Tel +977-1-4532270
4
Jestha
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
119430/-

TEJABI GOLD
per 10 grm

Nrs
118870/-

SILVER
per 10 grm

Nrs
1543/-

FINE GOLD (9999)
per 1 tola

रु
139300

TEJABI GOLD
per 1 tola

रु
138650

SILVER
per 1 tola

रु
1800

Notices:

Recent News

नेपाल सुनचाँदी ब्यवसायी महासंघको सल्लाहकार समितिको बैठक सम्पन्न

Posted: 18 June, 2023



नेपाल सुनचाँदी ब्यवसायी महासंघको सल्लाहकार समितिको बैठक सम्पन्न
 
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको सल्लाहकार समितिको बैठक आइतबार काठमाडौंमा सम्पन्न भएको छ । 
आगामी आर्थिक बर्ष २०८०-८१ को बजेट बक्तब्य मार्फत सुनचाँदी ब्यवसायमा नकारात्मक प्रभाव पर्नेगरी बजेट ल्याइएपछि त्यस बिषयमा छलफल गर्न सल्लाहकार बैठकको आयोजना गरिएको हो । 
बैठकमा महासंघका सल्लाहकार एवं प्रतिनिधीसभा सदस्य प्रकाशमान श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ र रणेन्द्र वराइली तथा सल्लाहकारहरु प्रा. डा. तिर्थमान शाक्य, रत्नकमल वैद्य, तेजरत्न शाक्य लगायतको उपस्थिति थियो । 
बैठकमा सल्लाहकारहरुले बजेट भाषणमा समेटिएका बिषयले सुनचाँदी ब्यवसायमा नकारात्मक प्रभाव पर्ने देखिएको उल्लेख गर्दै त्यसलाई सरलिकरण गर्न आफूहरुले पहल गर्ने आश्वाशन दिनुभयो ।
त्यसक्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजेट भाषणमा समेटिएका सुनचाँदी सम्वन्धी बिषयहरुको बारेमा जानकारी गराउनुभयो । बैठकमा महासंघका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
बजेट भाषणमा समेटिएका बिषयमध्ये १० लाख रुपैयाँ भन्दा बढीका बहुमुल्य गरगहनामा २ प्रतिशत विलासिता कर लगाउने, भन्सार दर १० प्रतिशतवाट बढाएर १५ प्रतिशत पु¥याउने, नेपालीहरुले विदेशवाट आउँदा नेपाल ल्याउन पाउने गरगहनामा विभिन्न सर्तहरु राख्दै विभेदकारी नीति लागुगर्ने लगायतमा ब्यवस्था गरिएको छ ।