जा मिल्ने उहाँले बताउनुभयो । त्यसक्रममा उहाँले महासंघलाई यहँसम्म ल्याउन सहयोग पुर्याउने सवैलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले ब्यवसायीहरु देशब्यापीरुपमा एकजुट भई अगाडि बढेका लक्ष्य प्राप्तगर्न सहज हुने धारणा ब्यत्तः गर्नुभयो । उहाँले महासंघलाई कमजोर हुन नदिई थप मजवुत वनाउन सवैको सहयोग, सल्लाह र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । त्यसक्रममा उहाँले ब्यवसायिक एकता र समृद्धिकालागि सवै ब्यवसायी एउटै छाचतामुनी बस्न आवश्यक भएको धारणा राख्नुभयो ।
 
 
 
त्यसक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले महासंघको सातौं स्थापना दिवपस हर्षोल्लासकासाथ सम्पन्न भएको बताउनुभयो । ब्यवसायीक हक, हित र अधिकारकालागि सवै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले सवै ब्यवसायीकाबीच एकता र आपसी सहमति एवं सहकार्यमा जोड दिनुभयो । महासंघलाई सवै ब्यवसायीले आशाकोरुपमा हेरेको उल्लेख गर्दै उहाँले त्यो आशा देरजान दिन नहुने बताउनुभयो ।
त्यसक्रममा महासंद्दका उपाध्यक्ष दियसरत्न शाक्यले महासंघको गठन जुन उद्धेश्यले भएको थियो त्यसको प्राप्तिकालािग सवै एकजुट भएर लाग्नुपर्ने खाँचो औंल्याउनुभयो । त्यसक्रममा उहाँले सरकारले ढिलै भएपनि पछिल्लो समयमा ब्यवसायीका मागको सुनुवाई गर्न थालेको चर्चा गर्दै छिट्टै ब्यवसायीका माग पूर्ति हुने आशा ब्यक्त गर्नुभयो ।
 
 
 
कार्यक्रममा महासंघका कोषाध्यक्ष महेन्द्र रत्न शाक्यले ब्यवसायीक हक, अधिकारको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले महासंघले अझै आफूलाई प्रभावकारी वनाउँदै लैजानुपर्ने खाँचो समेत औंल्याउनुभयो ।
 
महासंघका सचिव सुदिप श्रेष्ठले सञ्चालन गर्नुभएको सो कार्यक्रममा केन्द्रिय सदस्यहरु सुविन शाक्य, राजभाई बज्राचार्य, हेमरत्न शाक्य, रोहिना शाक्य, प्रेस सल्लाहकार शिव दुवाडी, निर्देशक राजेन्द्र तुलाधर लगायत सचिवालयका कर्मचारीहरुको उपस्थिति थियो ।