Tel +977-1-4532270
5
Ashoj
2080
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
96110/-

TEJABI GOLD
per 10 grm

Nrs
95640/-

SILVER
per 10 grm

Nrs
1222/-

FINE GOLD (9999)
per 1 tola

रु
112100

TEJABI GOLD
per 1 tola

रु
111550

SILVER
per 1 tola

रु
1425

Notices:

आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्णः डा. पौडेल

Date: Aug 03, 2021
काठमाडौं । राष्ट्रिय योजना आयोगमा नवनियुक्त उपाध्यक्ष डा. विश्व नाथ पौडेलले मुलुकको आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ । यो क्षेत्रवाट बर्षेनी अरवौंको राजस्व प्राप्त हुने मात्र नभई लाखौको संख्यामा रोजगारीको अवसर समेत सृजना हुने भएकोले मुलुकको आर्थिक विकास र परिवर्तनमा यो क्षेत्रमा भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभएको हो । नेपाल सनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटकाक्रममा उपाध्यक्ष पौडेलले सुनचाँदी क्षेत्रको विकास र विस्तारकालागि राज्यले आवश्यक पहल गर्ने बताउनुभयो । सुनचाँदी क्षेत्रका एजेण्डाहरुलाई राष्ट्रिय नीतिमा समावेसगरी त्यसलाई ब्यवहारमा कार्यान्वयनमा ल्याउन सके यो क्षेत्रवाट अरुबढी लाभ लिन सकीने उहाँको भनाई छ । मौलिक गरगहनाको संरक्षण र प्रवद्र्धन, खानी उत्खनन्, निर्यात प्रवद्र्धन जस्ता बिषयलाई आयोगले महत्वका साथ हेर्ने प्रतिवद्धता पनि त्यसक्रममा उहाँले ब्यक्त गर्नुभयो । उपाध्यक्ष पौडेलसँगको भेटकाक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी ब्यवसाय सञ्चालनकाक्रममा ब्यवसायीले भोग्नु परेका विभिन्न किसिमका समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले यो ब्यवसायको विकास र विस्तारकालागि राज्यले अवलम्वन गर्नुपर्ने नीतिका बारेमा प्रकाश पार्नुभएको थियो । बजारमा पर्याप्त मात्रामा कच्चा पदार्थको समेत आपूर्ति हुन नसक्दा यसवाट ब्यवसाय सञ्चालनमा समस्या सृजना भएको उहाँको भनाई छ । उपाध्यक्ष पौडेलसँगको भेटका क्रममा महासंघको तर्फवाट अध्यक्ष शाक्य सहित महासचिव धर्म शुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरण भाई बज्राचार्य लगायको उपस्थिति रहेको थियो ।



More Albums
सुनको आपूर्ति बढाउन वाणिज्य मन्त्री भट्ट सँग आग्रह
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ...

सुनको आपूर्ति तत्काल बढाउन माग
काठमाडौं । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति ...

नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल र शिक्षा मन्त्रि श्रेष्ठबीच भेटवार्ता सम्पन्न
काठमाडौं- नेपाल सुनचाँदी ब्यबसायी महासंघको प्रतिनिधीमण्डल ...

आमस्मिक पदाधिकारी वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महसंघको आकस्मिक पदाधिक ...

नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ साधारणसभा सम्पन्न
नुवाकोेट । नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ वार्ष ...

सुनचाँदी व्यवसायी संघ कास्कीको पदस्थापन
काठमाडौं सुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट ...

जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन ।
काठमाडौं- सुनचाँदी ब्यवसायको प्रवद्र्धन गर्ने प्रमूख उद्ध ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको पहिलो पूर्ण वैठक सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको पहिलो पूर्ण वै ...

स्वदेशी श्रम र शीपलाई प्रवद्र्धनगर्न गभर्नर अधिकारीको आग्रह, भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील ...

सुनको आपूर्ति ब्यवस्था सहज वनाइने
???????? ? ??????? ??????? ?????? ????? ???? ????? ???? ? ?????? ????? ???????? ?? ????????? ? ?????????? ?????? ???? ? ? काठमाडौं । वि ...