Tel +977-1-4532270
17
Baisakh
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
161265/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
1684.50/-

FINE GOLD (9999)
per 1 tola

रु
188100

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
1965

Notices:

Press Release

पोखरा घोषणापत्र

Posted: 31 March, 2025



नेपाल सुनचाँदी ब्यवसायी महासंघ
१२ औं बार्षिक साधारण सभा, कास्की, पोखरा
‘पोखरा घोषणापत्र – २०८१’
 
आदरणिय सुनचाँदी व्यवसायी मित्रहरु, 
 
सुन चाँदी तथा रत्न पत्थर व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं वार्षिक साधारण सभा पर्यटकीय नगरी पोखरा (कास्की) मा २०८१ चैत १६ गते शनिबार हर्षोल्लासका साथ सम्पन्न भएको छ । यस अवसरमा निम्न बिषयहरुलाई समेटेर ‘पोखरा घोषणापत्र २०८१’ जारी गर्दछौं । 
 
‘पोखरा घोषणापत्र २०८१’
 
१) व्यवसायीहरूलाई तालिम, प्रविधि र ज्ञान प्रदान गर्ने योजनाहरूका साथ क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने र यसलाई प्रदेशस्तरमा विस्तार गर्ने ।
 
२) नेपाली सुनचाँदीका गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउन तथा निर्यातको प्रवद्र्धन गर्न ‘मेड इन नेपाल’ ब्रान्डको विकास गर्ने । 
 
३) आर्थिक सुधार र सहजीकरण कार्यक्रम अन्तर्गत सुनचाँदीका गरगहना आयात–निर्यात प्रक्रियालाई सरल र प्रभावकारी बनाउन आवश्यक पहल गर्ने । 
 
४) सुनचाँदी उद्योगमा नयाँ डिजाइन र गुणस्तरीय गहना उत्पादनको लागि नवीनतम् प्रविधिको उपयोगका लागि आवश्यक पहल गर्ने ।
 
५) व्यवसायीहरूबीच सहकार्य र एकताको भावना बढाउनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने । 
 
६) सुनचाँदी ब्यवसायीहरुको हक, हित र सुरक्षाका लागि नेपाल सरकारको विभिन्न निकायलाई ध्यानाकर्षण गराउँदै, ब्यवसायिक सुरक्षाका विभिन्न कार्यहरु गर्ने । 
 
७) सुनचाँदी व्यवसायलाई थप ब्यवस्थित र प्रभावकारी वनाउँदै ऐन, नियम, निर्देशिका र कानुनी संरचनाहरूको विकास गरी व्यवसायी र सरकारी निकायहरूबीच सहकार्यको सुनिश्चित गर्ने ।
 
८) सुनचाँदी बजारको विस्तार एवं नयाँ अवसरहरूको पहिचान गर्न अनुसन्धान तथा विकासका कार्यक्रमहरु सञ्चालन गर्ने । 
 
९) महासंघलाई आफ्नो कार्ययोजना अनुसार अगाडि बढाई आफ्नो लक्ष्य प्राप्तिको लागि सुनचाँदी ब्यवसायको सहज विकासका लागि विज्ञ समूह ९त्जष्लप त्बलप० गठन गर्ने । 
 
१०) महासंघले सुनचाँदी ब्यवसायसँग सम्वन्धित विभिन्न अन्तराष्टिय संघ संस्थाहरुसँग समन्वयगरी विभिन्न रचनात्मक कार्यक्रमहरु गर्ने । 
 
११) व्यवसायीहरूलाई बैंक तथा वित्तीय संस्थाहरूबाट सहुलियतपूर्ण ऋण तथा सेवाको व्यवस्था मिलाउन पहल गर्ने ।
 
१२) सुनचाँदी व्यवसायका संगठित क्षेत्रहरूबीच समन्वय र तालमेल गरि समस्याहरू समाधान गर्ने उपाय खोजी गर्दै समाधानको पहल गर्ने । 
 
 
१३) सुनचाँदी व्यवसायलाई सम्भावित विपद् वा संकटबाट बचाउन आकस्मिक योजनाहरू विकास गर्ने ।
 
 
अर्जुन रसाइली अध्यक्ष
                             नेपाल सुनचाँदी यवसायी महासंघ