Tel +977-1-4532270
13
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
116425/-

TEJABI GOLD
per 10 grm

Nrs
115865/-

SILVER
per 10 grm

Nrs
1419/-

FINE GOLD (9999)
per 1 tola

रु
135800

TEJABI GOLD
per 1 tola

रु
135150

SILVER
per 1 tola

रु
1655

Notices:

Recent News

उद्योग बाणिज्य प्रबर्धन सम्वाद समितिको सदस्यमा सुनचाँदी ब्यवसायी महासंघ

Posted: 17 April, 2023



उद्योग बाणिज्य प्रबर्धन सम्वाद समितिको सदस्यमा सुनचाँदी ब्यवसायी महासंघ
 
 
काठमाडौं ।
नेपाल सरकारद्धारा गठीत उद्योग बाणिज्य प्रबर्धन सम्वाद समितिको सदस्यमा नेपाल सुनचाँदी ब्यवसायी महासंघ मनोनित भएको छ । उच्च सरकारी निकाय र निजी क्षेत्रका प्रतिनिधीमूलक संस्था सदस्य रहेको सो समितिको सदस्यमा नेपाल सुनचाँदी ब्यवसायी महासंघ पनि मनोनित भएको हो । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा गठित उद्योग बाणिज्य प्रबर्धन सम्वाद परिषदको पहिलो बैठक शोमबार सिंहदरबारमा बस्यो । बैठकमा महासंघको तर्फवाट अध्यक्ष माणिक रत्न शाक्यले उच्चस्तरीय परिषदमा सदस्यका रूपमा भाग लिनुभयो । 
यस परिषदमा सहभागी भई राष्ट्र निर्माणमा योगदान गर्न पाउनु सम्पुर्ण सुनचाँदी ब्यवसायीहरूका लागि समेत वर्तमान सरकारबाट भएको सकारात्मक शुरूवात भएको महासंघका अध्यक्ष शाक्यले बताउनुभयो । देश विकासका क्रममा सुनचाँदीको क्षेत्रबाट नीति नियम ऐन कानून निर्माण र आर्थिक गतिविधिबाट अर्थतन्त्र चलायमान बनाउन गर्नुपर्ने बिभिन्न कामहरूका बारेमा यस परिषदमा हुने छलफल र योजनाहरूले निश्चित रूपमा सकारात्मक भुमिका खेल्ने उहाँको भनाई छ ।
देशको समग्र आर्थिक विकास , उद्योग,ब्यवसाय र अर्थतन्त्रको निर्माणका लागि प्रधानमन्त्री स्तरीय परिषदको निर्माण गरिएको हो । समितिमा उच्च सरकारी निकाय र निजी क्षेत्रका प्रतिनिधीमूलक संस्था सदस्य छन् ।