Tel +977-1-4532270
10
Baisakh
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
256085/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4304/-

FINE GOLD (9999)
per 1 tola

रु
298700

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5020

Notices:

नेपाली गरगहनाको निर्यात प्रवद्र्धनकालागि शिप मूलक तालिममा जोड

Date: Feb 08, 2021
काठमाडौं । नेपाली गरगहनाको निर्यात प्रवद्र्धनकालागि शिप मूलक तालिम दिलाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा र सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधीमण्डलको वीच शोमबार भएको छलफलमा यस्तो आवश्यकता औंल्याइएको हो । ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक राणाले सुनचाँदी ब्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै त्यसकालागि आवश्यकपर्ने शीपमूलक तालिमकालागि केन्द्रले सहयोग गर्ने वताउनुभयो । उहाँले नेपाली परम्परागत कला कौशल युक्त गरगहनाको निर्यातवाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त संभावना रहेको बिचार ब्यक्त गर्दै यस्ता कार्यमा केन्द्रको सहयोग सदैव हुने बिश्वास दिलाउनुभयो । नेपाली गरगहनाको निकासीमा कुनै समस्या भए त्यसको समाधानकालागि आवश्यक सहजीकरणगर्न केन्द्र तयार रहेको उल्लेद गर्दै उहाँले केन्द्रले ब्यवसायीक हितकालागि संभव भएसम्मका सवै क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । नेपाली गरगहना निर्यातकाक्रममा भन्सार नाकामा उत्पन्न हुने प्राविधिक कठीनाइलाई सरलीकरणगर्न केन्द्रले आवश्यक पहल गर्ने आश्वासन समेत उहाँले दिनुभयो । त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मैलिक गरगहनाको निर्यातवाट ब्यवसाय वृद्धि मात्र नभई मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर समेत सृजना हुने तथा मुलुकमा विदेशी मुद्रा भित्रने संभावना पनि बढ्ने भएकोले यसतर्फ सरकार र ब्यवसायी सवैको ध्यान जान आवश्यक भएको बताउनुभयो । केन्द्रसँग निर्यात प्रवद्र्धन, गरगहना निर्माणकालागि आवश्यक पर्ने तालिम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठि तथा मेला लागयकाका क्षेत्रमा सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो । छलफलमा महासंघका तर्फवाट उपाध्यक्ष पवन कुमार सोमानी, प्रश्तावित उपाध्यक्ष महेन्द्ररत्न शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाई बज्राचार्य, सहकोषाध्यक्ष पद्मशुन्दर शाक्य, लगायतको सहभागिता थियो ।



More Albums
सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डा राष्ट्रिय नीतिमा समावेस गरिने
काठमाडौं । सुनचाँदी क्षेत्रठ...

रूपन्देही सुन चाँदी व्यावसायि सघं को पाचौं साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न
काठमाडौं । रूपन्देही सुन चाँद ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक ।
काठमाडौं । सुनको आपूर्ति बढाठ...

राज्यले व्यवसायीक लगानीको सुरक्षा गर्नुपर्छः अध्यक्ष शाक्य
तुलसीपुर- नेपाल सुनचाँदी व्यवà ...

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक, छिट्टै निर्णय हुन्छः अर्थमन्त्री पौडेल
काठमाडौं । सुनको आपूर्ति बढाठ...

दौड प्रतियोगितामा महासंघका अध्यक्ष शाक्य बिजयी
काठमाडौं- नेपाल चेम्वस अफ कमरॠ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न
काठमाडौं- नेपाल सुनचाँदी ब्यव ...

सुनको आपूर्ति बढाउन वाणिज्य मन्त्री भट्ट सँग आग्रह
काठमाडौं । उद्योग, वाणिज्य तथठ...

सुनको आपूर्ति तत्काल बढाउन माग
काठमाडौं । बजारमा कच्चा सुनको ...