Tel +977-1-4532270
4
Baisakh
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
257030/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4398/-

FINE GOLD (9999)
per 1 tola

रु
299800

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5130

Notices:

Recent News

सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग

Posted: 22 January, 2021



सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग
काठमाडौं ।
सुनचाँदी ब्यवसायीहरुले सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सँगको भेटमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार कोटा प्रणाली खारेजीकालागि सुनचाँदी ब्यवसायीले अगाडि सारेको मागमा आवश्यक सहयोगगर्न महासंघसँग आग्रह गरेका हुन् ।  
 
महासंघका अध्यक्ष गोल्छासँगको भेटकाक्रममा सुनचाँदी ब्यवसायीका तर्फवाट अध्यक्ष माणिकरत्न शाक्यले निर्वाधरुपमा ब्यवसाय सञ्चालनकालागि ब्यवसाय सञ्चालन ल्याउनुपर्ने, निर्यात प्रवद्र्धनकालागि आवश्यक नीतिगत ब्यवस्था हुनुपर्ने, स्वदेशमा नै सुनचाँदी तालिक केन्द्रहरु सञ्चालन गरिनुपर्ने तथा कच्चा सुन प्रशोधन केन्द्र समेत स्थापना गरिनुपर्ने लगायतका बिषयलाई कार्यान्व्यनमा ल्याउन महासंघको सहयोगको अपेक्षा गरिएको बताए । 
 
त्यसक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले सुनचाँदी ब्यवसायीका समस्या समाधानकालागि महासंघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । ब्यवसायीका जायज मागमा महासंघले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष गोल्छाले अहिलेको खुल्ला बजारमा कोटा प्रणाली ठीक नभएको भन्दै सुनचाँदी ब्यवसायीको आग्रह अनुसार त्यसलाई खारेज गर्न मासंघले पहलकदमी लिने बिश्वास ब्यक्त गरे । आयातित सुन पुनः विदेश नजाओस भन्नकालागि सिमा नाका जोडिएका मुलुकमा भन्दा बढी भन्सार दर कायम गर्नै सकीने ब्यवसायीको सुझाव छ । 
 
पछिल्लो समय नेपालमा विभिन्न बाणिज्य बैंकहरु मार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ । केही स्यम अगाडिसम्म दैनिक २० किलो आयात हुँदै आएकोमा कोरोना महामारीपछि सरकारले यसलाई दैनिक १० किलोमा सिमित गरेको हो । देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनवाट देखिएको छ ।