Tel +977-1-4432270
5
Magh
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47585/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
47325/-

SILVER
per 10 grm

Nrs
686/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55500/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
55200/-

SILVER
per 1 tola

Nrs
800/-

started from 72-11-17 till 73-11/16
73/9/7 to 74/9/6
73.07.01 till 73.09.30

Recent News

Recent News

Budget News

Posted: 19 July, 2015



Budget News
बजेट स्वागत योग्यः सुनचाँदी ब्यवसायी महासंघ
काठमाडौ, ३ साउन ।
निजी क्षेत्रका सुनचाँदी ब्यवसायीहरुको प्रतिनिधिमूलक संस्थाका रुपमा रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले सरकारले हालै सार्वजनिक गरेको आर्थिक बर्ष २०७२÷७३ को बजेटको स्वागत गरेको छ । महासंघले आइतवार प्रेस विज्ञप्ती जारी गर्दै बजेटले सुनचाँदी ब्यवासायीका तर्फवाट उठाइएका मागहरुलाई सम्वोधन गरेको र यसले यस क्षेत्रमा देखिएका विकृतिको अन्त्यगर्नमा सहयोग पुग्ने मार्ग प्रशस्त भएको भन्दै बजेट स्वागत योग्य भएको ठहर गरेको हो । 
महासंघका अध्यक्ष मणिरत्न शाक्यद्धारा जारी विज्ञप्तिमा यसपटकको बजेटले निजी क्षेत्रका उद्यमी ब्यवसायीको भावना वुझ्ने पहल गरेको भन्दै महासंघका तर्फवाट यसको स्वागत गरिएको छ । बजेटले लिएको नीतिवाट अवैधरुपमा भइरहेको सुनको तस्करीलाई निरुत्साही गर्दै वैध आयातलाई प्रोत्साहनगरी राज्यको राजस्व वृद्धि गर्नुकासाथै ब्यवसायीलाई अवैध सुनवाट पूर्णतया मुक्तगरी बजारलाई स्वच्छ र पारदर्शी वनाउनकालागि सहयोग पुग्ने ब्यवस्था भएको उहाँले वताउनुभयो । 
नेपाली बजारलाई चाहिनेभन्दा निकै बढी चाँदीको आयात भैरहेको र त्यसले गर्दा अप्रत्यक्षरुपमा विदेशी मुद्राको दुरुपयोग भइरहेको हुँदा चाँदीको अत्याधिक आयातलाई न्युनिकरणगर्ने र राज्यकोषमा राजस्व वृद्धिगर्ने हेतुलेपनि चाँदीमा लाग्दै आएको भन्सार वृद्धिगर्न आवश्यक थियो । यस्तै तयारी गरगहनाको हकमा यसअघि कच्चा सुनमा भन्दा कम भन्सारदर भएकाकारण तयारी गरगहना प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अत्याधिक आयात हुनेगरेको थियो । त्यसलाई न्युनिकरणगर्न नयाँ ब्यवस्थाले सहयोग पुग्ने देखिन्छ ।   
चालु आर्थिक बर्षको बजेटले सुनमा प्रति १० ग्राम चार हजार दुई सय रुपैयाँ कायमगरी राजस्व दर घटाएको र चाँदीमा प्रति १० ग्राममा पनि १० रुपैयाँ वृद्धिगरी  छपन्न रुपैयाँ भन्सार महशुलको नयाँ ब्यवस्था गरेको छ । यसैगरी सुनका तयारी गरगहनामा १० प्रतिशतवाट वृद्धिगरी १५ प्रतिशत भन्सार लाग्ने ब्यवस्था बजेटमा गरिएको छ । यसअघि प्रति १० ग्राम सुनमा पाँच हजार दुई सय र चाँदीमा ४६ रुपैयाँ भन्सार लाग्ने गरेको थियो ।