Tel +977-1-4532270
17
Chaitra
2079
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
93620/-

TEJABI GOLD
per 10 grm

Nrs
93190/-

SILVER
per 10 grm

Nrs
1200/-

FINE GOLD (9999)
per 1 tola

रु
109200

TEJABI GOLD
per 1 tola

रु
108700

SILVER
per 1 tola

रु
1400

Notices:

Message from President

व्यवसायिक सुरक्षा आजको आबश्यकता:
 
 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघ, मुलुकभरका सुनचाँदीको पेसा व्यवसायमा आबद्ध व्यवसायीहरूको साझा संस्था हो । सुनचाँदी क्षेत्रमा आबद्ध व्यवसायीको हक अधिकारको सुनिश्चितता तथा सुनचाँदीका गरगहनाको खरिदबिक्री एवं कारोबारमा देखा परेका समस्यालाई समाधान गर्ने यसको प्रमुख उद्देश्य रहेको छ । सुनचाँदी व्यवसायी सँघ हुँदै महासंघमा परिणत भए पश्चात हामीले अहिले सुनचाँदी व्यवसायी महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा तथा तेस्रो महाअधिवेशन सम्पन्न गरी नयाँ नेतृत्वकासाथ कार्यारम्भ गरेका छौं । व्यवसायिक सुरक्षा  र यसको सुनिश्चितता नै आजको प्रमुख आवश्यकता हो । 
सुनचाँदीको ब्यवसायमा सरकार, उपभोक्ता, ब्यवसायी र कालिगढको चौतर्फि सम्वन्ध रहेको हुन्छ । उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सेवाको उपलब्धता, ब्यवसायीलाई ब्यवसायिक सुरक्षा एवं अधिकार र प्रतिफल, कालिगढलाई उपयुक्त रोजगारी र आयको ब्यवस्था तथा सरकारलाई राजस्व अभिवृद्धि र अर्थतन्त्रमा टेवा पुग्ने काम यो ब्यवसायवाट भैरहेको छ । मेरो नेतृत्वमा रहेको हाम्रो यस महासंघले यही मूल मर्मलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रण हामी गर्दछौं । यसका लागि महासंघको नेतृत्व सदैव कृयाशील रहने बिश्वास दिलाउन चाहन्छु । समयको दौरानमा आउने आरोह अवरोहहरूलाई हामीले सामुहिकरूपमा सम्वोधन गर्दै आफ्नो पेशागत सुरक्षा र अधिकारका लागि सक्दो पहल जारी राख्दै आएका छौं  र आगमी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रण गर्दछौं ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीवाट अन्य क्षेत्र जस्तै सुनचाँदी ब्यवसाय र यसमा आवद्ध ब्यवसायी पनि अलग रहने कुरै भएन । सुनचाँदी ब्यवसाय र यस ब्यवसायमा आवद्ध सम्पूर्ण ब्यवसायीलाई पनि यसले चरमरुपमा प्रभावित बनायो । सुनको भाउमा आएको बृद्धि, आपूर्तिकालागि ब्यवस्था भएको कोटामा कमी गरि दैनिक १० किलोमा मात्र सिमित गरिनु, झिटी गुन्टा भारीको प्रावधान अनुसार ५० ग्रामसम्म सुनका गहना भन्सार छुटमा ल्याउन पाउने भएतापनि स्थानीय बजारमा उक्त सुन खरिद बिक्रीमा रहेको समस्याहरुलाई पारलगाउँदै ब्यवसायलाई निरन्तरता दिनका लागि सम्वद्ध पेशा ब्यवसायीले आफूलाई एक कदम परिस्कृत गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता अहिले टड्कारोरुपमा देखिएको छ । 
महामारीको प्रभावलाई कमगर्दै त्यसवाट आफू पनि जोगिने र उपभोक्ता लगायतका सम्वद्ध सवैलाई जोगाउने अभियानमा आम ब्यवसायी लाग्नुपर्ने खाँचो छ । अन्य क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि सुरक्षाका मापदण्ड पालना गर्ने, सामाजिक दुरी कायम गर्ने, मास्क, सेनिटाइजर जस्ता सामाग्रीको निरन्तर आवश्यकता अनुसार प्रयोग गर्ने र समयको विकासक्रमसँगै ब्यवसाय र ब्यवसायिक गतिविधिलाई पनि परिमार्जन र परिस्कृत गर्दै लैजानु अहिलेको अपरिहार्य आवश्यकता हो । यसकालागि हामी निरन्तर कृयाशील रहेने छौं ।