Tel +977-1-4432270
29
Ashoj
2075
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
51440/-

TEJABI GOLD
per 10 grm

Nrs
51185/-

SILVER
per 10 grm

Nrs
643/-

FINE GOLD (9999)
per 1 tola

Nrs
60000/-

TEJABI GOLD
per 1 tola

Nrs
59700/-

SILVER
per 1 tola

Nrs
750/-

Notices:

Recent News

सल्लाहकार समिति बैठक सम्पन्न, प्रष्ट कार्य योजनाकासाथ अगाडि बढ्न निर्देशन

Posted: 08 October, 2018



सल्लाहकार समिति बैठक सम्पन्न, प्रष्ट कार्य योजनाकासाथ अगाडि बढ्न निर्देशन
 
काठमाडौं-
नेपाल सुनचाँदी व्यवसायी महासंघको सल्लाहकार समितिको वैठक असोज १८ गते विहिबार काठमाडौंको होटल एल्लो पगोडामा सम्पन्न भएको छ । महासंघका अध्यक्ष मोहन कुमार सुनारको अध्यक्षतामा सम्पन्न सो बैठकमा सल्लाहकार समितिका सदस्य तथा महासंघका पदाधिकारीहरुले महासंघको विद्यमान अखवस्था र आगामी दिनमा महासंघले चाल्नुपर्ने कदमका बारेमा प्रकाश पारेका थिए । 
महासंघका सल्लाहकार एवं पुर्वमन्त्री प्रकाशमान सिंह श्रेष्ठले ब्यवसायीका मागहरुको राज्इले सम्वोधन गर्नुपर्ने खाँचो औंल्याउनुभयो  । उहाँले सुन आपूर्तिको बढाउने निणृइ गर्ने तर त्यसलाई कार्यान्वयन नगर्ने, जुन मात्रामा ब्वसायीको संख्इा बढेको छ त्यही मात्रामा सुन आपूर्ति नर्गे जस्ता परिपार्टी गलत भएको बताउनुभयो  । सुनचाँदी ब्यवसायकालागि आवश्यक निर्देशिका निर्मणकालागि राज्इ संयन्त्रलाई घच्घच्याउनुपर्ने र त्यसकालागि आवश्यकपरे सहयोगगर्न आफुहरुपनि तयार रहेको उहाँले बताउनुभयो । सुनचाँदी क्षेत्रमा देखिएका समस्या हेर्दा सामन्इ लागेपनि सम्वनिधत ब्यवसायीकालागि गहन भएको उनको भनाई छ । 
महासंघका सल्लाहकार एवं सांसद कृष्णगोपाल श्रेष्ठले ब्यवसायीलाई परेको समस्या समाधानकलाािग आफुहरुले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । ब्यवसायीकातर्फवाट पनि सम्वनिधत क्षेत्रमा ब्यक्तिसँग पर्याप्त लविङ हुनुपर्नेमा त्यस्तो हुन नसकेको उहाँको तर्क छ । सुनचाँदी ब्यवसायी महासंघ आफैंमा एउटा शक्ति भएकोले उसले आफ्नो शक्तिलाइृ तयसै अनुसासन प्रश्तुत गर्न स्क्नुपर्ने र आफ्नो लेवल अनुसार सोही स्तरमा वार्ता तथा आवश्यक परामशर्ह गर्न सक्नुपर्ने खाँचो उहाँले औंल्याउनुभयो । 
महासंघका सल्लाहकार एवं पुर्व मुख्यसचिव तिर्थमान शाक्यले ब्यवसायीलाई परेका अप्ठ्यारा के हुन् र तीनको समाधान कसरी संभव छ त्यो पहिला वाहिर आसनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सामान्इ समस्याहरुलाई वाहिर ल्याउने र प्रष्टरुपमा आफ्ना माग अगाडि सार्न नसक्दा समस्या समाधानमा अप्ठ्यारो पर्ने भएकोले समस्या के हो त्यसलाई प्रष्टरुपमा वाहिर ल्याई अनीमात्र समाधानको उपाय खोजीगर्नुपर्ने सुझाव उहाँले दिनुभयो । ब्यवसायीवीच एकमत नहुँदापनि ब्यवसायमा समस्या पर्ने गरेको उल्लेख गर्दै उहाँले सर्वप्रथम ब्यवसायीक एकताको खाँचो पनि औंल्याउनुभयो । एउटै छाता मुनीका ब्यक्तिहरुवाट एउटै खालको आवाज आउनुपर्ने भन्दै उहाँले त्यसकालागि एकजुट भएर लाग्नुपर्ने सुझाव दिनुभयो  । संस्थाको भन्दा ब्यीक्तको हितलाई बढी धयन दिने गरिएकोले उकै किसिमका संस्थाहरु आपसम ाउक हुन नसकेका उहाँले बताउनुभयो  । निजी स्वार्थकालागि कुनैपनि संस्था एकिकरण गर्न नुहने भन्दै उहाँले भन्नुभयो संस्थागत स्वार्थ भएमात्र यस्ताकुराले र्मूरुप प्राप्त गर्दछन्  । 
महासंघका अर्का सल्लाहकार रत्नकमल वैद्यले ब्यवसायीको समस्या ब्इवसायी स्वयंलाई थाहा हुने हुनाले त्यसको पहिचान र समाधानकालागि पहलपनि ब्यवसायीभित्रैवाट हुनुपर्ने खाँचो औंल्याउनुभयो । ब्यवसायीलाई के कस्या परेको हो त्यसलाई वाहिर ल्याउने र समाधानकालागि पहल गर्ने प्रयास गर्नुपर्ने उहाँको भनाई छ । समस्या समाधानकालागि कसहयो सहयोग चाहिन्छ त्यसैलाई घच्घच्याउनपनि पछिपर्न नुहने उहाँले बताउनुभयो । 
बैठकमा ममहासंघका अध्यक्ष सुनारले समयमा सुनचाँदी कारोवार सम्वनधी निर्देशिका वन्न नसक्दा ब्यवसायीलाई अप्ठ्यारो परेको बताउनुभयो । अनुगमनको नाममा ब्यवसायीलाई दुःख दिने, धरपकड गर्ने, थुनछेकगर्ने जस्ता कार्यले ब्यवसायीलाई हतोत्साही वनाएको भन्दै उहाँले त्यस्ता कार्य ततकाल रोकिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।  २०७२ को राष्ट्रिय भेलावाट प्राप्त सुझावव अनुसार अझैसम्मपनि काम हुन नसकेको भन्दै त्यसको सफल कार्यान्वयनकालागि सवैको साभाm पहल आवश्इक रहेको उहाँले बताउनुभयो । 
महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले सुन आपूतिृको समस्या रहेको भन्दै त्यसमा शुधार गर्न आवश्इक रहेको बताउनुभयो । पुरानै ब्यवस्था ओजिवयल अन्तगृत सुन आपूर्तिको वाटो खुल्ला हुनुपर्ने माग गर्दै उहाँले त्यसो हुन नसकेसम्म अहिलेजस्तै सिण्डिकेटकोशैलीमा सुन आयात भैरहेको उहााको भनाई छ । यथासिघ्र सुनचाँदी व्यवासय ऐन ल्याउने, कालीगढको  क्षेत्रमा देखिएको समस्या समाधान गर्ने, जुन मात्रामा सुनचाँदीको ब्यवसाय वढेको छ त्यही मात्रामा आपूर्ति बढाउन पहल गर्ने जस्ता कुरामा उहाँले जोड लिदनुभयो । नेपाल सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभुषण ब्यवसायी महासंघवीचको एकिकरण प्रकृयाकालागिपनि गंभिर छलफल आवश्यक रहेको धारणा उहाँले व्यक्त गर्नुभयो । 
महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले महासंघले ब्यवसायीको हितकालागि कामगर्न पछिहट्न नहुने वताउनुभयो   । सवै मिलेर गरे जस्तो सुकै अप्ठ्यारो कामपनि सहजै गर्न सकीने उहाँको तर्क छ । 
महासंघका बिशिष्ट सदस्य तेजरत्न शाक्यले ब्यवसायीहरुमा असुविधा बढेको उल्लेख गर्दै त्यसको समाधानकालागि सवैले आफूले गर्न सक्ने कामगर्नवाट पछिहट्न नहुने तर्क गर्नुभयो । उहाँले २०६७ सालमा मुलुकको शोधनान्तर स्थिति कमजोर भएकावेला सुनको आयातमा कोटा प्रणाली लगाइएको तर अहिले शोधनान्तर अवस्था मजवुत हुँदापनि पुर्ववत् ब्यवस्थालाई कायमै राखिएकोमा असन्तुष्टि ब्यक्त गर्नुभयो । 
महासंघका उपाध्यक्ष मोहनकाजी शाक्यले सुनका गरगहना बन्दकी राख्ने ब्यवस्था नहुँदा ब्इवासयीलाई अप्ठ्यारो परेको भन्दै त्यसकालागि आवश्यक कानुनी ब्यवस्था मिलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो  । 
महासंघका कानुनी सल्लाहकार शिव रिजालले महासंघका आपूर्ति, कानूनी, शान्ति सुरक्षा र कार्ययोजनागरी चार किसिमका समस्या देखिएको भन्दै तीनीहरुलाई प्रष्ट योजना बनाएर समिाधानगर्नुपर्ने खाँचो औंल्याउनुभयो । प्रष्ट योजनाकासाथ अगाढि बढे सहजै समस्या समाधानगर्न सकीने तर्क गर्दै उहाँले समस्या समाधानकालागि महासंघभित्रवाट नै कार्ययोजना वनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । 
महासंघका महासचिव धर्मशुन्दर बज्रचार्यले सो कायृक्रम सञ्चालन गर्नुभएको थियो । त्यसक्रममा महासंघका उपाध्यक्षहरु अर्जुन रसाइली, विपिन रामुदामु, मोहनकाजी शाक्य, रामजी शाह, कोषध्यक्ष महेन्द्ररत्न शाक्य, सचिव किरणभाई वज्राचार्य र सुदिप श्रेष्ठ, सहकोषाध्यक्ष किसन मास्के लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।