सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभा सम्पन्न
Date: Mar 28, 2022
काठमाडौं । सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष शुरेसमान शाक्यको सभापतित्वमा सो साधारणसभा सम्पन्न भएको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमूख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । त्यसक्रममा मन्त्री श्रेष्ठले ब्यवसायीका माग सम्वोधन गर्न आफु तयार रहेको बताउनुभयो । सुनचाँदी ब्यवसायीलाई ब्यवसाय सञ्चालनकालागि प्रष्ट कानूनको अभाव रहेको देखिएकोले त्यसको ब्यवस्थाकालागि पनि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता उहाँले ब्यक्त गर्नुभयो । सुनचाँदीका नेपाली मौलिक गरगहना निर्यातको प्रचुर संभावना रहेर पनि त्यस अनुसार गरगहनजा निर्यात भएकोनपाइएकोले यसतर्फ लाग्न उहाँले ब्यवसायीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले ब्यवसायीका विभिन्न पक्षमाथि प्रकाश पार्नुभएको थियो । कच्चा सुनको आपूर्ति ब्यवस्था प्रभावकारी वनाउन ब्यवसायीहरुले गरेको आग्रहलाई सम्वोधन गर्दै उहाँले आवश्यकता अनुसार कच्चा पदार्थ आपूर्तिको सुनिश्चितताका लागि महासंघले पहल गरिरहेको बताउनुभयो । त्यसक्रममा संघका निवर्तमान अध्यक्ष महेन्द्र रत्न शाक्य, सचिव रोहिना देखि शाक्य लगायतले संघका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो । त्यसक्रममा निविर्तमान अध्यक्ष शाक्यले नेगोसिडा प्रशिक्षण केन्द्रको बारेमा समेत प्रकाश पार्नुहुँदै त्यसकालागि सिटिइभिटीको सम्वन्धन प्राप्त भएको लगायतका बिषयमा जानकारी गराउनुभयो । त्यसक्रममा महासंघका बिशिष्ट सल्लाहकार तेजरत्न शाक्य, बिशिष्ट सदस्य मणिरत्न शाक्य लगायतका ब्यीक्तहरुको सहभागिता रहको थियो । बन्दसत्रमा सुनको पर्याप्त आपूर्ती ब्यवस्था मिलाउन ब्यवसायीहरुले माग गरेका थिए । त्यसक्रममा संघको भवन निर्माणमा सहयोग पु¥याउने ७५ जना भन्दा बढी ब्यक्तिलाई सम्मान गरिएको थियो ।
More Albums
बाँके सुनचाँदी व्यवसायी स ...
प्रथम साधारण सभा तथा राष्ट ...
19th AGM held on 2067/09/24 at Shankhar Hotel, Lazimpat, Kathmandu. ...
15th Annual General Meeting of Kavre Branch held on 2067 Poush 13 at Hotel Beautiful, Palanchowk, Kavre. ...
16th Annual General Meeting of Lalitpur Branch held on 2067 Shrawan 22, Lalitpur ...
18th Annual General Meeting of Central Office held on 2066 Bhadra 13 at Hotel Shankhar, Lazimpat, Kathmandu. ...