Tel +977-1-4532270
13
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
116425/-

TEJABI GOLD
per 10 grm

Nrs
115865/-

SILVER
per 10 grm

Nrs
1419/-

FINE GOLD (9999)
per 1 tola

रु
135800

TEJABI GOLD
per 1 tola

रु
135150

SILVER
per 1 tola

रु
1655

Notices:

सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालियोः नेपाल सुनचाँदी ब्यवसायी

Date: Feb 16, 2023
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनका गहगहनाहरु लाई प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको करोबार गर्ने ब्यवसायीहरु लाई पक्रने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य हुन थालेको भन्दै आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले विहिबार एक विज्ञप्ति जारी गर्दै राज्यले तोकेको मापदण्ड अनुरुप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालिएको र यसले आम ब्यवसायीलाई हतोत्साही मात्र वनाएको छैन, सिङगो पेशा प्रति नै वितृष्णा पैदा गरेको जनाएको हो । महासंघका प्रवक्ता मनोज कुमार साहद्धारा जारी विज्ञप्तिमा विधिवत तरिकाले बैंकवाट आउने सुन वाहेक विदेशवाट आउनेहरुले विना भन्सार ५० ग्राम सम्म र भन्सार तिरेर थप ५० ग्राम सुनका गरगहना ल्याउन पाउने ब्यवस्था भएपनि यसरी आउने सुनले बजारको मागलाई केही हदसम्म भए पनि बजारको मागलाई परिपूर्तिगर्न सहयोग पु¥याएको महासंघा अध्यक्ष माणिक रत्न शाक्यले बताउनुभयो । विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा यसरी ल्याइएका सुनका गहगहनाहरु लाई प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको करोबार गर्ने ब्यवसायीहरु लाई पक्रने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य हुन थालेको छ । राज्यले तोकेको मापदण्ड अनुरुप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालिएको छ । जसले आम ब्यवसायीलाई हतोत्साही मात्र वनाएको छैन, सिङगो पेशा प्रति नै वितृष्णा पैदा गरेको छ ।’ ‘सरकारले सुनका गरगहना नेपाल ल्याउँदा सम्वद्ध चेकजाँच गर्ने स्थान (भन्सार नाका) मा नै त्यसको वैधता परीक्षण गर्न आवश्यक हुन्छ’ विज्ञप्तिमा भनिएको छ ‘भन्सार वाट विविधत रुपमा ल्याइएका गरगहनाहरु त्यस पश्चात ब्यवसायीकोमा जम्मा हुँदा त्यसैलाई अवैध सम्झने, गरगहना देख्ने वित्तिकै त्यस प्रति गलत आसंका गर्ने, ब्यवसायीलाई त्रसित वनाउने, अनुगमनका नाममा अनावश्यक दुःख दिने जस्ता कार्य निन्दनिय छन् ।’ नेपालको राजपत्रमा ५० ग्राम सम्म सुनका गहना ल्याउन पाउने प्रष्ट ब्यवस्था छ । यस्तै देवानी संहिताले सुनलाई नगदसरह मान्यता प्रदान गरेको छ । यसर्थ यसरी वैध तरिकाले ल्याइएको सुन कसरी अवैध हुन्छ ? वैध तरिकावाट आयत गरी कारोबार गर्ने कारोवारी कसरी दोषि भए ? यस तर्फ महासंघको गंभिर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा उल्लेख छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ मुलुकभरका सुनचाँदी व्यवसायीेहरुको अधिकारको रक्षार्थ क्रियाशिल संस्था हो । २०४४ सालमा सुनचाँदी व्यवसायी संघका रुपमा गठन भई २०६९ देखि यस संस्था नेपाल सुनचाँदी व्यवसायी महासंघको रुपमा रहँदै आएको छ । हाल यससंस्थामा विभिन्न जिल्ला तथा नगर संघ समेतगरी ६६ वटा संघमा आवद्य छन् । यहाँहरु सबैलाई विदितै छ महासंघले आम उपभोक्ता र ब्यवसायीको हक अधिकारको सुनिश्चितता गर्नुका सार्थ सुनचाँदीको दैनिक दरभाउ निधारण गर्ने गर्दछ । साथै नेपाल राष्ट्र बैंकको कार्यविधि अनुरुप प्राप्त सुनलाई आफ्ना सदस्य संस्थाहरुलाई बाँडफाँटको कार्य गर्ने गर्दछ । सरकारले पछिल्लो समय दैनिक १० किलोग्राम सुनको आपूर्ति व्यवस्था गरेको छ । जुन व्यवसायीका लागि निकै अपुग रहेको छ ।



More Albums
नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघमा सलाउद्धीन जसगढको अध्यक्षतामा नयाँ कार्य समिति
बाँके । नेपालगञ्ज सुनचाँदी ब्यवसायी संघ बाँकेको सातौं बार् ...

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्य ...

सुनचाँदी ब्यवसायीलाई गोएएमएल सफ्टवेयर सञ्चालनबारे प्रशिक्षण
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले महासंघमा आवद् ...

बजेटले गरेको नयाँ ब्यवस्थाप्रति सुनचाँदी ब्यवसायीको असन्तुष्टि, बजेट नियन्त्रणमुखी र विभेदकारी भएको
कठमाडौं । नेपाल भरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्थाको ...

औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रम ...

मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक ...

खानी उत्खनन् र रिफाइनरी सेन्टर सञ्चालनमालागि निजी क्षेत्रलाई वाटो खोल्न सरकार तयार
काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालmयका सचिव मध ...

सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिन्छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनचाँदी ब्यवसाय ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना दिवस भब्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको दशौं स्थापना द ...

सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालियोः नेपाल सुनचाँदी ब्यवसायी
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनका गहगहनाह ...