Tel +977-1-4432270
10
Chaitra
2076
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
66015/-

TEJABI GOLD
per 10 grm

Nrs
65760/-

SILVER
per 10 grm

Nrs
617.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
77000/-

TEJABI GOLD
per 1 tola

Nrs
76700/-

SILVER
per 1 tola

Nrs
720/-

Notices:

Recent News

कोरोना भाइसर नियन्त्रणकालागि सरकारले ल्याएको नीतिको महासंघद्धारा स्वागत

Posted: 24 March, 2020



कोरोना भाइसर नियन्त्रणकालागि सरकारले ल्याएको नीतिको महासंघद्धारा स्वागत
 
 
 
काठमाडौं-
नेपाल सुनचाँदी व्यवसायी महासंघले कोरोना भाइसर नियन्त्रणकालागि सरकारले ल्याएको नीतिलाई समर्थन गर्दै सुनचाँदी व्यवसाय स्वेच्छिक बन्द गर्ने निर्णय गरेको छ । महासंघका अध्यक्ष मोहन कुमार सुनारको अध्यक्षतामा शनबार सचिवालयमा बसेको पदाधिकारी बैठककोे विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९ऋयखयम(ज्ञढ०  का कारण त्यसको रोकथाम र नियन्त्रणकालागि सरकारले ल्याएको नीतिलाई समर्थन गर्दै सुनचाँदी व्यवसाय स्वच्छिक बन्दगरी सुरक्षितगर्न अनुरोध गरिएको महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो ।
 
बिश्वनै अप्ठ्यारो अवस्थामा परेका वेला सवै एकभई अगाडी बढ्न महासंघकातर्फवाट सरकारलाई सहयोग पुर्याउने निर्णय भएको उपाध्यक्ष अर्जुन रसाएलीले बताउनुभयो । उपाध्यक्ष अर्जुन रसाएलीले बतायनुभयो ।
 
 
 
 
महासचिव धर्मशुन्दर बज्राचार्यका अनुसार चैत ९ गते देखि २१ गतेसम्म नेपाल सरकारले रोग नियन्त्रणका लागी अपनाएको बन्द अभियान र सम्पुर्ण व्यवसायीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले ल्याएको नीति र कार्यक्रमलाई साथ र समर्थन गर्ने निर्णय भएको हो । यस किसिमको बिषम परिस्थितिमा पनि सुनचाँदीको दैनिक दरभाउ र सुन सिफारिस भने निरन्तर रहने महासंघका प्रवक्ता मनोजकुमार शाहले बताउनुभयो ।
 
 
यस किसिमको बिषम अवस्थामा आफूलाई संयमित राखी अत्यावश्यक काममा बाहेक घर वाहिर ननिस्कन, घवरपरको ससmाइमा बिशेष ध्यान दिन र संभावित जोखिमलाई ध्यानमा राखी बिशेष सकर्तता अपनाउन पनि महासंघले आग्रह गरेको छ । साथै यस्तो अवस्थामा देशमा आइपर्ने जुनसुकै समसयामा महासंले आफ्नो तर्फवाट सक्दो आर्थिक तथा प्राविधिक सहयोगगर्ने प्रतिवद्धतापनि जाहेर गरेको छ ।