Tel +977-1-4532270
7
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
119430/-

TEJABI GOLD
per 10 grm

Nrs
118870/-

SILVER
per 10 grm

Nrs
1474.50/-

FINE GOLD (9999)
per 1 tola

रु
139300

TEJABI GOLD
per 1 tola

रु
138650

SILVER
per 1 tola

रु
1720

Notices:

कोरोनावाट जोगिन सुनचाँदी ब्यवसायी महासंघले चलायो सचेतना अभियान

Date: Jun 06, 2021
काठमाडौं । बिश्वब्यापी महामारीकारुपमा फैलिएको कोभिड १९ वाट बच्च र बचाउन नेपाल सुनचाँदी ब्यवसायीक महासंघले सचेतना अभियान शुरु गरेको छ । अभियानको पहिलो चरण अन्तर्गत महासंघले आइतबार प्राध्यापक डा. जगदिश प्रसाद अग्रवालको प्रमूख आतिथ्यातामा भर्चुवल माध्यमवाट सचेतना कार्यक्रमको आयोजना गर्यो । देशभरका झण्डै तीन सय ब्यवसायी सहभागी सो कार्यक्रममा प्राध्यापक डा. जगदिश प्रसाद अग्रवालले पर्याप्त सचेतता अपनाएमा कोभिड हुनवाट वच्न सकिने वताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ब्यवसायीक सचेतनाकालागि आइतबार आयोजना गरेको भर्चुवल बैठकमा प्रमूख अतिथि डा. अग्रवालले अहिलेको अवस्थामा आफ्नो सुरक्षा आफैंगर्न अग्रसर हुनुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनावाट बच्न रोगप्रतिरोधात्मक शक्ति बलियो हुनुपर्दछ । यसकालागि नियमति र अनुशासितरुपमा अभ्यास गर्नुपर्दछ ।’ इम्युनिटी वनाउने कृयाकलाप गर्ने, स्वस्थ र शुखी रहने, सकारात्मक सोच राख्ने, पर्याप्त सुत्ने, रम्ने रमाउने, जस्ता कार्यहरु गर्दा कोरोना महामारिवाट लाभ पुग्ने डा. अग्रवालले बताउनुभयो । कोरोनाका कारण मृत्युदर बिश्वमा २ प्रतिशत भन्दा बढी रहेपनि नेपालमा त्यो भन्दा कम रहेको उहाले प्रष्ट पार्नुभयो । स्वस्थ शरिर नै मानिसको शक्ति हो भन्ने मूल नाराका साथ अगाडि सारिएको सो कार्यक्रममा कास्कको प्रायेग सवैभन्दा महत्वपुर्ण भएको डा. अग्रवालले बताउनुभयो । यस वाहेक हात धुने, सामाजिक दुरी कायम गर्ने र सजग बन्ने नै महत्वपूर्ण उपाय भएको उहाँले बताउनुभयो । हावावाट पनि सर्न स्क्ने कुार वाहिर आएकोले अहिले मास्क नै सवैभन्दा बढी महत्वपूर्ण भएको उहाँले बताउनुभयो । कोरोना लाग्नवाट कसरी वच्ने र लागिसकेपछि के गर्ने र निको भएपछि पनि के कसरी सावधानी अपनाउने भन्ने बिषयमा उहाँले प्रकाश पार्नुभयो । कोरोना लागिसेकेपछि र निको भैसकेपछि पनि पर्यप्त ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । यो रोगसँग लड्नकालागि कोरोना पोजेटिभ भए पनि नआत्तिनु नै सवैभन्दा ठूलो बम्रास्त्र भएको उहाँको भनाई छ । लागेर निको भैसकेपछि पनि समय समयमा चेक जाँच गर्दा राम्रो हुने उहाँले बताउनुभयो । कार्यक्रमको अद्घाटनकाक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले अहिलेको विकराल अवस्थामा कोरोनावाट बच्नकालागि भ्याक्सिन अपरिहार्य भएको उल्लेख गर्दै यथासिघ्र भ्याक्सिनको ब्यवस्था हुुनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । नेपाल सुनचाँदी ब्यसायी महासंघका उपाध्यक्ष एवं ब्यवसायीक हितका निमित्त गठीत समितिका संयोजक पवन कुमार अग्रवालको ग्रसरतामा सो कार्यक्रमको ायोजना गरिएको हो । कार्यक्रम नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले गर्नुभएको थियो । मोरङको रङगेलीमा जन्मिएका डा. अग्रवाल नेपालको पुरानो र अनुभवी ब्यक्तित्व हुनुहुन्छ ।



More Albums
नेपाल सुनचाँदी ब्यवसायी महासंघका सल्लाहकारहरु सम्मानीत
काठमाडौं । प्रतिनिधीसभाको निर्वाचनमा निर्वाचित हुनुहुने न ...

बजारको आवश्यकता अनुसार सुन चाँदी उपलब्ध गराउन प्रतिवद्ध छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील ...

ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी ब्यवसायीको आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यव ...

प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रादेशिक संर ...

वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल सम्पन्न
काठमाडौं । आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी म ...

सुनचाँदी ब्यवसाय प्रवर्धन र प्रविधि हस्तान्तरणकालागि इण्डियन इन्टरन्यासनल ज्वेलरी शो उपलब्धिमूलक
काठमाडौं । भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वल ...

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प ...

विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह
काठमाडौं । आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमवाट कर व ...

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह
सुनाखरी न्युज काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ...

विद्युतीय माध्यमवाट बीजक जारी गर्ने बिषयमा आन्तरिक राजस्व विभागसँग महासंघले गर्यो परामर्श
काठमाडौं । विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने बि ...