Tel +977-1-4532270
11
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
116170/-

TEJABI GOLD
per 10 grm

Nrs
115610/-

SILVER
per 10 grm

Nrs
1423/-

FINE GOLD (9999)
per 1 tola

रु
135500

TEJABI GOLD
per 1 tola

रु
134850

SILVER
per 1 tola

रु
1660

Notices:

Recent News

मुलुकको आर्थिक विकासकालागि सवै मिलेर काम गरौंः अर्थमन्त्री महत

Posted: 07 May, 2023



मुलुकको आर्थिक विकासकालागि सवै मिलेर काम गरौंः अर्थमन्त्री महत
 
 
काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक विकासकालागि सवै मिलि काम गर्नुपर्ने खाँचो औंल्याउनुभएको छ । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सवै पक्ष सँगै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको हो । 
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा २०८० बैशाख २४ गते आइतबार गएको महासँगको प्रतिनिधीमण्डलसँगको भेटका उहाँले आर्थिक विकासकालागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढुनुपर्ने खाँचो औंल्याउनुभयो । 
 
त्यसक्रममा मन्त्री महतले आर्थिक विकास र परिवर्तनका लागि राम्रा राम्रा योजना र सुझाव ल्याउन समेत आग्रह गर्नुभयो । आफूले मुलुकको अर्थतन्त्रलाई नजिकवाट नियालीरहेको उल्लेख गर्दै सवै मिलेर अगाडि बढ्दा तिव्रत्तर विकासगर्न कठीन नहुने बताउनुभयो  । त्यसक्रममा उहाँले सुनचाँदी ब्यवसायमा देखिएको समस्या समाधानकालागि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।
मन्त्री महतसँगको भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्यले आर्थिक विकासमा सुनचाँदखी ब्यवसायीको भूमिकाका बिषयमा जानकारी गराउुनयभयो । त्यसक्रममा उहाँले सुनचाँदी क्षेत्रमा देखिएका समस्या समाधानकालागि पहल गर्न मन्त्री महतसँग आग्रह समेत गर्नुभयो । अध्यक्ष शाक्यले सुनचाँदी कारोबार सम्वन्धी नीति, सुनको आपूर्ति लगायतका बिषयमा मन्त्री महतको ध्यानाकर्षण गराउनुभएको थियो । 
भेटका क्रममा अर्थ मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेल, आर्थिक सल्लाहकार डा. पोषराव पाण्डे लगायतको सहभागिता रहेको थियो । त्यसक्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्यसँगै उपाध्यक्ष विपिन रामुदामु र प्रवक्ता मनोज साह लगायतको उपस्थिति थियो ।