Tel +977-1-4432270
10
Falgun
2075
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
53670/-

TEJABI GOLD
per 10 grm

Nrs
53415/-

SILVER
per 10 grm

Nrs
664.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
62600/-

TEJABI GOLD
per 1 tola

Nrs
62300/-

SILVER
per 1 tola

Nrs
775/-

Notices:

Recent News

सुनचाँदी महासंघका तीन सल्लाहकार प्रतिनिधि सभामा निर्वाचित

Posted: 28 December, 2017



सुनचाँदी महासंघका तीन सल्लाहकार प्रतिनिधि सभामा निर्वाचित
 
 
काठमाण्डौं । गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका नतिजाहरु सार्वजनिक भइरहेको बेला सुनचाँदी महासंघका सल्लाहकारहरु प्रतिनिधि सभा निर्वाचनमा विभिन्न स्थानबाट निर्वा्िचत भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका सल्लाहकारहरु प्रतिनिधि सभा निर्वाचनबाट रुपन्देही क्षेत्र नं १ बाट एमालेका स्थायी कमिटि सदस्य एवं पूर्व कृषी मन्त्री छविलाल विश्वकर्मा, काठमाण्डौं क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, काठमाण्डौं क्षेत्र नं ९बाट एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ भारी मतान्तरका साथ विजयी भएका छन् ।
एमालेका स्थायी कमिटि सदस्य एवं पूर्व कृषी मन्त्री छविलाल विश्वकर्माले रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट ७ हजार ८ सय ६७ मतान्तरले विजयी भएका हुन् । उनले ३४ हजार ७ सय ५२ मत ल्याउदाँ कांग्रेसका नेता अब्दुल रजाकले २६ हजार ८ सय ८५ प्राप्त गरेका थिए । काठमाण्डौं निर्वाचन क्षेत्र नं १ बाट कांग्रेसका प्रकाशमान सिंहले ८ सय १८ मतान्तरले विवेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले १० हजार ९ सय ३६ मत ल्याउदाँ मिश्रले १० हजार १ सय १८ मत ल्याएका हुन् । एमालेका नेता कृष्ण गोपाल श्रेष्ठले काठमाण्डौं निर्वाचन क्षेत्र नं ९ बाट कांग्रेसका नेता ध्यान गोविन्द रंजितलाई ८ हजार ५० मतले पराजित गरेका हुन् । श्रेष्ठले २२ हजार ८ सय ५२ मत पाउदाँ रंजितले १४ हजार ८ सय २ मत ल्याएका थिए ।
अन्य विभिन्न कानूनहरुसंगसंगै सुनचाँदी व्यवसायीका लागि आवश्यक कानूनहरु निर्माणको क्रममा रहेका छन् । सुनचाँदी व्यवसायीलाई सम्बोधन गर्ने विषयवस्तु देशको प्रमुख कानून देवानीसंहितामा सुनचाँदी व्यवसायीहरुले भोग्दै आइरहेका चोरीको समस्या समावेश भएको छ । लामो समयदेखी थाति रहेको सुनचाँदी निर्दे्िशका पनि जारी हुने क्रममा रहेको छ । सुनचाँदी सम्बन्धी विभिन्न व्यवस्थाहरु निर्माणको क्रममा रहिरहेको बेला सुनचाँदी व्यवसायीका सल्लाहकारहरु प्रतिनिधि सभामा पुग्नु ले अव सुनचाँदीको गरगहना निमार्णका लागि आवश्यक ऐन कानूनको निमार्ण भएर निर्वाध रुपमा सुनचाँदी गहना व्यवसायको संचालन गर्न सकिने अवस्था आउन सक्नेमा सुनचाँदी व्यवसायीहरु आशावादी रहेका छन् ।
यस अवस्था सहि मूल्यांकन गरेर महासंघले सुनचाँदी व्यवसायीहरुका लागि आवश्यक पर्ने नीति नियमका विषयमा सल्लाहकारहरुसंग अन्तरक्रिया गरि संसदसम्म सहजरुपमा पुर्याएर आवश्यक ऐन निर्माण गर्न पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।