Tel +977-1-4432270
5
Magh
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47585/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
47325/-

SILVER
per 10 grm

Nrs
686/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55500/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
55200/-

SILVER
per 1 tola

Nrs
800/-

73/9/7 to 74/9/6
started from 72-11-17 till 73-11/16
73.07.01 till 73.09.30

Recent News

Press Release

अध्यक्षज्यूको स्वागत मन्तव्य

Posted: 16 February, 2015



नमस्कार ∕
भौगोलिक आकारमा सानो भएतापनि सबै मानिसले एकपटक घुम्नैपर्ने देश भनी कहलिएको, प्राकृतिक रुपमा धेरै प्रकारका राम्रा–राम्रा प्राकृतिक स्रोत साधनहरुले सुसज्जित भई, अनेक देवी–देवताहरु र भगवान्हरुलाई बास गराएको यो देशमा विराजमान सबै देवी–देवताहरुका मूर्तिहरुलाई हेर्दा प्राचीनकालदेखि नै धर्मावलम्वीहरुले स्वनिर्मित राम्रा–राम्रा गरगहना र आभूषणले सुसज्जित भएको पाईन्छ । यसबाट के प्रमाणित हुन्छ भने हाम्रो देशमा प्राचीनकाल तथा कथित देवी–देवताका पालादेखि नै गरगहनाको कलाकारिता र गरगहनाको प्रचुर विकास भएको पुष्टी हुन्छ । नेपालमा जन्मेका हामी नेपालीहरुको जन्मदेखि मरणसम्मको परम्परा, संस्कृति, भेषभूषा यही तथ्यसँग सम्बन्धित रही सुनचाँदी तथा रत्नपत्थरको गरगहनासँग गाँसिएको देखिन्छ ।
यो इतिहासको विकासलाई हेर्दा हाम्रो देशले विश्व गरगहना बजारमा राम्रो स्थान ओगत्न  सक्नुपर्ने हो, तर हामीकहाँ पहिलेदेखि कला शीपको विकास त भयो तर हामीमा अत्यावश्यक रुपमा चाहिने प्राविधिक शिक्षा र उचित संस्कारको विकास भएन । पूराना कुण्ठित विचार धाराबाट समय बित्दै गयो, आफूले जानेका ज्ञान अरुलाई भन्नु हुन्न, जानेका काम अरुलाई सिकाउनु हुन्न, अरुलाई थाहा दिनु हुन्न, हामीकहाँ यो राम्रो चीज बन्यो अब उसले अन्त बनाउनु हुन्न भन्ने संकुचित विचारधाराले गर्दा सि∙ो ढुंगामा पलाञ्चोक भगवतीजस्तो मूर्ति कूद्ने प्रखर कालीगढको हात काटिनु प¥यो । अरनिकोजस्ता राष्ट्रिय पहिचान विदेशमा प्रवासी हुनुप¥यो । अब त्यो विगतलाई मात्र सम्झेर हामीले रुनेबेला छैन । हामीले होस सम्हालेर लम्किने हो भने अझै हाम्रा हात खुट्टा द¥हा छन्, हामी सबै एकजुट भएर सुनचाँदी व्यवसायीहरुको संरक्षण एवं प्रवद्र्धन गरी यसै क्षेत्रबाट देशको आर्थिक समुन्नतिको एक ठूलो शक्ति बनी शिखर चुम्न सक्छौं ।
ढिलै भएपनि वि.सं. २०४४ सालमा देशका व्यापारिक केन्द्र बिन्दु काठमाडौंका केही व्यवसायीहरु मिलेर शुरु गरेको सुनचाँदी व्यवसायी संघ विस्तारै विभिन्न जिल्ला–जिल्लामा शाखाहरु विस्तार गर्दै, प्रधान कार्यालय हुँदै यही केन्द्र हुँदै अहिलेसम्ममा देशभरिका विभिन्न जिल्ला र नगरहरु समेत गरी पचासको हाराहारीमा स्वायत्त संघहरु आबद्ध भएको एक बलियो महासंघको रुपमा नेपाल सुनचाँदी व्यवसायी महासंघको पहिचान बोकेर अगाडि बढेको अवस्था छ । अब यहीँ सबै व्यवसायीहरुले विगतका दिनलाई सम्झेर मनन् गरेर यस क्षेत्रबाट देशको आर्थिक समृद्धिको संरचना रचेर समस्त व्यवसायीहरुले आÇनो भविष्य सुदृढ र सुनिश्चित गर्ने हो भने देशभरिका व्यवसायीहरु एक हुनुपर्छ । बेला–बेलामा आईलाग्ने घाम र असिना पानीले बचाउन सक्ने गरी सबै अट्ने एउटै छाताभित्र रही सबैले हातमा हात राखी अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ ।
आज यस किसिमका व्यवसायलाई समय सापेक्ष विकास गरी अगाडि बढाउन मूल समस्याको रुपमा तेर्सिएका केही बाधा अर्चनहरु छन्, जुन हामी सबै मिलेर समाधान गर्दै अघि बढ्नुपर्ने दायित्व हाम्रो काँधमा छ ः
१) बजारमा समय–समयमा हुने सुनको अभाव । 
२) अभावले भोग्नुपर्ने द्यबिअप ःबचपभतष्लन र त्यसबाट उब्जिने मिसावट ।
३) बजारमा कहिलेकाँही देखिने काँचो सुनमा समेत कम गुणस्तरले गर्दा हुने समस्या ।
४) साना व्यवसायीहरुलाई सुन किन्न कठिनाई, १ के.जी.भन्दा कम परिमाण बैंकमा किन्न नपाइने व्यवस्था ।
५) ठूला व्यवसायीहरुले पनि आÇनो व्यवसायका लागि आवश्यक मात्रामा चाहिने सुन सरल रुपमा नपाउँदा जसरी पनी सञ्चय गरिदा अन्य धेरैलाई हुने समस्या ।
६) कहिलेकाँही बैंकको सुन महँगो भई व्यापारीले उठाउन नसक्नुको कारणले पर्ने समस्या ।
७) उपत्यका बाहिरका व्यवसायीहरु उपत्यका कै बैंकमा आई सुन किन्नुपर्ने जोखिमयुक्त प्रक्रिया ।
८) बैंकमा सुन किन्नका लागि धेरै किसिमका कागजातहरु पेश गर्नुपर्ने हुँदा भोग्नुपर्ने समस्या ।
९) सुन बिक्री गर्ने वाणिज्य बंैकहरु जति संख्यामा छन्, ती सबैमा खाता खोलेर पैसा जम्मा गरिराख्नुपर्ने समस्या ।
१०) न्ययम ँयच एबथmभलत चेकलाई बैंकले स्वीकार नगर्नु ।
११) गरगहना बनाउनका लागि स्थानीय कालीगढहरुको चरम अभावका कारण अपरिचित विदेशी कालीगढहरुको भरमा व्यवसाय गर्नुपर्ने बाध्यता ।
१२) कालीगढहरुबाट हुने मिसावटका समस्या र सुन लिएर भाग्ने समस्या ।
१३) हाल अनगिन्ती रुपमा देखिएका सुनचाँदी व्यवसाय सञ्चालन गर्नेहरुसँग सुनचाँदी तथा गरगहना निर्माण तथा व्यवसाय सञ्चालन सम्बन्धमा हुनुपर्ने आवश्यक ज्ञानको कमी ।
१४) धेरै व्यवसायीहरु नाफामा मात्र केन्द्रित भई लापर्वाही गरी काम गर्नु ।
१५) व्यवसाय गर्दा उपभोक्ताहरुको सन्तुष्टि र स्थायीत्वलाई ध्यान नदिनु ।
१६) सरकारी मान्यता प्राप्त सही मापदण्डको अभावले गर्दा कमाउधन्दा गर्ने व्यवसायीहरु मात्र फस्टाई रहेको तर बढीभन्दा बढी पुराना तथा स्वच्छ व्यवसायीहरुको विनाश हुँदै गएको ।
१७) स्थायी सरकार नभएको र सरकारले आवश्यक ध्यान नदिएबाट सुनचाँदी गरगहना निर्यातका लागि नीति बन्न नसक्दा निर्यातको अवसरबाट बञ्चित हुनुपरेको ।
१८) सरकारले करको सवालमा सरल नीति बनाई सबैलाई समेट्नुको सट्टा कसिलो नीति बनाई अप्ठ्यारो पारेको ।
१९) सरकारले सुनचाँदी व्यवसायका लागि अलग्गै नीति बनाउन नसक्नु ।
२०) सुनचाँदी तथा गरगहनाप्रति गिद्धेनजर लगाई फाइदा लिन पल्केका अपराधीहरुलाई सरकारले नियन्त्रण गर्न नसक्नु ।
२१) देशका विभिन्न नाका र विमानस्थलबाट भित्रिने तस्करी सुनलाई सरकारले पूर्णरुपमा नियन्त्रण गर्न नसकेको ।
२२) व्यवसायीहरुले आÇना व्यवसाय सञ्चालन गर्नका लागि सुनचाँदीका गरगहना बोकेर हिँड्दा प्रहरी प्रशासनबाट भैरहेको धरपकड र कमीशनको लोभले गर्दा निर्दोषलाई पनि कारवाही गर्ने गरेको ।
२३) गरगहना लगाएर हिँड्दा बाटोमा लुट्ने, घर पसलमा राख्दा पनि चोर्ने र लिएर भाग्ने समस्या ।
२४) चोरीजन्य गरगहनाबाट उत्पन्न हुने समस्या ।
२५) अन्यभन्दा पृथक प्रकृतिको व्यवसाय भएकोले बढी मिसम्याचको समस्या ।
 
यस क्षेत्रमा देखापरेका विभिन्न समस्याहरुले गर्दा सुनचाँदी व्यवसायको विकास र प्रवद्र्धनकै उद्देश्य लिएर अगाडि सरेका विभिन्न जिल्ला तथा नगर संघ र सम्बन्धित संस्थाहरुलाई ठूला–ठूला चुनौतीहरु पार गर्दै अगाडि बढ्नु परेको वर्तमान अवस्था छ । यी आदि समस्याहरुको समाधान गर्न हामी देशव्यापी रुपमा सबै व्यवसायीहरु एक ढिक्का, एक शक्ति बनी सामूहिक प्रयास गरी व्यवसायको सुरक्षा र अधिकारका लागि आÇनो प्रयास निरन्तर जारी राखेका छौं । मुलुकमा विगत केही वर्षयता देखिएको राजनीतिक तरलताको प्रभावका कारण यस क्षेत्रमा पनि प्रभाव पर्न गई हाम्रो अथक प्रयासको बाबजुत पनि पूर्णरुपमा व्यावसायिक अधिकार स्थापित गर्न सकिरहेका छैनौं । त्यसकारण, देशको सर्वा∙िण विकास र आर्थिक समृद्धिको लागि यथाशीघ्र देशमा स्थायी सरकार र स्थिर नीति बनाई सुनचाँदी तथा रत्न आभूषण व्यवसायकोे विकास र विस्तारमा ध्यान दिई यसको मूल्य र मान्यताप्रति राज्यको दृष्टिकोण अत्यन्त सकारात्मक हुनुपर्छ भन्ने हाम्रो मान्यता र धारणा छ ।
महासंघले परिवर्तित समय र आवश्यकताको आधारमा यस व्यवसायको प्रवर्धन र विकास, उपभोक्ताको माग र सन्तुष्टि, सरकार र राष्ट्रप्रतिको दायित्वजस्ता कुराहरुलाई संघको मूल मन्त्रको रुपमा लिएर एक निश्चित मापदण्डको माग गर्दै देशका समस्त सुनचाँदी व्यवसायीहरुले स्वस्फूर्तरुपमा वि.सं. २०६९ जेष्ठमा गरेको आन्दोलन पश्चात् २४÷२५ महिनासम्म सरकारको सम्बन्धित निकायसँग बसी धेरै चरणमा वार्ता र छलफल सम्पन्न गरे पश्चात् आवश्यक धेरै अन्तर्वस्तुमा सहमति भइसकेको भएतापनि मापदण्डको मूलतत्व गरगहना बनाउँदा हुने निर्माण–ह्रास (जर्ती) र नेपालमा गरगहना हातैले बनाउनुपर्ने वाध्यताले गर्दा गहना निर्माण पश्चात् विद्युतीय तरंगबाट चेकजाँच गर्दा त्यसमा देखापर्न सक्ने गुणस्तरको हुने न्यून ह्रासको समस्यालाई क्षम्यभित्र राख्नुपर्ने कुरामा सहमति अड्किएकोले मापदण्ड थुनिएको अवस्था छ । अब देशमा सम्पूर्ण व्यवसायीहरुले अन्यौलतामा रही व्यवसाय गरिरहन उचित नहुने हुँदा महासंघद्वयको संयुक्त प्रस्तावित मापदण्डको अत्यावश्यक बिन्दुमा रही मापदण्डको पूर्ण स्वरुप तयार गरी त्यसै अनुरुप व्यवसाय अगाडि बढाइने छ भने,तयारीको प्रकृयामा रहेको नेपाल सरकार बाणिज्य मन्त्रालय अन्तर्गत रहेको मापदण्ड तयारी गरिनासाथ त्यसै मुताविक यस क्षेत्रलाई अगाडी बढाईनेछ ।
देशभरका व्यवसायहरुलाई पारदर्शी तवरले सुनको उचित वितरणको लागि एकद्धार वितरण प्रणाली एक मात्र उचित उपाय देखिएकोले बहुद्वार वितरण प्रणालीलाई छोडी एकद्वार वितरण प्रणाली लागू गर्ने गराउनेका लागि दुबै महासंघले प्रकृया अगाडी बढाउने छ। यदि यसमा कुनै बाधा अड्चन देखा परेमा  दुबै महासंघले यो गलत र त्रुटियुक्त वितरण प्रणालीलाई त्यागेर विकल्प खोजेर अगाडि बढ्ने छ ।
देशभित्र व्यवसाय गर्ने सम्पूर्ण सुनचाँदी तथा रत्न आभूषण व्यवसायीहरुको सुनिश्चित र उज्ज्वल भविष्यको लागि अब दुबै महासंघले एकै शक्ति भई प्रभावकारी योजना मुताविक कार्यहरु गर्नुपर्ने आजको आवश्यकता भएको हुँदा उपरोक्त उद्देश्य हासिल गर्न सम्बन्धित सबै पक्षको साथ सहयोग आवश्यक भएकोले सोका लागि हार्दिक अनुरोध गर्दै आजको यस महत्वपूर्ण सभा तथा सम्मेलनलाई सफल बनाउनका लागि हाम्रो सविनय निमन्त्रणालाई सहर्ष स्वीकार गरी कार्यक्रमको शोभा बढाईदिनुहुन पाल्नुहुने प्रमुख अतिथिज्यू लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा फेरि पनि एक पटक स्वागत सम्मान गर्दै मेरो भनाई यहीँ बिसाउन चाहन्छु ।
स्वागतम् ∕ स्वागतम् ∕∕