Tel +977-1-4532270
14
Baisakh
2081
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
117625/-

TEJABI GOLD
per 10 grm

Nrs
117065/-

SILVER
per 10 grm

Nrs
1436/-

FINE GOLD (9999)
per 1 tola

रु
137200

TEJABI GOLD
per 1 tola

रु
136550

SILVER
per 1 tola

रु
1675

Notices:

सुनको आपूर्ति बढाउन वाणिज्य मन्त्री भट्ट सँग आग्रह

Date: Mar 04, 2021
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा बिहिबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलसँग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको बताए । बजारको आवश्यक अनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारीलाई समेत प्रोत्साहनगर्न सक्ने तर्फ सचेत रहनुपर्ने आवश्यकता उनले औंल्याए । त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री भट्टसँग आग्रह गर्नुभयो । उहाँले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गर्नुभयो । अहिले बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उहाँले स्मरण गराउनुभयो । पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । यसैवीच नेपाल सुनचाँदी ब्यवासयी महासंघको ८ औं स्थापना दिवस बिहीबार सम्पन्न भएको छ । महासंघको कन्द्रिय कार्यालय, सातैवटा प्रदेश र सवै जिल्लामा विभिन्न कार्यक्रमगरी सो दिवस मनाइएको हो ।



More Albums
नेपाली गरगहनाको निर्यात प्रवद्र्धनकालागि शिप मूलक तालिममा जोड
काठमाडौं । नेपाली गरगहनाको निर्यात प्रवद्र्धनकालागि शिप म ...

सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग
काठमाडौं- सुनचाँदी ब्यवसायीहरुले सुन आयातमा लागु हुँदै आएक ...

काठमाडौं उपत्यका वाहिरवाट पनि सुन वितरणगर्ने ब्यवस्था सहजगर्न वैंकर्ष संघ सहमत
काठमाडौं । नेपाल बैंकर्ष संघ काठमाडौं उपत्यका वाहिरवाट पनि ...

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वरका प्रतिनिधिमण्डलवीच भेटबार्ता
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र चेम्वर अफ कमर्श ...

नवनियुक्त अध्यक्ष माणिकरत्न शाक्यद्धारा पदभार ग्रहण
काठमाडौं- नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध ...

माणिकरत्न शाक्यको अध्यक्षतामा शर्वसम्मत नयाँ नेतृत्व
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको सातौं तथा आठौ ब ...

Chitwon gold and silver dealers association AGM
Chitwon gold and silver dealers association AGM ...

Dang tulsipur Gold and silver dealers Assocaition AGM
Dang tulsipur Gold and silver dealers Assocaition AGM ...

Lalitpur gold and silver dealers association annual AGM program
Lalitpur gold and silver dealers association annual AGM program ...

Bisesh Sadharan sava
...