Tel +977-1-4532270
21
Kartik
2082
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
204390/-

TEJABI GOLD
per 10 grm

Nrs
0/-

SILVER
per 10 grm

Nrs
2589/-

FINE GOLD (9999)
per 1 tola

रु
238400

TEJABI GOLD
per 1 tola

रु
0

SILVER
per 1 tola

रु
3020

Notices:

सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभा सम्पन्न

Date: Mar 28, 2022
काठमाडौं । सुनचाँदी ब्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष शुरेसमान शाक्यको सभापतित्वमा सो साधारणसभा सम्पन्न भएको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमूख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । त्यसक्रममा मन्त्री श्रेष्ठले ब्यवसायीका माग सम्वोधन गर्न आफु तयार रहेको बताउनुभयो । सुनचाँदी ब्यवसायीलाई ब्यवसाय सञ्चालनकालागि प्रष्ट कानूनको अभाव रहेको देखिएकोले त्यसको ब्यवस्थाकालागि पनि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता उहाँले ब्यक्त गर्नुभयो । सुनचाँदीका नेपाली मौलिक गरगहना निर्यातको प्रचुर संभावना रहेर पनि त्यस अनुसार गरगहनजा निर्यात भएकोनपाइएकोले यसतर्फ लाग्न उहाँले ब्यवसायीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले ब्यवसायीका विभिन्न पक्षमाथि प्रकाश पार्नुभएको थियो । कच्चा सुनको आपूर्ति ब्यवस्था प्रभावकारी वनाउन ब्यवसायीहरुले गरेको आग्रहलाई सम्वोधन गर्दै उहाँले आवश्यकता अनुसार कच्चा पदार्थ आपूर्तिको सुनिश्चितताका लागि महासंघले पहल गरिरहेको बताउनुभयो । त्यसक्रममा संघका निवर्तमान अध्यक्ष महेन्द्र रत्न शाक्य, सचिव रोहिना देखि शाक्य लगायतले संघका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो । त्यसक्रममा निविर्तमान अध्यक्ष शाक्यले नेगोसिडा प्रशिक्षण केन्द्रको बारेमा समेत प्रकाश पार्नुहुँदै त्यसकालागि सिटिइभिटीको सम्वन्धन प्राप्त भएको लगायतका बिषयमा जानकारी गराउनुभयो । त्यसक्रममा महासंघका बिशिष्ट सल्लाहकार तेजरत्न शाक्य, बिशिष्ट सदस्य मणिरत्न शाक्य लगायतका ब्यीक्तहरुको सहभागिता रहको थियो । बन्दसत्रमा सुनको पर्याप्त आपूर्ती ब्यवस्था मिलाउन ब्यवसायीहरुले माग गरेका थिए । त्यसक्रममा संघको भवन निर्माणमा सहयोग पु¥à¤¯à¤¾à¤‰à¤¨à¥‡ ७५ जना भन्दा बढी ब्यक्तिलाई सम्मान गरिएको थियो ।



More Albums
काठमाडौं उपत्यका वाहिरवाट पनि सुन वितरणगर्ने ब्यवस्था सहजगर्न वैंकर्ष संघ सहमत
काठमाडौं । नेपाल बैंकर्ष संघ ठ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वरका प्रतिनिधिमण्डलवीच भेटबार्ता
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

नवनियुक्त अध्यक्ष माणिकरत्न शाक्यद्धारा पदभार ग्रहण
काठमाडौं- नेपाल सुनचाँदी ब्यव ...

माणिकरत्न शाक्यको अध्यक्षतामा शर्वसम्मत नयाँ नेतृत्व
काठमाडौं । नेपाल सुनचाँदी ब्य ...

Chitwon gold and silver dealers association AGM
Chitwon gold and silver dealers association AGM ...

Dang tulsipur Gold and silver dealers Assocaition AGM
Dang tulsipur Gold and silver dealers Assocaition AGM ...

Lalitpur gold and silver dealers association annual AGM program
Lalitpur gold and silver dealers association annual AGM program ...

Bisesh Sadharan sava
...

4th Sthapana Diwas
...

Rastriya vela 2073.10.17
Rastriya vela 2073.10.17 ...