Tel +977-1-4532270
16
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
117970/-

TEJABI GOLD
per 10 grm

Nrs
117410/-

SILVER
per 10 grm

Nrs
1423/-

FINE GOLD (9999)
per 1 tola

रु
137600

TEJABI GOLD
per 1 tola

रु
136950

SILVER
per 1 tola

रु
1660

Notices:

Recent News

उद्योगका लागि चाँदी आयात खुल्ला गर्न आग्रह

Posted: 11 January, 2024



उद्योगका लागि चाँदी आयात खुल्ला गर्न आग्रह
 
 
काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले उद्योगहरुका लागि चाँदी आयात खुल्ला गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बिहिबार गएको प्रतिनिधीमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सँग यस्तो आग्रह गरेको हो । 
महासंघका अध्यक्ष शाक्यले हाल कायम रहेको ब्यवस्थाले उद्योगी ब्यवसायीको लागत बढी पर्न गएको र त्यसले प्रतिष्पर्धी क्षमता घटाएकोले आयातको सिमालाई खुल्ला गर्नुपर्ने खाँचो औंल्याउनुभयो । हाल एक पटकमा ६० हजार डलर सम्मको सिमामा रहेर चाँदी आायत गर्न पाउने ब्यवसस्था रहेको छ । 
उहाँका अनुसार महासंघको प्रतिनिधीमण्डलले खपतका आधारमा चाँदीको आयात खुल्ला गर्न केन्दिय बैंकको ध्यानाकर्षण गराएको हो ।  
ब्यवसायीको आग्रहलाई सम्वोधन गर्दै गभर्नर अधिकारीले आफूले ब्यवसायीको मागलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । त्यसक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर द्धय निलम ढुङगाना, बमबहादुर मिश्र तथा महासंघका तर्फवाट उपाध्यक्ष पवनकुमार सोमानी, कार्यवाहक महासचिव किरणभाई बज्राचार्य, प्रवक्ता मनोजकुमार साह लगायतको उपस्थिति रहेको थियो ।