Tel +977-1-4532270
14
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
117625/-

TEJABI GOLD
per 10 grm

Nrs
117065/-

SILVER
per 10 grm

Nrs
1436/-

FINE GOLD (9999)
per 1 tola

रु
137200

TEJABI GOLD
per 1 tola

रु
136550

SILVER
per 1 tola

रु
1675

Notices:

Recent News

नक्कली विल वनाएर नक्कली गरगहना विक्रीगर्ने गिरोह सक्रिय

Posted: 10 August, 2022



नक्कली विल वनाएर नक्कली गरगहना विक्रीगर्ने गिरोह सक्रिय
 
काठमाडौं ।
नक्कली विल वनाएर नक्कली गरगहना विक्री गर्ने गिरोह काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न शहरमा सक्रिय हुन थालेको पाइएको छ । उनीहरुले नक्कली पसलको नाम राखी ठगी गर्ने गरेको समेत पाइएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका कार्यवाहक अध्यक्ष मोहन काजी शाक्यले बताउनुभयो । उहाँका अनुसार यस्तो गिरोहले नक्कली पसल खडागरी त्यसैको नाममा विल समेत वनाएर नक्कली गरगहनालाई सक्कली भन्दै विक्री वितरण गर्ने गरेको पाइएको हो । 
यसै सिलसिलामा ललितपुर सुनचाँदी ब्यवसायी संघको एक प्रतिनिधीमण्डलले बुधबार महासंघमा यस बिषयमा जानकारी गराउँदै यस्ता गविविधिवाट सतर्क रहन सम्पूर्ण सुनचाँदी ब्यवसायी तथा उपभोक्तालाई जानकारी गराउन आग्रह गरेको छ । 
नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले अवैध धन्दामा सक्रिय गिरोहको बारेमा महासंघका जानकारी आएको बताउँदै यस्तो गिरोहवाट जोगिन आम ब्यवसायी तथा उपभोक्तारुलाई आग्रह गर्नुभयो । 
पछिल्लो समय यसरी नक्कली विल लगायतका कागजात वनाई नक्कली सुनको कारोबार गर्ने गिरोह सक्रिय छ । यस्तो गिरोहले ललिपुर सुनचाँदी ब्यवसायी संघको सदस्य रहेको भन्दै वनेपा लगायतका स्थानमा नक्कली गरगहना बिक्री गर्दै हिँडेको पाइएको छ ।