Tel +977-1-4432270
5
Magh
2074
  • gms
  • tola

FINE GOLD (9999)
per 10 grm

Nrs
48695/-

TEJABI GOLD
per 10 grm

Nrs
48440/-

SILVER
per 10 grm

Nrs
643/-

FINE GOLD (9999)
per 1 tola

Nrs
56800/-

TEJABI GOLD
per 1 tola

Nrs
56500/-

SILVER
per 1 tola

Nrs
750/-

started from 73-11-18 till 74-11-17
73/9/7 to 74/9/6
73.11.01 till 74.10.30

Notices:

Recent News

सुनचाँदी महासंघका सल्लाहकारहरु सम्मानित, महासंघको भलाइमा सक्दो सहयोगगर्ने प्रतिवद्धता व्यक्त

Posted: 11 January, 2018



सुनचाँदी महासंघका सल्लाहकारहरु सम्मानित, महासंघको भलाइमा सक्दो सहयोगगर्ने प्रतिवद्धता व्यक्त
 
काठमाण्डौं । गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वचनमा निर्वाचित भएका लाई सम्मान गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार काठमाडौंमा अन्नपूर्ण होटलमा एक भब्य समारोहको आयोजनागरी निर्वाचित सल्लाहकारहरुलाई बधाई तथा सम्मान गरेको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका सल्लाहकारहरु प्रतिनिधि सभा निर्वाचनबाट इलाम क्षेत्र नम्वर २  वाट पुर्व सभामुख सुभाषचन्द्र नेम्वाङ, काठमाण्डौं क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, रुपन्देही क्षेत्र नं १ बाट एमालेका स्थायी कमिटि सदस्य एवं पूर्व कृषी मन्त्री छविलाल विश्वकर्मा र काठमाण्डौं क्षेत्र नं ९ बाट एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ विजयी भएका छन् । 
सम्मान कार्यक्रममा महासंघका अध्यक्ष मोहन कुमारसुनारले महासंघका विभिन्न गतिविधीको बारेमा प्रकाश पार्दै सुनचाँद िव्यवसायिहरुले भोग्नुपरेका समस्याको बारेमा अवगल गराएका थिए । 
महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसाय, यसले राज्यलाई कर मार्फत पु¥याएको योगदान ररोजगारी सृजनामा पु¥याएको योगदानको बारेमा जानकारी गराए । 
महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले कार्यक्रम सञ्चालन गर्दै महासंघका विभिन्न पक्षबारे प्रकाश पारेका थिए । 
कार्यक्रममा पुर्व सभामुख नेम्वाङले व्यसायीको हक अधिकारको रक्षाकालागि आफूहरु जस्तो सुकै सहयोगगर्नपनि तयार रहेको वताए । 
त्यसक्रममा महासंघका बिशिष्ट सदस्य तेजरत्न शाक्य, निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, उपाध्यक्षहरु अर्जुन रसाइली, मोहन काजी शाक्य, दियसरत्न शाक्यतथा कोषध्यष महेन्द्ररत्न शाक्य र सहकोषध्यक्ष किसन मास्के लगायत महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । 
हाल अन्य विभिन्न कानूनहरुसंगसंगै सुनचाँदी व्यवसायीका लागि आवश्यक कानूनहरु निर्माणको क्रममा रहेका छन् । सुनचाँदी व्यवसायीलाई सम्बोधन गर्ने विषयवस्तु देशको प्रमुख कानून देवानीसंहितामा सुनचाँदी व्यवसायीहरुले भोग्दै आइरहेका चोरीको समस्या समावेश भएको छ । लामो समयदेखी थाति रहेको सुनचाँदी निर्दे्िशका पनि जारी हुने क्रममा रहेको छ । सुनचाँदी सम्बन्धी विभिन्न व्यवस्थाहरु निर्माणको क्रममा रहिरहेको बेला सुनचाँदी व्यवसायीका सल्लाहकारहरु प्रतिनिधि सभामा पुग्नु ले अव सुनचाँदीको गरगहना निमार्णका लागि आवश्यक ऐन कानूनको निमार्ण भएर निर्वाध रुपमा सुनचाँदी गहना व्यवसायको संचालन गर्न सकिने अवस्था आउन सक्नेमा सुनचाँदी व्यवसायीहरु आशावादी रहेका छन् ।
यस अवस्था सहि मूल्यांकन गरेर महासंघले सुनचाँदी व्यवसायीहरुका लागि आवश्यक पर्ने नीति नियमका विषयमा सल्लाहकारहरुसंग अन्तरक्रिया गरि संसदसम्म सहजरुपमा पुर्याएर आवश्यक ऐन निर्माण गर्न पहल गर्नुपर्ने आवश्यकता छ ।