Tel +977-1-4532270
7
Baisakh
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
256945/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4449.50/-

FINE GOLD (9999)
per 1 tola

रु
299700

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5190

Notices:

सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग

Date: Feb 08, 2021
काठमाडौं- सुनचाँदी ब्यवसायीहरुले सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सँगको भेटमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार कोटा प्रणाली खारेजीकालागि सुनचाँदी ब्यवसायीले अगाडि सारेको मागमा आवश्यक सहयोगगर्न महासंघसँग आग्रह गरेका हुन् । महासंघका अध्यक्ष गोल्छासँगको भेटकाक्रममा सुनचाँदी ब्यवसायीका तर्फवाट अध्यक्ष माणिकरत्न शाक्यले निर्वाधरुपमा ब्यवसाय सञ्चालनकालागि ब्यवसाय सञ्चालन ल्याउनुपर्ने, निर्यात प्रवद्र्धनकालागि आवश्यक नीतिगत ब्यवस्था हुनुपर्ने, स्वदेशमा नै सुनचाँदी तालिक केन्द्रहरु सञ्चालन गरिनुपर्ने तथा कच्चा सुन प्रशोधन केन्द्र समेत स्थापना गरिनुपर्ने लगायतका बिषयलाई कार्यान्व्यनमा ल्याउन महासंघको सहयोगको अपेक्षा गरिएको बताए । त्यसक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले सुनचाँदी ब्यवसायीका समस्या समाधानकालागि महासंघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । ब्यवसायीका जायज मागमा महासंघले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष गोल्छाले अहिलेको खुल्ला बजारमा कोटा प्रणाली ठीक नभएको भन्दै सुनचाँदी ब्यवसायीको आग्रह अनुसार त्यसलाई खारेज गर्न मासंघले पहलकदमी लिने बिश्वास ब्यक्त गरे । आयातित सुन पुनः विदेश नजाओस भन्नकालागि सिमा नाका जोडिएका मुलुकमा भन्दा बढी भन्सार दर कायम गर्नै सकीने ब्यवसायीको सुझाव छ । पछिल्लो समय नेपालमा विभिन्न बाणिज्य बैंकहरु मार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ । केही स्यम अगाडिसम्म दैनिक २० किलो आयात हुँदै आएकोमा कोरोना महामारीपछि सरकारले यसलाई दैनिक १० किलोमा सिमित गरेको हो । देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनवाट देखिएको छ ।



More Albums
सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डा राष्ट्रिय नीतिमा समावेस गरिने
काठमाडौं । सुनचाँदी क्षेत्रठ...

रूपन्देही सुन चाँदी व्यावसायि सघं को पाचौं साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न
काठमाडौं । रूपन्देही सुन चाँद ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक ।
काठमाडौं । सुनको आपूर्ति बढाठ...

राज्यले व्यवसायीक लगानीको सुरक्षा गर्नुपर्छः अध्यक्ष शाक्य
तुलसीपुर- नेपाल सुनचाँदी व्यवà ...

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक, छिट्टै निर्णय हुन्छः अर्थमन्त्री पौडेल
काठमाडौं । सुनको आपूर्ति बढाठ...

दौड प्रतियोगितामा महासंघका अध्यक्ष शाक्य बिजयी
काठमाडौं- नेपाल चेम्वस अफ कमरॠ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न
काठमाडौं- नेपाल सुनचाँदी ब्यव ...

सुनको आपूर्ति बढाउन वाणिज्य मन्त्री भट्ट सँग आग्रह
काठमाडौं । उद्योग, वाणिज्य तथठ...

सुनको आपूर्ति तत्काल बढाउन माग
काठमाडौं । बजारमा कच्चा सुनको ...