Tel +977-1-4532270
1
Mansir
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
208590/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2705/-

FINE GOLD (9999)
per 1 tola

रु
243300

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
3155

Notices:

सुनचाँदीको भन्सार दर घटाउन उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेल सकारात्मक

Date: Aug 06, 2024
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीहरु सँगको भेटका क्रममा २०८१ साउन २१ गते उहाँले भारतमा भन्सार दर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई तत्काल सम्वाधोन गर्न जरुरी रहेको स्वीकार गर्दै यस बिषयमा सम्वद्ध निकायसँग आवश्यक परामर्श गरी छिट्टै निर्णय गरिने प्रतिवद्धता जनाउनुभयो । मन्त्री पौडलसँगको भेटका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भारतमा हालै सार्वजनिक भएको बजेट मार्फत सुनचाँदीको भन्सार दर घटाएर ६ प्रतिशत कायम गरिएको तर नेपालमा यस्तो दर २० प्रतिशत कायम रहेकोले ब्यापार असन्तुलन हुन नदिन तत्काल भन्सार दरलाई घटाई सुनमा ८ प्रतिशत र चाँदीमा ६ प्रतिशत भन्सार दर कायम गरीनु पर्ने आवश्यकता औंल्याउनुभयो । त्यसक्रममा उहाँले बैंकले निश्चित समयमा मात्रै सुनको आयात गर्ने तर विद्यमान ब्यवस्था अनुसार भन्सार दर भने दिन दिनै परिवर्तन भैरहने भएकोले कारोबारमा समस्या परेको हुँदा प्रत्येक १५ दिनका लागि फ्ल्याटमा भन्सार दर कायम गर्नुपर्ने र प्रत्येक १५÷१५ दिनमा भन्सार प्रयोजनका लागि भन्सार दर पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । हाल विद्यमान सिफारिस सिस्टमलाई ब्यवस्थित गर्दै दैनिक ५० किलो सुनको आयात गर्ने ब्यवस्था मिलाई त्यसमध्ये ३० किलो बैंक मार्फत ब्यवसायीका लागि र २० किलो उत्पादक (उद्योग) का लागि छुट्टयाउनु पर्ने खाँचो औंल्याउँदै अध्यक्ष रसाइलीले सुनको आयातमा कोटा प्रणाली कायमै रहेको खण्डमा दैनिक कोटाको आधारमा १ बर्षको ३६५ दिन कायम गरेर बजारको माग र आपूर्ति सन्तुलन हुनेगरी सिजन र अफ सिजन अनुसार मिलाई बार्षिक रुपमा तोकिएको कोटाको सिलिङ भित्र रही आयात गर्ने ब्यवस्था हुनु पर्ने बताउनुभयो । त्यसक्रममा तीनैवटा महासंघको तर्फवाट सुनचाँदीको क्षेत्रमा तत्काल सम्वोधन गर्नुपर्ने बिषयहरुलार्य समावेस गरिएको पत्र हस्तान्तरण गरिएको थियो । त्यसमा सुनचाँदी सँग सम्बन्धित सम्पूर्ण कार्य सम्पादनका निमित्त बाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंक सम्मिलित एकद्धार प्रणााली वनाइनु पर्ने, धेरै बैंकहरु मार्फत सुन बितरण गर्नु झन्झट बढी हुने भएकोले केही सिमित बैंकहरुलाई मात्रै सुन बितरणको जिम्मेवारी दिइनु पर्ने, कच्चा सुन आयातमा २० प्रतिशत भन्सार लाग्ने तर तयारी गहना आयातमा भने कच्चा सुन आयातमा भन्दा बढी भन्सार लाग्नु पर्नेमा जम्मा ९ दशमलव ५ प्रतिशत मात्रै भन्सार लाग्ने ब्यवस्थाले स्वदेशी कालिगढ, श्रम र शीप खेर जाने अवस्था आएकोले उक्त ब्यवस्थलाई पुनरावलोकन गरिनुपर्ने लगायतका मा ग छन् । यस्तै झिटी–गुण्टा अन्तर्गत पैठारी हुने सुन को सीमा बढाइनु पर्ने, झिटी–गुण्टा अन्तर्गत भित्रिने सुनको खरीद बीलमा प्रवेश विन्दुमा भंसार कार्यालयले छाप लगाउने र सोही निस्साको आधारमा पैठारी कर्ताबाट गहना व्यवसायीले फाइन गोल्ड खरीद गर्न सक्ने प्रावधान हुनु पर्ने, सुनचाँदीको कारोबार सम्बन्धि प्रष्ट निर्देशिका बनाइनु पर्ने लगायतका माग गरिएको थियो । भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किशान सुनार, निवर्तमान अध्यक्ष सुरेशमान श्रेष्ठ, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल सुनचाँदी ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, रत्न आभुषण महासंघका प्रथम उपाध्यक्ष द्धारिका शंकर, महासचिव निर वहादुर विक, काठमाडौं सुनचाँदी ब्यवसायी संघकी अध्यक्ष रोहिना शाक्य लगायतका ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।



More Albums
१२ औं बार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्दै महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

१३ बुँदे पोखरा घोषणापत्र जारी
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको १२ औं बार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न, १३ बुँदे पोखरा घोषणापत्
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनचाँदी ब्यवसायी महासंघ लुम्विनी प्रदेशले बुझायो प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापन पत्र
सुनाखरी न्युज दाङ । नेपाल सुनठ...

सुनचाँदीको भन्सार दर घटाउन उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेल सकारात्मक
काठमाडौं । उपप्रधानमन्त्री तà ...

सुनचाँदी ब्यवसायी महासंघद्धारा उपप्रधान एवं अर्थमन्त्री पौडेलसँग भेट, भन्सार दर समायोजन गर्न आग्रह
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा क्षमता मूल्याङकन तथा अभमिुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघमा सलाउद्धीन जसगढको अध्यक्षतामा नयाँ कार्य समिति
बाँके । नेपालगञ्ज सुनचाँदी बॠ...

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायमà ...