Tel +977-1-4532270
21
Kartik
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
204390/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2589/-

FINE GOLD (9999)
per 1 tola

रु
238400

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
3020

Notices:

आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्णः डा. पौडेल

Date: Aug 03, 2021
काठमाडौं । राष्ट्रिय योजना आयोगमा नवनियुक्त उपाध्यक्ष डा. विश्व नाथ पौडेलले मुलुकको आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ । यो क्षेत्रवाट बर्षेनी अरवौंको राजस्व प्राप्त हुने मात्र नभई लाखौको संख्यामा रोजगारीको अवसर समेत सृजना हुने भएकोले मुलुकको आर्थिक विकास र परिवर्तनमा यो क्षेत्रमा भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभएको हो । नेपाल सनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटकाक्रममा उपाध्यक्ष पौडेलले सुनचाँदी क्षेत्रको विकास र विस्तारकालागि राज्यले आवश्यक पहल गर्ने बताउनुभयो । सुनचाँदी क्षेत्रका एजेण्डाहरुलाई राष्ट्रिय नीतिमा समावेसगरी त्यसलाई ब्यवहारमा कार्यान्वयनमा ल्याउन सके यो क्षेत्रवाट अरुबढी लाभ लिन सकीने उहाँको भनाई छ । मौलिक गरगहनाको संरक्षण र प्रवद्र्धन, खानी उत्खनन्, निर्यात प्रवद्र्धन जस्ता बिषयलाई आयोगले महत्वका साथ हेर्ने प्रतिवद्धता पनि त्यसक्रममा उहाँले ब्यक्त गर्नुभयो । उपाध्यक्ष पौडेलसँगको भेटकाक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी ब्यवसाय सञ्चालनकाक्रममा ब्यवसायीले भोग्नु परेका विभिन्न किसिमका समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले यो ब्यवसायको विकास र विस्तारकालागि राज्यले अवलम्वन गर्नुपर्ने नीतिका बारेमा प्रकाश पार्नुभएको थियो । बजारमा पर्याप्त मात्रामा कच्चा पदार्थको समेत आपूर्ति हुन नसक्दा यसवाट ब्यवसाय सञ्चालनमा समस्या सृजना भएको उहाँको भनाई छ । उपाध्यक्ष पौडेलसँगको भेटका क्रममा महासंघको तर्फवाट अध्यक्ष शाक्य सहित महासचिव धर्म शुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरण भाई बज्राचार्य लगायको उपस्थिति रहेको थियो ।



More Albums
काठमाडौं उपत्यका वाहिरवाट पनि सुन वितरणगर्ने ब्यवस्था सहजगर्न वैंकर्ष संघ सहमत
काठमाडौं । नेपाल बैंकर्ष संघ ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वरका प्रतिनिधिमण्डलवीच भेटबार्ता
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नवनियुक्त अध्यक्ष माणिकरत्न शाक्यद्धारा पदभार ग्रहण
काठमाडौं- नेपाल सुनचाँदी ब्यव ...

माणिकरत्न शाक्यको अध्यक्षतामा शर्वसम्मत नयाँ नेतृत्व
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

Chitwon gold and silver dealers association AGM
Chitwon gold and silver dealers association AGM ...

Dang tulsipur Gold and silver dealers Assocaition AGM
Dang tulsipur Gold and silver dealers Assocaition AGM ...

Lalitpur gold and silver dealers association annual AGM program
Lalitpur gold and silver dealers association annual AGM program ...

Bisesh Sadharan sava
...

4th Sthapana Diwas
...

Rastriya vela 2073.10.17
Rastriya vela 2073.10.17 ...