Tel +977-1-4432270
4
Mansir
2074
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
48355/-

TEJABI GOLD
per 10 grm

Nrs
48100/-

SILVER
per 10 grm

Nrs
660/-

FINE GOLD (9999)
per 1 tola

Nrs
56400/-

TEJABI GOLD
per 1 tola

Nrs
56100/-

SILVER
per 1 tola

Nrs
770/-

started from 73-11-18 till 74-11-17
73.11.01 till 74.10.30
73/9/7 to 74/9/6

Notices:

Recent News

Bishesh sadharan sava

Posted: 10 April, 2017



Bishesh sadharan sava
नेपाल सुनचाँदी व्यवसायी महासंघको विशेष साधारणसभा जनकपुरमा सम्पन्न
महासंघको संशोधित विधान सर्वसम्मत पारित
फेनेगोसिडा÷काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको विशेष साधारणसभा चैत २५ गते शुक्रवार जनकपुरमा सम्पन्न भएको छ । विशेष साधारणसभाले महासंघको विद्यमान विधान शंसोधन सहित पारित गरेको छ । 
विशेष साधारणसभा उद्घाटन समारोहलाई सम्वोधन गर्दै महासंघका अध्यक्ष मोहन कुमार सुनारले  महासंघको विधानलाई समयसोक्ष वनाउन शंसोधनकालागि विशेष साधारणसभा वोलाइएको जानकारी दिँदै यसमा शंसोधनगर्ने विषयहरु पहिला नै जानकराी गराइसकीएको र त्यसै आधारमा सवैकोसल्लाह अनुरुप शंसोधन गरिएको जानकारी दिनुभयो । शंसोधित विधान क्षेत्रियता र समावेसिताका आधारमा ऐतिहासिक वनेको उहाँले वताउनुभयो । त्यसक्रममा उहाँले सुनचाँदी निर्देशिकाले अझै अन्तिमरुप प्राप्तगरिनसकेको र त्यसकालागि महासंघ लागिपर्ने जानकारी दिँदै सुन वितरण प्रणालीलाई प्रभावकारी वनाउँदै लैजाने र कोटा वृद्धिगर्न निरन्तर दवाव सिर्जनागर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले महासंघको देस्रो महाअधिवेशनका कार्यसमिति निर्विरोध वनाउनेक्रममा भएका सहमतिको कार्यान्वयनकालागि विशेष साधारणसभाको आवश्यकता भएको भनाई व्यक्त गर्नुभयो । महासंघको विधान आवश्यकता अनुसार परिमाजृन गर्दै लैजान सकीने हुनाले अहिले तत्कालकालागि परेको आवश्यकता पूर्तिकालागि आवश्यकता अनुरुपको शंसोधन कार्यमा सहयोगर्न सवैसँग आग्रह गर्नुभयो । 
महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले महासंघको विधानलाई समानुपातिक रसमावेसी वनाउादै संघीय संरचना अनुकुलको वनाउने र पुर्ववत सहमति अनुसार विभिन्न व्यक्तिलाई महासंघमा समेट्ने उद्धेश्य विबेशष साधारणसभाको रहेको जानकारी दिनुभयो ।  सुनचाँदी बजारलई व्यवस्थित, प्रभावकारी र उपभोत्ता मैत्री वनाउँ लैजाने तथा चोरी, लुटपात एवं विलविजक जारी गर्ने सम्वनधमा थप प्रभावकारी व्यवस्थागर्ने प्रतिवद्धता सार्वजनिक गर्नुभयो । 
महासंघको विधान समिति संयोजक दीयसरत्न शाक्यले विधानमा भएका मूलभूत परिवर्तनका वारेमा साधारणसभामा जानकारी प्रश्तुत गर्नुभयो । कुनैपनि संस्था सधैं गतिशिल हुनुपर्ने हुनाले विान शंसोधनले त्यसलाई प्रतिविम्व गरेको जानकारी । विधानमा समयानुकुल परिवर्तनको आवश्यकता रहेको भन्दै त्यो सहमतिको आधारशिला भएको धारणा व्यक्त । पुर्ववत सहमति अनुसार नै शंसोधनको खाका वनेको धारणा व्यक्त गर्दै उहाँले जिल्ला नगरसंघको सुधारपनि शंसोधनको अर्को आधार भएको धारणा व्यक्त गर्नुभयो । सशंसोधन पश्चात महास.घलाई गतिशिल वनाउँदै जिल्ला नगर संघहरुलाई वलियो जनाउन सहयोग पुग्ने दावी गर्नुभयो । शंशोधनगर्दा कानुनी पक्षलाईपनि ख्यालगर्दै कानुन सम्मत वनाइएको धारणा व्यक्त गर्नुभयो । विधानमा खाशगरी प्रश्तावना, पदाधिकारी सवन्धी व्यवस्था, संस्थाको लेटर प्याडमा अँग्रेजिमा पनि नाम राख्ने व्यवस्था, संस्थाको सदस्यता निर्धारण, सल्लाहकार समितिको गठन लगायतका बिषयमा परिमार्जन गरिएको जानकारी उहाँले दिनुभयो । 
सभाले खासगरी विधानमा प्रश्ताव गरिएको मस्यौदाको प्रश्तावनामा समावेसी शब्द थपगर्ने, विशिष्ट सदस्यको ब्यवस्था यथावत राख्ने, कार्यसमितिका केही परिमार्जन गरी प्रत्येक प्रदेशवाट एक एक उपाध्यक्ष, एक वरिष्ठ उपाधक्ष र दूई खुला उपाध्यक्ष वस्तुगत तथा एशोसिएटस उपाध्यक्षको ब्यवथागर्ने, दुई सचिव राख्ने, सदस्यको हकमा प्रत्येक प्रदेशवाट दुई दुई जना र ११ जना खुल्ला गर्र्नेे,  एक व्यक्ति एक पद लागु हुने तर त्यो व्यवस्था उम्मेदवारी दिइसकेपछि चुनाव जितेमा तल्लो निकाय छाड्नुपर्ने तथा यो व्यवस्था निवर्तमान अध्यक्षमा लागु नहुने, पुर्व अध्यक्षसमेत समावपेसगरी वढीमा ११ सदस्यिय सल्लाहकार समिति रहने, शु्ल्क कार्य समितिले तय गर्ने, कार्य समितिको निर्णयले परार्म समिति गठनगर्ने रयो समितिले कर प्रणाली र कानूनी परामर्शकोसमेत काम गर्ने, सहकारी गठनकालागि कार्य समितिले प्रकृया अगढि बढाउने र  तीन जना महिना अनिवार्य हुने त्यसमा दुई जना सदस्य खुल्लावाट र एक जना अध्यक्षले मनोनितगर्ने तीन जना मध्येवाट हुने व्यवस्था गरेको छ ।