Tel +977-1-4432270
7
Magh
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47325/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
47070/-

SILVER
per 10 grm

Nrs
681.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55200/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
54900/-

SILVER
per 1 tola

Nrs
795/-

73/9/7 to 74/9/6
started from 72-11-17 till 73-11/16
73.07.01 till 73.09.30

Recent News

Recent News

सुनचाँदी व्यवसाय विकासमा नयाँ नीति आवस्यक

Posted: 12 March, 2014



 सुनचाँदी व्यवसाय विकासमा नयाँ नीति आवस्यक


सुनचाँदी व्यवसाय विकासमा नयाँ नीति आवस्यक
काठमाडौं
    सुनचाँदी व्यवसायीले यो व्यवसायको विकासकालागि उपयुक्त मापदण्ड सहितको नयाँ नीति आवस्यक भएको वताएका छन् । वहुमुल्य गरगहना व्यवसायको पर््रवर्द्धनकालागि व्यवसायीले नयाँ नीतिको आवस्यकता औंल्याएका हुन् ।
    'नेपाल अन्तराष्ट्रिय व्यापार मेला-२०१४' को अवसरमा काठमाडौंको होटल याक एण्ड यतिमा आयोजनाभएको 'जेम्स एण्ड ज्वलरी शो' काक्रममा आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरूले व्यवसायीक विकासकालागि सरकार र निजी क्षेत्र मिलेल प्रष्ट र पभावकारी नीति वनाउनुपर्ने माग गरेका हुन् ।    'नेपालमा वहुमुल्य गहनाको सम्भाब्यता तथा यस क्षेत्रका समस्या' बिषयमा उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले मुलुकको अर्थतन्त्रमा सुनचाँदीको क्षेत्रवाट ठूलो योगदान रहेको भएपनि प्रभावकारी नीति वन्न नसक्दा यो क्षेत्रमा धरासायी हने अवस्थामा पुगेको वताउनुभयो ।
    उक्त कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले सरकारले विना आधार र विना मापदण्ड अन्तराष्ट्रिय प्रचलनको समेत ख्यालनगरी अनुगमनकानाममा व्यवसायीलाई अनावयक दुखः दिने कार्य गरेको वताउनुभयो । निर्दोष व्यापारिलाइ फौजदारी अभियोगलागेका अपराधिलाई जस्तो व्यवहार सरकारी पक्षवाट भएको भन्दै उहाँले त्यस्ता गतिविधीको तत्काल अन्त्यगर्न जोडदार माग समेत गर्नुभयो ।
    बजारको मागअनुसार सुनचाँदीको आपर्ूर्ति हुन नसकेका कारण तस्करी तथा कालोबजारी भइरहेको नेपाल सुन चाँदी, रत्न तथा आभुषण महासंघका अध्यक्ष मनिषलाल प्रधानको भनाई छ । वि.स. २०६६ मा सरकारले खुला बजारमा सुनको बिक्री बन्द गरेपछि त्यसयता सुनचाँदी व्यवसायीले बैंकबाट सुनचाँदी किन्दै आएका छन् । हाल नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई दैनिक २० किलोग्राम सुन बिक्री गर्ने अधिकार दिएको छ । तर, उक्त सुन बजारको मागभन्दा आधा भएको व्यवसायीहरु बतााँछन् ।
    महासंघका अध्यक्ष शाक्यका अनुसार नेपालमा कवि १५ हजार सुनचाँदी व्यवसायी छन् । सुनचाँदी तथा वहुमुल्य पत्थर व्यवसायमा मात्रै झण्डै ४० देखि ५० अर्बको लगानी छ । यस क्षेत्रवाट प्रत्येक्ष तथा अप्रत्यक्षरूपमा वाषिर्क ६ अर्ब राजस्व समेत उठ्दै आएको छ । सुनचाँदी व्यवसायमा कायम गरिएको कोटा प्रणालीको अन्त्य भएमा राजस्वमा अझै वृद्धि हुने व्यवसायीहरू वताउँछन् । कोटा प्रणालीले यो व्यवसायलाई नै धरासायी वनाएको व्यवसायीहरूको भनाई छ ।
नेपालमा नै सामुहिकरूपमा पहिलो पटक जेम्स एण्ड ज्वेलरी शो भएको हो । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा नेपाल सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभुषण संघ र नेपाल हस्तकला महासंको सहयोगमा यो शो भएको हो ।
    काठमाडौंको दरवारमार्ग स्थित होटल याक एण्ड यतिमा फागुन २३ देखि २५ सम्म सञ्चालन भएको शोेमा मुलुकका विभिन्न भागका सुनचाँदीको गरगहना व्यवसायी तथा यसका पारखीको सहभागिता रहेको थियो । शोे आयोजक संस्थामध्यको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष तथा महासंघका तर्फाट शो आयोजक समितिका संयोजक ज्ञानुराज शाक्यले सुनचाँदीका गरगहना तथा तीनका विभिन्न पक्षको वारेमा जानकारी गराउन हो सफल भएको वताउनुभयो । उहाँका अनुसार शोेमा विभिन्न ३६ वटा स्टल रहेका थिए ।