Tel +977-1-4532270
20
Jestha
2083
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
266890/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
4604/-

FINE GOLD (9999)
per 1 tola

रु
311300

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
5370

Notices:

स्वदेशी श्रम र शीपलाई प्रवद्र्धनगर्न गभर्नर अधिकारीको आग्रह, भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’

Date: Feb 10, 2021
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वदेशी श्रम र शीपलाई प्रवद्र्धनगर्न आग्रह गर्नुभएको छ । नेपालको ठूलो जनशक्ति रोजगारीकालागि विदेश पलायन हुनुपरेको विद्यमान अवस्थामा पनि नेपालमा भने कयौं क्षेत्रमा अझै पनि विदेशी कालिगढको वाहुल्यता रहेको उल्लेख गर्दै उहाँले स्वदेशमा नै पर्याप्त तालिमको ब्यवस्थागरी रोजगारी प्रवद्र्धनगर्न सकीने बताउनुभयो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधीमण्डल सँग बुधबार भएको छलफलमा गभर्नर अधिकारीले सुनचाँदीको क्षेत्रमा कामगर्नका लागि पर्याप्तमात्रामा स्वदेशी कालिगढ उत्पादनगर्न र विदेशी कालिगढलाई विस्थापित गर्न सुझाव दिनुभयो । स्वदेशी कालिगढ उत्पादनका लागि आवश्यक पर्ने शीप विकास तालिमका लागि राष्ट्र बैंकले समेत सहयोग गर्ने प्रतिवद्धता समेत उहाँले ब्यक्त गर्नुभयो । एक तथ्याङक अनुसार नेपालको सुनचाँदी क्षेत्रमा मात्रै झण्डै ७० हजार विदेशी कालिगढले काम गर्दै आएका छन् । जसवाट ठूलो धनराशी विदेशीँदै आएको छ । ब्यवसायी सँगको छलफलकाक्रममा गभर्नर अधिकारीले भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’ लागु गर्न समेत जोड दिनुभयो । अहिलेको डिजिटल युगमा परम्परागत शैली प्रयोग गर्नु आफैंमा अब्यवहारिक भएको उल्लेख गर्दै सुनचाँदी ब्यवसायमा हुने भुक्तानी प्रणालीलाई पनि तत्काल डिजिटल प्रणालीमा परिमार्जन गर्न उहाँले आग्रह गर्नुभयो । ‘सुनचाँदीको क्षेत्रमा ठूलाठूला कारोबार हुने गरेको भएपनि अझै सम्म पनि यस्तो कारोबार परम्परागत प्रविधि अनुरुप नै हुनेगरेको छ,’ उहाँले भन्न्ेभयो ‘समय सापेक्ष रुपमा कारोबार प्रणालीमा परिमार्जन ल्याउन आवश्यक छ ।’ सुनचाँदी ब्यवसायीले अगाडि सारेका मागहरुबारे आफू सकारात्मक रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले संभव भएसम्म माग पुरा गराउन राष्ट्र बैंक तयार रहेको बताउनुभयो । उहाँले सुनको आपूर्ति विदेशी मुद्राको संञ्चिति सँग सम्वन्धित रहेको उल्लेख गर्दै बजारको माग अनुरुप त्यसलाई ब्यवस्थापन गर्न राष्ट्र बैंक सकारात्मक रहेको बताउनुभयो । उहाँले तोकिएका नाकाहरुवाट पनि सरल र सहजरुपमा सुन वितरणको ब्यवस्था मिलाउन, १५ दिन अगावै सिफारिस विना नै सुन विक्री गर्ने गरिएको भए त्यसलाई नियन्त्रणगर्न, आफूर्तिमा लागु हुँदै आएको कोटाको सिमा पुनरावलोकन गर्न र ब्यवसायीले उठाएका अन्य जायज मागहरुको सम्वोधन गर्न राष्ट्र बैंक तयार रहेको बताउनुभयो । त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले ब्यवसाय सञ्चालनका दौरानमा आइपरेका समस्याहरु जानकारी गराउँदै तीनलाई हलगर्नका लागि पहल गर्न आग्रह गर्नुभयो । उहाँले ब्यवसायीलाई परेका समस्या समाधान गर्न राष्ट्र बैंकको अहँ भूमिका हुने उल्लेख गर्दै त्यसमा आवश्यक पहल गर्न आग्रह गर्नुभयो । गभर्नर अधिकारीसँगको भेटकाक्रममा महासंघका विभिन्न पदाधिकारीहरुको सहभागिता थियो ।



More Albums
सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डा राष्ट्रिय नीतिमा समावेस गरिने
काठमाडौं । सुनचाँदी क्षेत्रठ...

रूपन्देही सुन चाँदी व्यावसायि सघं को पाचौं साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न
काठमाडौं । रूपन्देही सुन चाँद ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक ।
काठमाडौं । सुनको आपूर्ति बढाठ...

राज्यले व्यवसायीक लगानीको सुरक्षा गर्नुपर्छः अध्यक्ष शाक्य
तुलसीपुर- नेपाल सुनचाँदी व्यवà ...

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक, छिट्टै निर्णय हुन्छः अर्थमन्त्री पौडेल
काठमाडौं । सुनको आपूर्ति बढाठ...

दौड प्रतियोगितामा महासंघका अध्यक्ष शाक्य बिजयी
काठमाडौं- नेपाल चेम्वस अफ कमरॠ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको आठौं स्थापना दिवस भब्यरुपमा सम्पन्न
काठमाडौं- नेपाल सुनचाँदी ब्यव ...

सुनको आपूर्ति बढाउन वाणिज्य मन्त्री भट्ट सँग आग्रह
काठमाडौं । उद्योग, वाणिज्य तथठ...

सुनको आपूर्ति तत्काल बढाउन माग
काठमाडौं । बजारमा कच्चा सुनको ...