Tel +977-1-4432270
5
Magh
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47585/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
47325/-

SILVER
per 10 grm

Nrs
686/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55500/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
55200/-

SILVER
per 1 tola

Nrs
800/-

started from 72-11-17 till 73-11/16
73.07.01 till 73.09.30
73/9/7 to 74/9/6

Recent News

Press Release

नेपाल सुनचाँदी व्यवसायी महासंघ दोस्रो बार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनको सौराहा घोषणा २०७१

Posted: 19 February, 2015



“गुणस्तरीय गरगहानाको सुनिश्चिता आम व्यवसायीको प्रतिवद्धता” भन्ने मूल नाराका साथ सौराहा, चितवन स्थित होटल सेभेन स्टारमा सपन्न दोस्रो बार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनबाट निम्न घोषणा भएको छ । 
१. सुनचाँदी व्यवसायलाई हाल बिकसित राष्ट्रिय, अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुसार समय सापेक्ष परिमार्जन
   गर्न एवं थप उपभोक्ता मैत्री तथा गुणस्तरका हिसाबले प्रतिस्पर्धी बनाउन नेपाल सरकारबाट आबश्यक
   मापदण्ड निर्देशिका जारी गर्ने काम धेरै बिलम्ब हुन गई व्यवसायमा अन्यौलताको स्थिति आएकोमा 
   यसलाई व्यवस्थित गर्न आवश्यक हुनाले नेपाल सुनचाँदी व्यवसायी महासंघबाट सुनचाँदी गरगहाना
   उत्पादन तथा बिक्री वितरण आचार संहिता २०७१ जारी गरी त्यसलाई पालना गर्ने गराउने प्रतिबद्धता 
   गर्दछ ।
२. यस महासंघ स्वच्छ सुनचाँदी व्यवसायको अवधारणा अगाडी सार्दै अवैध सुनचाँदी कारोवारलाई पूर्णतया
      निरुत्साहित गर्ने गराउने प्रतिवद्धता व्यक्त गर्दछ । साथै अवैध सुन चाँदी पैठारीको प्रबेश नाकामा पूर्ण 
      नियन्त्रण गर्ने नेपाल सरकारसंँग माग गर्दै यसको लागि आवश्यक सहयोग र सहकार्यको प्रतिबद्धता पनि 
      व्यक्त गर्दछ । 
३.  विगतको सुन वितरण प्रणालि अहिलेको स्थितिमा उपयुक्त नभएको हँुदा, अवकोलागि स्वच्छ तथा
         पारदर्शि गरी न्यायोचित ढंगले वितरण गर्नको लागि एकद्वार वितरण प्रणालि लागु गर्ने गराउँने
         कार्यमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । 
४. कमिसनको लोभमा परी व्यवसायीलाई सुनचाँदी एवं गरगहना एकठाउँबाट अर्कोठाउँमा लग्दा गरीराखेको 
       धरपकडलाई निरुत्साहित गरी स्वच्छ र निश्चिन्त व्यवसाय चलाउँने वातावरण सिर्जना गर्न राज्य 
       पक्षलाई ध्यानकर्शण गराउँदछ ।
५. सरकारले करको सवालमा कसिलो नीति बनाई अप्ठ्यारो पारेकोमा सरल नीति बनाई सबैलाई समेट्नु 
       पर्ने विषयमा सम्बन्धित निकाय संग परामर्स गर्ने । 
६. व्यवसायी हकहितका विषयमा सौराहा घोषणा लागु गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तरगतका  
       सबैले एकतावद्ध भई अघि बढ्ने प्रण गर्दछ ।      
नेपाल सुनचाँदी व्यवसायी महासंघ
दोस्रो बार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलन
२०७१÷११÷०२