Tel +977-1-4432270
8
Mansir
2074
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
48095/-

TEJABI GOLD
per 10 grm

Nrs
47840/-

SILVER
per 10 grm

Nrs
656/-

FINE GOLD (9999)
per 1 tola

Nrs
56100/-

TEJABI GOLD
per 1 tola

Nrs
55800/-

SILVER
per 1 tola

Nrs
765/-

started from 73-11-18 till 74-11-17
73.11.01 till 74.10.30
73/9/7 to 74/9/6

Notices:

Recent News

Swagat Program Tanahu

Posted: 19 June, 2017



Swagat Program Tanahu
सुनचाँदी व्यवसायिद्वारा निर्वाचिचत जनप्रतिनिधीलाई बधाई
तनहुँ ।
स्थानीय तहको निर्वाचनवाट निर्वाचित प्रमुख तथा उपप्रमुखलाई बधाई तथा सम्मान गरिएको छ । तनहुँ सुनचाँदी व्यवसायी संघले दमौलीमा एक कार्यक्रमको आयोजना गरी जिल्लाको १० वटै स्थानीय तहबाट विजयी भएका नगरपालिका प्रमुखरउपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत सम्पूर्ण टिमलाई सम्मान गरेहो हो । 
जनप्रतिनिधिले जनताको भावना अनुसार अघि बढी सुशासन कायम गर्न महत्वपूर्ण भुमिका खेल्ने भएकोले आफूहरुले निर्वा्चित प्रतिनिधिलाई बधाई तथा सम्मान व्यक्त गरेको संघले जनाएको छ । बधाई तथा सम्मान कार्यक्रममा व्यास नगरपालिकाको प्रमुख बैकुण्ठनाथ न्यौपाने, उपप्रमुख मिरा जोशी, शुक्लागण्डकी नगरपालिकाको प्रमुख किसान गुरुङ उपप्रमुख सविता रर्साईली, भिमाद नगरपालिकाकाका उपप्रमुख शारदा खनाल, भानु नगरपालिकाका प्रमुख उदयराज गौली र उपप्रमुख आशा थापालाई बधाई तथा सम्मान व्यक्त गरिएको थियो । 
त्यसै गरी म्याग्दे गाउँपालिका अध्यक्ष माया राना र उपाध्यक्ष बालकृष्ण घिमिरे, बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्ण्सिंह थापा उपाध्यक्ष करुणा गुरुङ, ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, घिरिङ गाउँपालिका अध्यक्ष रणबहादुर राना र उपाध्यक्ष सरस्वती सिग्देल, देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापा लगायतलाई समेत बधाई तथा सम्मान गरिएको थियो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहनकुमार विकले राज्य सुनचाँदी व्यवसायीको मागप्रति जिम्मेवार नहुँदा आफूहरुको समस्या समाधान हुन नसकेको बताए । आफूहरुले जननिर्वाचित पदाधिकारीहरु प्रति समस्या समाधानको आशा राखेको उनले बताए । आफूहरुले अझैपनि आवश्यकता अनुसारको सुन नपाएको र प्रचलित मापदण्ड अनुसार सुन खरिद गर्दा समेत सुन चोरीको आरोपमा प्रहरीले दुख दिने र हत्तोत्साही गराउने गरेको उनले बताए । आफूहरुले मुलुक भरका विजयी जनप्रतिनिधिहरुसँग सुनचाँदी व्यवसायीको मर्का र समस्या बारेमा छलफल त्र्रि पार्ने योजना बनाएको उनले बताए । 
तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष वावुराम सुनारद्वारा वेदव्यास जन्मस्थलको सम्झना गराउने तस्विर सहित मायाको चिनो समेत सम्मानित पदाधिकारीहरुलाई प्रदान गरिएको थियो । अधिकारप्राप्त जनप्रतिनिधिहरुले सुनचाँदी व्यवसायीको समस्याप्रति पनि गम्भिर बन्न सुनचाँदी व्यवसायीले आग्रह गरेका थिए । 
सुनचाँदी व्यवसाय बाहिरबाट हेर्दा सफल र राम्रो देखिएपनि व्यवसायीहरुको समस्या जटिल रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य केशबहादुर सुनारले बताए । आफूहरुको सुरक्षाको प्रत्याभुती राज्यले गर्न नसकेकोले आफूहरुलाई थप चिन्तित बनाएको उनले बताए । सम्मानित प्रतिनिधिहरुले सुनचाँदी व्यवसायीहरुको सम्मानले आफूहरुलाई थप जिम्मेवार बनाएको बताए । सुनचाँदी व्यवसायीको समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएको र स्थानीय तहबाट बनाईने योजनामा सुनचाँदी व्यवसायीको समस्यालाई समाधान गर्नेतर्फआफूहरु अग्रसर हुने उनीहरुले बताए ।