Tel +977-1-4532270
13
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
116425/-

TEJABI GOLD
per 10 grm

Nrs
115865/-

SILVER
per 10 grm

Nrs
1419/-

FINE GOLD (9999)
per 1 tola

रु
135800

TEJABI GOLD
per 1 tola

रु
135150

SILVER
per 1 tola

रु
1655

Notices:

Recent News

जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन

Posted: 15 February, 2021



जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन
काठमाडौं-
सुनचाँदी ब्यवसायको प्रवद्र्धन गर्ने प्रमूख उद्धेश्य लिएर स्थापना भएको जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन भएको छ । झण्डै चार बर्ष निश्कृय रहेको काउन्सिललाई हालै सक्रिय गराइएको हो । 
नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघद्धारा संयुक्तरुपमा काउन्सिलको गठन गरिएको हो । काउन्सिलमा यी तीनैवटा संस्था सदस्य छन् । 
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यका अनुसार काउन्सिलले यी तीनैवटा संस्थाको छाता संस्थाकारुपमा कार्य गर्ने छ । यसको नेतृत्व चक्रिय प्रणाली अनुरुप हुने सहमति तीन महासंघवीच भएको छ । तत्कालकालागि रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन यसको संयोजक तोकिनु भएको छ । एक बर्ष पश्चात नेतृत्व नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सम्हाल्नुहुने छ । त्यस पश्चात हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले सम्हाल्ने सहमति भएको छ । 
यो संस्थाको सक्रियता सँगै सुन तथा चाँदीको गरगहना र तीनको कारोबार, आपूर्ति एवं निर्यात प्रवद्र्धनका क्षेत्रमा कार्य हुनेछ ।