Tel +977-1-4432270
29
Ashoj
2075
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
51440/-

TEJABI GOLD
per 10 grm

Nrs
51185/-

SILVER
per 10 grm

Nrs
643/-

FINE GOLD (9999)
per 1 tola

Nrs
60000/-

TEJABI GOLD
per 1 tola

Nrs
59700/-

SILVER
per 1 tola

Nrs
750/-

Notices:

Press Release

आपुर्ति मन्त्रि समक्ष सुझाव प्रस्तुत

Posted: 09 February, 2017



प्रेस विज्ञप्ति
 
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारको संयुक्त नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भेट गरी “बहुमूल्य गहनाको उत्पादन, कारोवार तथा अनुगमन निर्देशिका – २०७३ ” जारी गर्ने सम्वन्धमा तयार गरिएको सुझाव प्रतिवेदन प्रस्तुत ग¥यो ।
आपूर्ति मंत्रालयले उक्त निर्देशिकाको मस्यौदा तयार गरी सुझावको लागि महासंघहरुमा पठाएको थियो । मस्यौदा माथि मुलुकभरका गहना व्यवसायीहरुका संस्थागत प्रतिनिधिहरुको राय सुझाव समेत समावेश हुन सकोस् भन्ने अभिप्रायले २०७३ माघ १७ गते राजधानीमा राष्ट्रिय सम्मेलन आयोजन गरी सुझाव प्रतिवेदनलाई अन्तिम रुप दिई आज मंत्रालयमा प्रस्तुत गरिएको हो ।
मंत्रालयबाट प्राप्त मस्यौदा माथि दफावार रुपमा विश्लेषण गरी पुनर्लेखन, परिमार्जन, संशोधन सहितको सुझाव प्रतिवेदन प्रस्तुत गरियो । सुझावमा गुणस्तरको प्रत्याभूतिका लागि राज्य र निजी क्षेत्रको सह–लगानीमा हलमार्किङ्ग सेन्टरहरु स्थापना हुनु पर्नेमा जोड दिएको छ ।
आम उपभोक्ता, व्यावसायी एवं राज्य तीनै पक्षको हितलाई ध्यानमा राखी तयार गरिएको प्रतिवेदनमा मूल्य, नाप तौल, गुणस्तर आदिका साथै ज्याला, जर्ति, रसायन आदि विषयलाई स्पष्ट रुपमा परिभाषिक गरिएको छ । साथै अनुगमन कार्यमा गहना व्यवसायीहरुका प्रतिनिधि संघ महासंघहरु सहभागी गराउनु पर्ने सुझाव दिएको छ ।
सुनको अभावमा सधैं भरी समस्या सिर्जना हुने गरेकोले त्यसको दीगो समाधानका लागि माग र आपूर्तिको विश्लेषण गरी आवश्यकता अनुरुप आयात सहजिकरण हुनु पर्ने वा निजीक्षेत्रलाई पनि आयातको अवसर दिइनु पर्ने उल्लेख  गरिएको छ 
मुलुकको निर्यात, व्यापारमा आभुषण क्षेत्रले दिन सक्ने योगदानलाई मध्य नजर गर्दै निर्यात प्रयोजनका लागि सरल र सहज तरीकाले सुन उपलब्ध गराउने वा निर्यातकर्ता स्वयंले आपूmलाई आवश्यक पर्ने सुन आयात गर्न पाउनु पर्ने आदि कुराहरु उल्लेख गरिएको छ ।
उक्त सुझाव प्रतिवेदन ग्रहण गर्दै मंत्री वोहोराले व्यवसायीहरुको सुझाव लाई अध्ययन गरी अविलम्व निर्देशिका जारी गर्ने तयारी भइरहेको उल्लेख गर्नु भयो । साथै उहाँले आम उपभोक्ताको हितलाई सुरक्षित राख्दै गहना व्यवसायको प्रवद्र्धनका लागि सरकारले उचित ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
प्रतिनिधि मण्डलमा दुवै महासंघहरुका पदाधिकारीहरु समिलित हुनुहुन्थ्यो ।
 
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघबाट ः 
 
श्री रमेश महर्जन – अध्यक्ष, श्री रुद्र बहादुर बराईली– प्रथम उपाध्यक्ष, श्री नविन रत्न शाक्य– सचिव
नेपाल सुनचाँदी व्यवसायी महासंघबाट ः
 
श्री मोहन कुमार सुनार– अध्यक्ष, श्री मणि रत्न शाक्य– निवर्तमान अध्यक्ष,
श्री माणिक रत्न शाक्य–वरिष्ठ उपाध्यक्ष