Tel +977-1-4532270
1
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
255915/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4621/-

FINE GOLD (9999)
per 1 tola

रु
298500

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5390

Notices:

Recent News

सुनचाँदी ब्यवसायीका समस्या समाधानगर्न संयुक्तरुपमा अगाडि बढ्ने निर्णय

Posted: 17 February, 2023



सुनचाँदी ब्यवसायीका समस्या समाधानगर्न संयुक्तरुपमा अगाडि बढ्ने निर्णय
 
काठमाडौं ।
सुनचाँदी ब्यवसायीहरुले ब्यवसायीले भोग्नुपरेका समस्या समाधानगर्न संवद्ध संस्थाहरु एकवद्ध भई संयुक्तरुपमा अगाडि बढ्ने निर्णय गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघको केन्द्रिय कार्यालयमा शुक्रबार सम्पन्न नेपाल सुनचाँदी ब्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभुुषण महासंघका प्रतिनिधीहरुको संयुक्त छलफलले यस्तो निर्णय गरेको हो ।
 
पछिल्लो समयमा सुनको आपूर्ति पर्याप्त मात्रामा नभएको, सुरक्षा निकायले अनावश्यकरुपमा ब्यवसायीहरुलाई दुःख दिएको, ब्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीति, नियम, निर्देशिका वनाउन राज्यले चासो नदेखाएको, भन्सार नाकावाट वैध तरिकाले ल्याइएका सुनका गहनाहरु पक्राउ गरेर अनावश्यक दुःख दिने जस्ता थुप्रै कार्य भएको भन्दै दुवै महासंघका प्रतिनिधीहरुले संयुक्तरुपमा दवावमूूलक कार्यक्रम गर्ने निर्णय गरेका हुन् । यसका लागि दुवैमहासंघका प्रतिनिधी सम्मिलित एक कार्यदल वनाउने र त्यसले तय गर्ने खाका अनुरुप कार्यक्रम अगाडि बढाउने सहमति भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताउनुुभयो ।
 
 
 
 
 
 
 
 
 
 
उहाँका अनुसार दुवैमहासंघका प्रतिनिधी रहनेगरी वन्ने कार्यदलले नीति नियम वनाउन सम्वद्ध निकायमा पहल गर्ने, कच्चा सुनको पर्याप्त आपूर्तिकालागि ब्यवस्था मिलाउन आग्रह गर्ने, ब्यवसाय सञ्चालनकाक्रममा देखापरेका समस्याा समधानका लागि संयुक्तरुपमा पहल गर्ने र आवश्यक परे आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गर्ने सहमति दुुई महासंघवीच भएको महासंघका प्रवक्ता मनोज कुमार साहले बताउनुभयो ।
 
छलफलमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका तर्फवाट अध्यक्ष शाक्य सहित उपाध्यक्ष विपिन रामुुदामु, पवन कुमार सोमानी, शिवकुमार सर्राफ, महेन्द्ररत्न शाक्य, कोषाध्यक्ष सुुदिप श्रेष्ठ, सचिव बकिरणभाई वज्राचार्य, सहकोषाध्यक्ष पद्म शुन्दर शाक्य र काठमाडौं सुनचाँदी ब्यवसायी संघका अध्यक्ष सुुरेशमान शाक्य सहभागी हुनुहुन्थ्यो । यस्तै सुनचाँदी रत्न तथा आभुुषण महासंघवाट अध्यक्ष सुरेस मान श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष रामप्रसाद विश्वकर्मा, उपाध्यक्ष द्धारिका, सहकोषाध्यक्ष गणेस प्रसाद विश्वकर्मा काफ्ले सहभागी हुनुहुन्थ्यो ।