Tel +977-1-4432270
31
Ashoj
2074
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
48440/-

TEJABI GOLD
per 10 grm

Nrs
48185/-

SILVER
per 10 grm

Nrs
664.50/-

FINE GOLD (9999)
per 1 tola

Nrs
56500/-

TEJABI GOLD
per 1 tola

Nrs
56200/-

SILVER
per 1 tola

Nrs
775/-

73/9/7 to 74/9/6
73.11.01 till 74.10.30
started from 73-11-18 till 74-11-17

Notices:

Recent News

नेपाल सुनचाँदी व्यवसायी महासंघको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

Posted: 31 March, 2016



नेपाल सुनचाँदी व्यवसायी महासंघको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
नेपाल सुनचाँदी व्यवसायी महासंघको
तेस्रो बार्षिक साधारण सभा सम्पन्न
फेनेगोसिडा÷काठमाडौ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तेस्रो बार्षिक साधारण सभा चैत १५ गते काठमाडौमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष मणि रत्न शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा मुलुकभरमा सुनचाँदी व्यवसायिहरुको उपस्थिति रहेको थियो । 
साधारणसभाको उद्घाटनकाक्रममा आपूर्तिमन्त्री गणेशमान पुनले सुनचाँदी व्यवसाय आफैंमा महत्नवपुर्ण क्षेत्र भएको बताउँदै व्यवसायिक हक, अधिकार र कर्तब्यप्रति व्यवसायी दत्तचित्त भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । व्यवसायिका जायज माग सम्वोधन गर्न, आपूर्तिका समस्या समाधानमा पहलगर्न र सुनुचाँदी निर्देशिका सिघ्र जारी गर्न सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै मन्त्री पुनले निर्वाधरुपमा आ–आफ्नो पेशा व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायिहरुलाई आग्रह गर्नुभयो । 
त्यस अवसरमा वाणिज्य विभागका महानिर्देशक शम्भु कोइराला, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श, हस्तकला महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ लगायतका संस्थाका उच्च पदस्थ अधिकारी तथा प्रतिनिधहिरुको सहभागिता थियो । उहाँहरुले आफ्नो तर्फवाट व्यवसाययिक हक अधिकारका वारेमा धारणा राख्नुभयो । 
साधारणसभामा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायमा नेपालीहरुको करिव ५० अर्व लगानी रहेको र यस व्यवसायवाट राज्यलाई समेत बर्षेनी अर्वौं राजस्व प्राप्त हुने गरेको वताउनुभयो । यस क्षेत्रमा खासगरी कालिगढको मुख्य समस्या रहेको वताउँदै अध्यक्ष शाक्यले यसका लागि स्वदेशमा नै दक्ष कालिगढा उत्पादन गर्नुपर्ने खाँचो औंल्याउनुभयो । यसैगरी अध्यक्ष शाक्यले बजारमा देखिएको कच्चा सुनको अभावले गर्दा पनि पेशा व्यवसायमा समस्या परेको वताउनुभयो । मागको तुलनामा अत्यन्तै न्युनमात्रै आपूर्ति भएकोले यस्तो समस्या आएको र यसले अवैध सुनको कारोवारमा समेत मलजल पुगेको उहाँको भनाई छ ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मोहक कुमार विक, महासचिव दियस रत्न शाक्य लगायत महासंघका विभिन्न पदाधिकारीहरुले आ–आफ्नो भनाई राख्नु भएको थियो । उद्घाटनसत्र अगाडि वन्द सत्र सम्पन्न भएको थियो । त्यसक्रममा महासचिव शाक्य र कोषाध्यक्ष ज्ञानकाजी शाक्यले पेश गर्नुभएको प्रतिवेदन सर्वसम्मतरुपमा पारित भएको थियो । यसअघि ती दुवै प्रतिवेदनलाई कार्यसमितिको पूर्ण वैठकले अनुमोदन गरेको थियो । महासंघको तेस्रो साधारणसभा केही महिना अगावै हुनुपर्ने भएपनि विनासकारी भूकम्प, नाकावन्दी जस्ता देशको विषम परिस्थितिले गर्दा यसमा केही ढिलाई भएको हो ।