Tel +977-1-4432270
27
Mansir
2074
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
46385/-

TEJABI GOLD
per 10 grm

Nrs
46130/-

SILVER
per 10 grm

Nrs
613/-

FINE GOLD (9999)
per 1 tola

Nrs
54100/-

TEJABI GOLD
per 1 tola

Nrs
53800/-

SILVER
per 1 tola

Nrs
715/-

started from 73-11-18 till 74-11-17
73/9/7 to 74/9/6
73.11.01 till 74.10.30

Notices:

Recent News

वृहत अन्तरक्रिया कार्यक्रम

Posted: 01 February, 2016



वृहत अन्तरक्रिया कार्यक्रम
आपूर्ति ब्यवस्था प्रभावकारी बजाउन आग्रह
काठमाडौ, १७ माघ
आपूर्ति ब्यवस्थालाई प्रभावकारी सुनचाँदी व्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन् । बजारमा भएको मागको तुलनामा अत्यन्तै कममात्रै आपूर्ति हुँदा कालोबजारीलाई समेत प्रोत्साहन मिल्न पुगेको भन्दै उनहिरुले माग अनुसार आपूर्ति व्यवस्था मिलाउनुपर्ने आवश्यकता औंल्याएका हुन् । 
‘सुनचाँदी आपूर्ति व्यवस्था, नेपाली हस्तकला तथा सुनचाँदी गरगहनाको निर्यात प्रवद्र्धन, रोजगारी तथा राजस्व अभिवृद्धिको विद्यमान अवस्था र संभावना’ बिषयक आइतवार राजधानीमा आयोजित वृहत अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले अभावले कालोबजारीलाई पश्रय दिएको वताए । 
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यसायी महासंघ र नेपाल हस्तकला महासंघले संयुक्तरूपमा आयोजना गरेको सो कार्यशालामा कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले नेपाली बजारमा सुन आपूर्ति मागको तुलनामा एक तिहाईपनि हुन नसकेक वताए । 
हाल नेपालको बजारलाई विवाह, व्रतबन्ध र ठूला चाँडपर्व सिजनको बेला अर्थात बैशाख, भाद्र, मंसिर, माघ, फागुण जस्तो महिनामा दैनिक ६० के.जी. र अफ सिजन वा अन्य महिनामा दैनिक ४० के.जी. नयाँ सुनको आवश्यक पर्ने भएपनि वास्तविकतामा ६ बर्ष अगाडि व्यवस्था गरे अनुरुप सिजनमा २० के.जी. र अफ सिजनमा १५ के.जी. को हिसाबले मात्रै आपूर्ति हुने गरेकोले समस्या बढेको अध्यक्ष शाक्यले वताए । 
सुनचाँदी व्यवसाय सम्वन्धी आफ्नो कार्यपत्र प्रश्तुत गर्दै अध्यक्ष शाक्यले देशभर छरिएर रहेका २० हजार भन्दा बढि व्यवसायी पसलहरु यो पेशामा प्रत्यक्ष रुपमा व्यवसाय गरि रहेको, १ लाख भन्दा बढिले  रोजगारी पाईरहेको तथा प्रत्यक्ष र अप्रत्यक्ष गरि १० लाख जति मानिसहरु यस पेशाबाट आश्रित रहेको वताए । यद्यपी यस क्षेत्रका विभिन्न किसिमका समस्या पर्ने गरेको वताउँदै उनले त्यस किसिमका समस्या सुल्झाउनुपर्ने माग गरे । उनले ब्यवसयाीलाई अनावश्यकरुपमा दुःख दिइने, झुटा आरोप लगाउने जस्ता कार्य भैरहेकोभन्दै त्यस्ता कार्य तत्काल रोक्न सम्वन्धित निकायसँग माग गरे । सुनचाँदी ब्यवसाय मुलुकको आर्थिक क्षेत्रको उल्लेखनीय हिस्सेदारको रुपमा रहेको छ । यसलाई अझ बढी प्रबद्र्धन र विकास गर्नु पर्ने वर्तमान परिप्रेक्ष्यमा बिद्यमान रहेका समस्या एवं चुनौतिहरुलाई चाँडै भन्दा चाँडै  समाधान गर्न आवश्यक छ ।
त्यसक्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले नेपाली रत्न आभुषणको विकास र निर्यात प्रवद्र्धन सम्वन्धी कार्यपत्र प्रश्तुत गरेका थिए । नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकला व्यवसाय र बजा प्रवद्धनका वारेमा कार्यपत्र प्रश्तुत गरेका थिए । 
कार्यक्रममा वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाले कानूनले गर्न छुट दिएको काम गर्ने र नदिएको काम कसैलेपनि नगर्ने हो भने समस्या नै नआउने जिकिर गरे । सुनचाँदीको क्षेत्रमा देखिएका समस्या समाधानकालागि व्यवसायिकलेपनि पारदर्शितालाई जोड दिने र रकराी पक्षवाटपनि प्रष्ट नीति नियम तजुमा गर्नुपर्ने खाँचो रहेको उनकोभनाई छ ।
त्यसक्रममा वरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनालले गल्ती नगरे कारवाही भोग्नु नपर्ने भएकोले सकभर गल्ती नै नगर्न सुनचाँदी व्यवसायीहरुलाई आग्रह गरे । विलविजक विना सुनको ओरार पसार गर्ने, राजस्व छलिगर्ने जस्ता कायृमा संलग्न हुने कसैलाई पनि छुटदिन नसकीने वताउँदै राम्रो काम गरे कसैलाई पनि अप्ठ्यारो नपर्ने धारणा राखे । उनले विजविजक जारी गर्दा पनि प्रष्ट सँग सवैले वुझ्ने भाषमा कुन गहनामा के के चिज र कति मात्रामा मिसाएको हो त्यो खुलाउनु पर्ने आवश्यकता औंल्याए । यसले सर्वसाधारण उपभोक्तालाई आफूले खरिद गरेको गहनाको वारेमा प्रष्ट जान्न सजिलो हुने उनको भनाई छ ।
त्यसक्रममा महासंघका विशिष्ट सदस्य तेजरत्न शाक्य, वरिष्ठ उपाध्यक्ष मोहन विक, उपाध्यक्ष ज्ञानुराज शाक्य, महासचिव दीयसरत्न शाक्य लगायतले सुनचाँदी व्यवसायमा विभिन्न पक्षमाथि प्रकाश पार्नुभएको थियो । 
त्यसक्रममा ब्यवसायीहरुले अपूर्ति कमहुँदा गरगहना बनाउनको लागी चाहिने सुनको अभाव भएको, कालोबजारी मौलाएको, वैंकहरुको मनोमावी बढेको, सुन किन्दा एक किलो भन्दा कम नवपाइने हुनाले साना व्यवसायी मर्कामा परेको लगयतका समस्या देखाएका थिए । कार्यक्रममा विभिन्न निकायका सरकारी अधिकारी तथा सुनचाँदी ब्यवसायीहरुको सहभागिता थियो ।