लाहान घटनाको छानविनगर्न माग गर्दै मु्ख्यमन्त्री राउतसमक्ष ज्ञापनपत्र प्रश्तुत
Posted: 25 March, 2018

लाहान घटनाको छानविनगर्न माग गर्दै मु्ख्यमन्त्री राउतसमक्ष ज्ञापनपत्र प्रश्तुत
लाहान ।
सुनचाँदी सुनचाँदी पसलमा वम विस्फोट गराएको बिषयमा छानविनगरी दोषिलाई कारावाहीको मागगर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालवावु राउत समक्ष ज्ञापनपत्र प्रश्तुत गरिएको छ । लाहान उद्योग वाणिज्य संघका सुनिल महतो तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका तर्फवाट प्रवक्ता मनोजकुमार शाह लगायतका उद्यमी व्यवसायीको प्रतिनिधीमण्डलले आइतबार मुख्यमन्त्री समक्ष ज्ञापनपत्र प्रश्तुत गरेको हो ।
त्यसक्रममा नेपाल उद्योग वाणिज्य महासंघको २ नम्वर प्रदेश प्रमूख शिवशंकर (हिरा) शाह, जनकपुर अध्यक्ष ललित शाह, जनकपुरका पुर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य निर्मल चौधरी तथा पिडित ब्यवसायी विकास सारडा लगायतको उपस्थिति थियो ।
ब्यवसायिहरुका तर्फवाट ज्ञापनपत्र वुझाउनेक्रममा मुख्यमन्त्री शाहका अतिरिक्त गृहमन्त्री ज्ञानेन्द्र यादव तथा महान्यायाधिवक्ता दिपेन्द्र झा को पनि सहसभागिता थियो । ज्ञापनपत्र वुझेपश्चात मुख्यमन्त्री राउत तथा गृहमन्त्री यादवले छानविन समिति वनाएर दोषिमाथि कडा कारवाही गर्ने प्रतिवद्धता जनाए ।