Tel +977-1-4432270
8
Mansir
2074
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
48095/-

TEJABI GOLD
per 10 grm

Nrs
47840/-

SILVER
per 10 grm

Nrs
656/-

FINE GOLD (9999)
per 1 tola

Nrs
56100/-

TEJABI GOLD
per 1 tola

Nrs
55800/-

SILVER
per 1 tola

Nrs
765/-

73.11.01 till 74.10.30
73/9/7 to 74/9/6
started from 73-11-18 till 74-11-17

Notices:

Recent News

गर्वकासाथ व्यवसाय गरौं– सल्लाहकार समिति

Posted: 31 August, 2017



गर्वकासाथ व्यवसाय गरौं– सल्लाहकार समिति
गर्वकासाथ व्यवसाय गरौं– सल्लाहकार समिति 
फेनेगोसिडा÷काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको सल्लाहकार समितिको वैठकले गर्वकासाथ आफ्नो ब्यवसाय गर्न सम्वद्ध व्यवसायीहरुलाई सुझाएको छ । महासंघका अध्यष मोहन कुमार सुनारको अध्यक्षमा भदौ १४ गते बुधबार काठमाडौंमा भएको वैठकले आफ्नो काम जिम्मेवारी र इमान्दारिताकासाथ गर्दा कसैसँग झुक्न नपर्ने भन्दै आफ्नो तर्फवाट गल्ती कमजोरी हुन नदिन र विनाकारण कसैले दुःख दिए त्यस्तालाई कानूनी कठघरामा ल्याउन पछिपर्न नहुने सल्लाह दिएको छ । 
महासंघका सल्लाहकार एवं पुर्वमन्त्री प्रकाशमान सिंह श्रेष्ठले आफ्नो पेशा व्यवसायलाई दक्षताकासाथ अगाडि बढाउन सुझाव दिनुभयो । व्यवसायगर्नेक्रममा कुनै नीतिगत एवं कानूनी समस्या भए त्यसको समाधानकालागि आफूले सक्दोसहयोग गर्ने प्रतिवद्धतापनि उहाँले व्यक्त गर्नुभयो । 
अर्का सल्लाहकार एवं पुर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले स्वच्छ व्यवसाय प्रवद्र्धनमा सहयोगगर्न सम्पूर्ण सुनचाँदी व्यवसायीलाई आग्रह गर्दै त्यसकालागि आवश्यकपर्ने जस्तोसुकै सहयोगगर्न आफू तयार रहेको वताउनुभयो । व्यवसायको नाममा कसैले गल्ती काम गर्छ भने त्यस्तोलाई भने संरक्षणगर्नतर्फ लाग्न नहुने उहाँको भनाई छ । 
पुर्वमन्त्री एवं सल्लाहकार छविलाल विश्वकर्माले व्यवसायिहरु महासंघको संस्थागत हितमा लाग्नुपर्ने खाँचो औंल्याउँदै पदमा वस्नेहरुले काम गर्न सक्नु पर्ने नत्र पदवाटै राजिनामा दिनुपर्ने धारणा राख्नु भयो । 
अर्का सल्लाहकार एवं पुर्व मुख्य सचिव तिर्थमान शाक्यले कानूनी रुपमा वैध हुनेगरी आफ्नो पेशा ब्यवसाय सञ्चालन गर्नुपर्ने खाँचो औंल्याउँदै त्यसरी कामगर्दा कसैले प्रश्न उठाउन नसक्ने धारणा राख्नुभयो । आफैंले बैध काम गर्नसकीएन भने त्यसवेला अरुलाई दोष दिनुको अर्थ नहुने उहाँको सुझाव छ । 
महासंघका अर्का सल्लाहकार रणेन्द्र वराइलीले अन्तर्राष्ट्रियस्तरको कानून वनाएर लागुगर्दा धेरै व्यवसायी पलायन हुनुपर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउँदै कानूनको पछि दौडिन भन्दापनि सही तरिकाले व्यवसाय गर्न सुझाव दिनुभयो । त्यसक्रममा महासंघका कानुनी सल्लाहकार शिव रिजालले महासंघको कानूनी पक्षकाबारेमा प्रकाश पार्नुभएको थियो । 
त्यसअघि महासंघका अध्यक्ष सुनारले सुनचाँदी व्यवसायमा परेको समस्याका बारेमा सल्लाहरहरुलाई जानकराी गराउनुभएको थियो । त्यसक्रममा उहाँले खासिगरी सुनको आपूर्ति, शान्ति सुरक्षा, अनुगमन, मापदण्ड लगायतका बारेमा जानकारी गराउनुभयो । 
महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले पछिल्लो समयमा ब्यवसायीक अधिकार खोसिँदै गएको भन्दै त्यसको संरक्षणकालागि सवै व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने आबश्यकता औंल्याउनुभयो । उहाले सुनचाँदी व्यवसायलाई नकारात्मक दृष्टिले हेर्ने गरिएको उल्लेख गर्दै त्यस्तो अन्त्यकालागि व्यवसायीले आफूलाई सवल, सक्षम र इमान्दाररुपमा प्रश्तुत गर्न सक्नुपर्ने खाँचो औंल्याउनुभयो । 
वैठकमा महासंघका महासचिव धर्मसुन्दर वज्राचार्य तथा कोषाध्यक्ष महेन्द्ररत्न शाक्यले व्यवसायीका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, बिशिष्ट सदस्य तेजरत्न शाक्य तथा उपाध्यक्षहरु अर्जुन रसाइली, दीयेसरत्न शाक्य, विपेन्द्र रामुदामु, शिवकुमार सर्राफ, रामजी शाह, निर्मल विश्वकर्मा तथा सचिवहरु किरणभाई वज्राचार्य र सुदीप श्रेष्ठ एवं सह कोषाध्यक्ष किशन मास्के तथा प्रवक्ता मनोजकुमार शाह र सदस्य दुर्गावहादर सुनारले आ आफ्नो धारणा राख्नु भएको थियो ।