Tel +977-1-4432270
12
Falgun
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47670/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
0000/-

SILVER
per 10 grm

Nrs
703/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55600/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
0000/-

SILVER
per 1 tola

Nrs
820/-

73/9/7 to 74/9/6
73.11.01 till 74.10.30
started from 72-11-17 till 73-11/16

Notices:

Recent News

सुनचाँदी व्यवसायी महासंघमा नयाँ नेतृत्व

Posted: 16 November, 2016



सुनचाँदी व्यवसायी महासंघमा नयाँ नेतृत्व
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीको प्रमूख आतिथ्यतामा नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो साधारण सभा तथा दोस्रो महाअधिवेशन कात्तिक २७ गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । मुलुकभरका सुनचाँदी व्यवसायीहरू जम्मा भएको सो साधारण सभाले महासंघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ । साधारण सभा उद्घाटनका क्रममा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले सुनचाँदी व्यवसायीको हक अधिकारको सुनिश्चितताका लागि सरकारले सहयोग गर्ने बताए । उनले अवैध सुनको कारोबारमा संलग्न नभई स्वच्छ व्यवसाय गर्न व्यवसायीलाई सुझावसमेत दिए । ‘तपाईंहरू राम्रोसँग काम गर्नुस् कसैले दुःख दिँदैन,’ मन्त्री निधीले भने, ‘यदि गलत बाटोबाट कोही हिँड्यो भने सरकारले जोगाउँदैन ।’ चोरीको बाटोबाट आएको सुन खरिद नगर्न आग्रह गर्दै उनले वैध कारोबार गर्ने व्यवसायीको पक्षमा सदैव सरकारको सहयोग रहने धारणा राखे । 
राष्ट्र बैंकका डेप्युटी गभर्नर चिन्तामणि सिवाकोटीले कर छली गरेर ल्याइएको सुनको प्रयोगमा होसियार रहन व्यवसायिहरूलाई सुझाव दिए । त्यस्तो सुनको खरिद बिक्री कार्यमा संलग्न भएको पाइएमा त्यस्ता व्यवसायीलाई कसैले जोगाउन नसक्ने उनको भनाइ थियो । सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सुन आयातमा बैंकहरूलाइ मात्र संलग्न गराइनु गलत भएको भन्दै सो कार्यमा व्यवसायीलाई पनि संलग्न गराउन आग्रह गरे । बैंकबाट सुन किनेर जिल्ला जाँदा पुलिसले बिल च्यातिदिने अनि व्यवसायीले अवैध सुन ल्यायो भनेर कारबाही गर्ने गरेको पाइएको भन्दै उनले त्यस्तो कार्य तत्काल रोक्न सम्बद्ध निकायलाई चेतावनीसमेत दिए ।
 
सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले सुनचाँदी व्यवसायीको विभिन्न पक्षमाथि प्रकाश पार्दै व्यवसायमा परेका समस्या तथा चुनौतीबारे जानकारी गराएका थिए । अध्यक्ष शाक्यले यस व्यवसायबाट राज्यले बर्सेनि अर्बौं राजस्व प्राप्त गर्ने गरेको भए पनि व्यवसायका लागि आवश्यक कच्चा पदार्थकै अभाव हुने गरेको बताए । वाणिज्य बैंकहरूबाट मात्र निश्चित परिमाणमा सुन ल्याउन पाउने व्यवस्थाले बैंकहरूको मनोमानीसमेत बढेको उनले बताए ।
 
सो कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मोहन सुनारले महासंघका विभिन्न पक्षबारे प्रकाश पारेका थिए । सो कार्यक्रममा सहभागी अन्य व्यवसायीहरूले व्यवसायमा परेको समस्या र कठिनाइबारे जानकारी गराएका थिए ।
 
साधारणसभावाट महासंघको अध्यक्षमा मोहनकुमार विश्वकर्मा निर्वाचित भएका छन् ।  महासंघको चौथो वार्षिक साधारण सभा एवं दोस्रो अधिवेशनले महासंघका वरिष्ठ उपाध्यक्ष विश्वकर्मालाई निर्विरोध अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो । यसैगरी, महासंघको वरिष्ठ उपाध्यक्षमा माणिकरत्न शाक्य र महासचिवमा धर्मसुन्दर बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, महासंघको उपाध्यक्षमा अर्जुन रसाइली, दीयसरत्न शाक्य, प्रेमकुमार सुनार, मोहनकाजी शाक्य र ज्ञानुराज शाक्य निर्विरोध भएका छन्  । यस्तै, सचिवमा किरणभाइ बज्राचार्य, कोषध्यक्षमा महेन्द्ररत्न शाक्य र सहकोषध्यक्षमा किसन मास्के र अन्य सदस्यहरूसमेत निर्विरोध निर्वाचित भएका छन् ।