Tel +977-1-4432270
13
Baisakh
2076
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
51270/-

TEJABI GOLD
per 10 grm

Nrs
51015/-

SILVER
per 10 grm

Nrs
626/-

FINE GOLD (9999)
per 1 tola

Nrs
59800/-

TEJABI GOLD
per 1 tola

Nrs
59500/-

SILVER
per 1 tola

Nrs
730/-

Notices:

Recent News

नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रदेश नम्वर १ स्तरीय सचेतना कार्यक्रम सम्पन्न

Posted: 03 June, 2018



नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रदेश नम्वर १ स्तरीय सचेतना कार्यक्रम सम्पन्न
 
 
काठमाडौं-
नेपाल सुनचाँदली व्यवासयी महासंघको प्रदेश नम्वर १ स्तरीय सचेतना कार्यक्रम शनिवार सुनसरीमा सम्पन्न भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रमको प्रमूख अतिथि प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की थिए । उनले आफ्नो कार्यकालभित्र प्रदेश नम्वर १ मा सुनचाँदी सम्वन्धी नीतिगत ब्यवस्थागर्नुृका साथै ब्यवसायीकालागि आवश्यक पर्ने जुनसुकै सहयोग गर्ने प्रतिवपद्धता जनाए । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । 
त्यसक्रममा नेपाल सुनचाँद्यी ब्यवसायी महासंघका उपाध्यक्ष तथा प्रदेश नम्वर १ का संयोजक मोहनकाजी शाक्यले प्रदेश स्तरीय सचेतना तालिक र यसको महत्वको वारेमा प्रकाह पारेका थिए । महासंघका प्रवक्ता मनोज कुमार शाहका अनुसार विभिन्न सत्रमा सम्पन्न सो कार्यक्रमको पहिलो सत्रि महास.घका अध्यक्ष सुनारको अध्यक्षतमा सम्पन्न भएको थियो भने दोस्रो ुसत्रमा महासंघका कानुनी सल्लाहकार शिव रिजालले कानून पक्षवारे प्रकाश पारेका थिए । त्यसैग्री महासंघका उपाध्यक्ष दियसरत्न शाक्यले सुनचाँदीको गुणस्तर तथा अनुगमन सम्वन्धमा प्रकाश पारेका थिए । यस्तै राजस्व तथा लेखाका बारेमा रमेस पियाले प्रकाश पारेका थिए । 
 महासंघका महासचिव धर्मशुन्दर वज्राचार्यले कार्यक्रम निकै उपलब्धमिूलक भएको भन्दै ब्यवसायीहरुले यस्तो कार्यक्रम समय समयमा आयोजना गर्नै समेत माग गरेको बताए । कर्यक्रममा महासंघका विभिन्न पदाधिकारी तथा प्रदेश नम्वर १ का १ सय ५० भन्दा बढी ब्यवसायीहरुको सहभागिता थियो ।