Tel +977-1-4532270
26
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
116940/-

TEJABI GOLD
per 10 grm

Nrs
116380/-

SILVER
per 10 grm

Nrs
1436/-

FINE GOLD (9999)
per 1 tola

रु
136400

TEJABI GOLD
per 1 tola

रु
135750

SILVER
per 1 tola

रु
1675

Notices:

Recent News

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु

Posted: 13 July, 2022



सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु
 
 
काठमाडौं ।
 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले सुुनचाँदी ब्यवसाय सञ्चालनका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधीमण्डल सँगको भेटका क्रममा मन्त्री वडुले आम उपभोक्ता र ब्यवसायीहरुको हक अधिकारको सुनिश्चितताकालागि सरकार प्रतिवद्ध भएको बताउनुभयो ।
 
मन्त्री वडुले सुनचाँदी ब्यवसायीले उठाउँदै आएको सुनचाँदी कारोबार ऐन तर्जुमाका लागि मन्त्रालयका तर्फवाट सिघ्र पहल गर्न पनि सम्वद्ध निकायलाई निर्देशन दिनुभयो ।  
 
त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएको विभिन्न समस्याको बारेमा मन्त्री वडुलाई जानकारी गराउनुभएको महासंघका प्रवक्ता मनोज कुमार शाहले बताउनुभयो । उहाँका अनुसार भेटकाक्रममा कच्चा पदार्थको आपूर्तिको अवस्था, सुनचाँदीको मूल्य निर्धारण प्रकृया, कालिगढको ब्यवस्थापन, ब्यवसायीक सुरक्षा लगायतका बिषयमा छलफल भएको थियो ।
 
मन्त्री वडुसँगको भेटकाक्रममा अध्यक्ष शाक्यका अलावा महासंघका उपाध्यक्ष द्धय विपिन रामुदामु र पवन कुमार सोमानी लगायतको सहभागिता रहेको थियो ।