Tel +977-1-4432270
5
Magh
2073
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
47585/-

STANDARD GOLD (9950)
per 10 grm

Nrs
47325/-

SILVER
per 10 grm

Nrs
686/-

FINE GOLD (9999)
per 1 tola

Nrs
55500/-

STADARD GOLD (9950)
per 1 tola

Nrs
55200/-

SILVER
per 1 tola

Nrs
800/-

started from 72-11-17 till 73-11/16
73/9/7 to 74/9/6
73.07.01 till 73.09.30

Recent News

Press Release

नेपाल सुनचाँदी व्यवसायी संघ महासंच हुने प्रेस विज्ञप्ती

Posted: 10 January, 2013



 

नेपाल सुनचाँदी व्यवसायी संघ,के्रन्द्रीय कार्यालयको
प्रेस विज्ञप्ती
– २०६९ –
 
नेपाल सुनचाँदी व्यवसायी संघ २०४४ सालमा सुनचाँदी व्यवसायीहरुको व्यवसायिक हक अधिकार प्राप्त गर्न र यस व्यवसायसँग सम्बन्धीत स्पष्ट सरकारी नीति नियमहरु बनाउने लक्ष लिएर काठमाडौंका ४० जना व्यवसायीहरुको संलग्नतामा स्थापना भएको हो । तत्कालीन सभ्रान्त वर्गका परिवारस“गको सुन खरीद गर्दा समस्या आएपछि व्यवसायीहरुलाई एकजुट गरी संगठन बनाउनु पर्ने आवश्यक महसुस गरी यस संघलाई स्थापना गर्ने पहल भएको थियो । संघको स्थापना गरी संस्थापक अध्यक्ष श्री जितेन्द्रलाल श्रेष्ठको अध्यक्ष्यतामा संघको स्थापना भई विभिन्न अग्रज व्यवसायीहरु श्री धर्मवीर शाक्य, श्री निरञ्जनरत्न शाक्यहरुको अध्यक्षता क्रम पछि हाल श्री तेजरत्न शाक्यले यस संघको अगुवाई गरी रहनु भएको छ । 
 
काठमाडौं जिल्लास्तरीय रुपमा स्थापना भई संघको महत्व र आवश्यकता बढ्दै गएपछि उपत्यकाव्यापी रुपमा र पछि देशव्यापी रुपमा विकास गर्दै जाने क्रममा प्रधान कार्यालय र केन्द्रीय कार्यालयको रुपमा संगठनको विकास हुँदै हाल ४० वटा विभिन्न जिल्लाहरुमा रहेका व्यवसायीहरुलाई समेट्दै राष्ट्रिय छाता संगठनको रुपमा कार्य गर्दै आइरहेको छ । संगठनको विकासलाई अगाडी बढाउँदै जाने क्रममा अहिले यस संघलाई महासंघमा रुपान्तरण गरी समस्त नेपाल भरी छरिएर रहेका विभिन्न अन्य संघसंस्थाहरुलाई पनि समेटेर लाने प्रस्ताव अघि सार्दै नेतृत्व प्रदान गर्ने पहल गर्दै यही पौष २७ गते शुक्रवार चौंथो राष्ट्रिय सम्मेलन तथा २१ औं बार्षिक साधारण सभा गरी महासंघको घोषणा गर्न गईरहेको कुरा जानकारीका लागि यो प्रेस बिज्ञप्ती प्रकाशित गरिएको छ ।
 
व्यवसायलाई मर्यादित, सरल, उपभोक्तामुखी, व्यवस्थित तथा सुरक्षित गर्दै यसका लागि आवश्यक सरकारी नीतिनियम निर्माण गर्ने, व्यवसायीहरुलाई यस सम्बन्धि चेतना अभिवृद्धि गर्दै गुणस्तरीय सेवाबाट व्यवसाय विस्तार र विकास गर्ने, व्यवसायलाई आवश्यक दक्ष जनशक्ति निर्माण, दक्षता र रोजगारी अभिवृद्धि गर्दै स्थानीय बजारको साथसाथमा अन्तर्राष्ट्रिय बजारमा निर्यात समेत गर्न सकिने यस व्यवसायलाई आवश्यक कच्चापर्दाथ सुनचा“दी तथा विभिन्न किमती तथा अर्धकिमती रत्न पत्थरहरुको आपूर्ति व्यवस्थित गर्ने, संसार कै  सवैभन्दा मह“गो धातु सुनको उत्खनन् र अनुसन्धान गरी देशमा रहेका अन्य खनीज पदार्थहरुको समेत खानीहरु पत्ता लगाउने तथा देशको राजश्व अभिवृद्धि गर्दै संगठनको विकास गर्दै लाने उद्देश्य प्रस्तावित महासंघले लिएको छ । देशमा रहेका विभिन्न संघसंस्थाहरुलाई छुट्टाछुट्टै संगठनहरुका रुपमा छरिएर संगठित भइ रहेका व्यवसायीहरुलाई पनि समेट्दै एकताबद्ध गरी अगाडी बढ्नका लागि महासंघको रुपमा परिणत गर्ने १९ औं बार्षिक साधारण सभाबाट प्रस्ताव गरी तेश्रो राष्ट्रिय सम्मेलन तथा २० औं बार्षिक साधारण सभाबाट निर्णय भए बमोजिम महासंघको विधान तयार गरी सकेर यही पौष २७ गते हुने चौंथो राष्ट्रिय सम्मेलन तथा २१ औं बार्षिक साधारण सभाबाट महासंघको घोषणा गरिंदै छ ।
 
सुनचाँदी हिरा जवाहरात, किमती तथा अर्ध किमती पत्थरहरु, सुनचाँदीका सजावटका सामान, ज्यावल मेशिन तथा औजारहरु लगायत यस व्यवसायसँग सम्बन्धित विभिन्न अन्य सेवाहरु प्रदान गर्ने व्यवसायीहरुको लागि यस संघले कार्य गर्दै आइरहेको परिप्रेक्षमा महासंघको गठन पश्चात अझै प्रभावशाली भँमिका यस प्रस्तावित महासंघले खेल्न सक्ने अपेक्षा गरिएको छ । 
 
कार्यक्रमः
चौंथो राष्ट्रिय सम्मेलन तथा २१ औं बार्षिक साधारण सभा
स्थानः WTC वल्र्ड टेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौं, नेपाल ।
मितिः २०६९ साल पौष २७ गते शुक्रवार
समयः विहान ११:०० वजे
 
तेजरत्न शाक्य
केन्द्रीय अध्यक्ष
नेपाल सुनचाँदी व्यवसायी संघ