Tel +977-1-4432270
5
Bhadra
2075
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47840/-

TEJABI GOLD
per 10 grm

Nrs
47585/-

SILVER
per 10 grm

Nrs
617.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55800/-

TEJABI GOLD
per 1 tola

Nrs
55500/-

SILVER
per 1 tola

Nrs
720/-

Notices:

Recent News

नेपाल सुनचाँदी व्यवसायी महासंघको ७ औं पूर्ण बैठक भैरहवामा सम्पन्न, धनुषालाई महासंघको जिल्ला सदस्यता प्रदान

Posted: 28 December, 2017



नेपाल सुनचाँदी व्यवसायी महासंघको ७ औं पूर्ण बैठक भैरहवामा सम्पन्न, धनुषालाई महासंघको जिल्ला सदस्यता प्रदान
 
 
 
 
 
काठमाडौं
नेपाल सुनचाँदी व्यसायी महासंघको ७ औं पूर्ण वैठक भैरहवामा  सम्पन्न भएको छ । शुक्रवार र शनिवार गरी २ दिनसम्म सञ्चालन भएको सो, बैठकमा महासंघका विभिन्न पक्षमाथि छलफल तथा निर्णय भएको छ । महासंघले पहिलोपटक उपत्यका वाहिर गरेको सो वैठक रुपन्देही सुनचाँदी व्यवसायी संघको आतिथ्यतामा सम्पन्न भएको हो । वैठकमा महासंघका विभिन्न समितिहरका तर्फवाट प्रश्तुत गरिएका प्रतिवेदनहरु पारित भएको छ । बैठकले धनुषालाई महासंघको जिल्ला सदस्यता प्रदान गरेको छ । महासंघका अध्यक्ष मोहन कुमार सुनारको अध्यक्षतामा सम्पन्न बैठकमा यसअघि मनोनयन भएका पदाधिकारी लगायत कार्यसमिति सदस्यहरुको पद तथा गोपयिताको सपथ ग्रहण सम्पन्न भएको छ । बैठकले महासंघको वार्षिक साधारणसभा आगामी चैतको दोस्रो साता गर्ने निर्णयपनि गरेको छ । सभाको मिति भने कार्यसमितिले तोक्ने छ । यसैगरी वैठकले महासंघका सल्लाहकारहरु प्रतिनिधीसभामा निवार्बा्चित हुनु भएकोमा उहाँहरुको सम्मान तथा बधाई कार्यक्रम आयोजना गर्ने भएको छ । यस्तै सुन वितरण प्रणालीमा परिमार्जन गर्दै उपत्यका र जिल्लामा ५०-५० प्रतिशत वितरणगर्नकालागि नीतिगत ब्यवस्थागर्न राष्ट वैंकमा अनुरोधगर्ने निर्णयपनि वैठकले गरेको छ । बैठकमा उपाध्यक्षहरु अर्जुन रसाइली, विपिन रामुदामु, मोहककाजी शाक्य, दीयररत्न शाक्य, महासचिव धर्मशुन्दर वज्रचाय, कोषाध्यक्ष महेन्द्ररत्न शाक्य लगायतले आ आफ्नो समितिको प्रतिवेदन पेश गरेको प्रवक्ता मनोज कुमार शाहले वताउनुभयो ।  बैठकमा वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । वैठक आयोजना गरेकोमा रुपन्देही संघलाई बिशेष धधन्यवाद दिइएको प्रवक्ता शाहले  वताउनुभयो । 
महासंघका अध्यक्ष मोहन कुमार सुनारको अध्यक्षतामा भएको सो वैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, निवर्तमान अध्यक्ष, सवै उपाध्यक्षहरु महासचिव, कोषध्यक्ष, सचिवहरु, सहकोषाध्यक्ष लगायतका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।